ढोरपाटनमा सिकारको याम सुरु

  • Get News Alerts

ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ।

विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ। नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड ट्रेल्स प्रालिले सिकार खेलाउने छन् ।

बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेको छ । एउटा झारल सिकार गरेबापत १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन्। नाउर सिकारको दर भने बढीमा आठ लाख ७५ रुपैयाँ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। 

“झारल सिकारको दर अहिलेसम्मकै बढी हो,” उनले भने। महँगो रकम तिरेर झारल सिकार अनुमति लिएका हिमालयन सफारी र ट्र्याक एन्ड ट्रेल्सले यसै साता सिकार खेलाउने तयारी गरेका छन् । हिमालयन सफारीले आरक्षको फागुने ‘ब्लक’मा एउटा र ट्र्याक एन्ड ट्रेल्सले घुस्तुङ ‘ब्लक’मा दुईवटा झारलको सिकार गराउने अधिकृत बरालले बताए।

विदेशी सिकारी आरक्ष पुग्ने क्रम सुरु भएको छ । आउँदो वैशाखको दोस्रो सातासम्म सिकार चल्नेछ । सिकारका लागि यस वर्ष अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका सिकारी ढोरपाटन पुग्दैछन् । सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेका बरालले बताए । एउटा सिकारीले वन्यजन्तुको सिकारमा २५ लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेलिनेछ । निकै कम सिकारी पुग्ने सुनदह ब्लकमा यस याममा ग्लोबल सफारीले नाउरको सिकार गराउने भएको छ । अन्यको तुलनामा सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो भएका कारण सिकारीलाई त्यहाँ पुग्न कठिनाइ हुन्छ ।

आरक्ष कार्यालयका अनुसार नेपाल वाइल्ड लाइफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रान्सेली सिकारीलाई सेङ र फागुने ब्लकमा सिकार गराउनेछ । हिमालयन सफारीले झारलसहित एक नाउर, ट्र्याक एन्ड ट्रेल्सले दुई झारलसहित दुई नाउर, नेपाल वाइल्ड लाइफ सफारीले तीनवटा नाउर र ग्लोबल सफारीले चारवटा नाउरको सिकार गराउने अनुमति पाएको छ ।

नाउर र झारलको सिकार अनुमतिबाट रु एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस वर्षको पहिलो सिकारयाम ढअसोज–मङ्सिर) मा ३३ लाख ६८ हजार राजस्व जम्मा भएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी