नारायणीमा हाम्फालेका सैनिक जवान अझै भेटिएनन्, महिलाको उद्धार

  • Get News Alerts

चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन।

यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्म फालेका थिए।

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए। आजसम्म पनि उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले स्थानीय बोटेको सहयोगमा चितवन भरतपुर महानगरपालिका–२२ कि १८ वर्षीया सम्झना पौडेललाई उद्धार गरेको भए पनि पोखरेल भने बेपत्ता रहेका उनले बताए। 

भरतपुर–२१ का २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली चितवनमा कार्यरत थिए । उनको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना प्रेमीप्रेमीका रहेको जानकारी आएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी