गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चारदिनदेखि ठप्प

  • Get News Alerts

आर्थिक विषयमा विवाद बढ्दो

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ। निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी र नेपाली सप्लायर्स बिचको विवादका कारण निर्माण कार्य रोकिएको हो।

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स बिच आर्थिक विषयमा विवाद बढ्दै गएपछि परियोजनाको समन्वयमा दुवै पक्षबीच अहिले बैठक बसिरहेको छ।

परियोजना प्रमुख ईञ्जिनियर ओम शर्माले निर्माण कम्पनी र स्थानीय सप्लायर्स बिच रकमको विषयमा बढेको असहमतिले निर्माण कार्य प्रभावित नहोस् भनी बैठक बोलाईएको सेतोपाटीलाई जानकारी दिए। अहिले परियोजनाको समन्वयमा दुवैपक्ष बिच बैठक बसिरहेको र बैठकपछि केही समाधान निस्किने उनले बताए।

परियोजना निर्माणको लागि मजदुर उपलब्ध गराउँदै आएको नेपाली सप्लायर्स नर्थ वेष्ट नेपाल ईन्फ्रा प्रालिले लामो समयदेखि रकम नपाएको भन्दै कामदार नपठाएपछि विगत ४ दिन यता विमानस्थलको निर्माण कार्य रोकिएको छ।

नेपाली सप्लायर्सले रकम नपाउँदासम्म कामदार उपलब्ध गराउन नसक्ने जनाएको छ। उता चिनियाँ कम्पनीले पनि आर्थिक संकट भएको भन्दै तत्काल रकम उपलब्ध गराउन नसक्ने जनाएको छ।

कम्पनीले यसअघि पनि आर्थिक संकट उत्पन्न भएको भन्दै परियोजनालाई रकम उपलब्ध गराउन पत्र पठाएको थियो।

अहिले निर्माण कार्यमा खटिएका करिब २ सय कामदार चार दिन यता विमानस्थलको काममा गएका छैनन्। कामदारहरु विमानस्थलको प्रवेशद्धारमै अवरोध गरी काम ठप्प पारेका छन्।

विमानस्थल निर्माणको जिम्मेवारी चिनिँया कम्पनी नर्थ वेष्टले पाए पनि उसले स्थानीयस्तरमा नेपालको नर्थ वेस्ट नेपाल इन्फा प्रा.लि.लाई जिम्मा दिए अनुरुप विमानस्थलको निर्माण भईरहेको हो ।

आफूहरूले पुरा गरेको कामको प्रतिवेदनको आधारमा चिनियाँ कम्पनीले एशियाली विकास बैंकबाट बजेट स्वीकृत गराए पनि आफूहरूले रकम नपाएपछि आन्दोलन गर्न बाध्य भएको नर्थ वेस्ट नेपाल इन्फा प्रा.लि.का मानव संशोधन व्यवस्थापक लक्ष्मी के.सी.ले बताइन्।

सन् २०१७ डिसेम्बरमा पुरा गर्ने गरी निर्माण सम्झौता गरिए पनि अघिल्लो वर्षको भूकम्प र मधेश आन्दोलनका कारण निर्माण अवरोध भएपछि सन् २०१८ जुनसम्म निर्माण पुरा गर्ने समयसीमा थप गरिएको छ।

तर विभिन्न बहानामा पटक पटक भईरहेको निर्माण अवरोधका कारण थप गरिएको समयसीमा भित्र पनि निर्माण पुरा हुनेमा आशंका बढ्दै जान थालेको छ। परियोजनाको हाल २७ प्रतिशत काम मात्र पुरा भएको परियोजना प्रमुख शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी