साल्ट ट्रेडिङको हालसम्मको सोधभर्ना रकम एक महिनाभित्र व्यवस्था गर्न सरकारलाई निर्देशन

  • Get News Alerts

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले साल्ट ट्रेडिङ लिमिटेडको हालसम्मको सोधभर्ना रकम एक महिना भित्र व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।समितिको सोमबार बसेको बैठकले सुपथ पसल संचालन गर्दाको छुट तथा प्रशासनिक खर्च वापतको हालसम्मको सोध भर्ना रकम एक महिना भित्र व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई पुनः निर्देशन दिएको हो।

२०६८ सालदेखि साल्ट ट्रेडिङले पाउनुपर्ने सोध भर्ना वापतको रकम तत्काल व्यवस्था गर्न सरकारलाई पुनः निर्देशन दिइएको समिति अन्तरगतको उपसमितिका संयोजक सुवाषचन्द्र शाह ठकुरीले जानकारी दिए। समितिले अर्थ मन्त्रालयले भने अनुसारको कागजात एक हप्ता भित्रै पेश गर्न साल्ट ट्रेडिङलाई पनि सचेत गराएको छ ।

साल्ट ट्रेडिङले खरिद गरेको जस्तापाता र त्रिपाल आपूर्ति मन्त्रालयगत समन्वय विक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सचेत गराइएको छ । बैठकमा बोल्दै साल्ट टे«डिङ लिमिटेडकी महा निर्देशक उर्मिला श्रेष्ठले सुपथ मूल्य पसल संचालन गरेवापतको सोध भर्ना रकम समेत पाउन नसकेको गुनासो गरेका थिए।

उनले २०६८ सालयताको सुपथ मूल्य पसल संचालन वापतको रकम निकासामा अर्थ मन्त्रालयले नै दुःख दिने गरेको गुनासो पनि गरे। साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहितका सार्वजनिक संस्थानहरुले दशैं विशेषको अवसर पारेर सुपथ मूल्य पसल संचालन गर्दै आएको छ ।

समितिले घाटामा गएको साल्ट टेडिङको उचित व्यवस्थापन गर्न पनि आपूर्ति मन्त्रालयलाई सचेत गराउँदै आएको छ । यता, अर्थ मन्त्रालयले भने कागजातको अभावमा सोध भर्नावापतको रुकम निकासा गर्न कठिनाई हुने गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी