तसलिमा नसरीन काठमाडौंमा, उच्च सुरक्षा प्रदान

  • Get News Alerts

बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन्। साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा उनी हिजो अपरान्ह काठमाडौं आइपुगेकी हुन्। फोरमले काठमाडौंमा गर्न लागेको कार्यक्रमको उनी प्रमुख वक्ता हुन्।

काठमाडौंको अन्नपूर्ण होटलमा बसेकी उनको सुरक्षा जोखिमलाई ख्याल गरेर प्रहरीले ब्यापक सुरक्षा दिएको छ। प्रहरी निरीक्षकको कमाण्डमा उनलाई सुरक्षा दिइएकोे काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्नकुमार कार्कीले सेतोपाटीलाई जानकारी दिए।

"उनलाई सुरक्षा पर्याप्त छ," कार्कीले भने, "डराउनुपर्ने अवस्था छैन्।” अायोजकले नसरीनका लागि सुरक्षाको प्रबन्ध गरिदिन आग्रह गरेको थियो।  सन् १९६२ अगष्ट २२ मा बंगलादेशमा जन्मिएकी नसरीनले सन् १९९५ देखि निर्वासित जीवन विताइरहेकी छिन्।

उनका नारीवादी उपन्यासले इस्लाम र कुरानको निन्दा गरेको भन्दै बंगलादेशमा ब्यापक बिरोध भएपछि उनलाई सरकारले देश निकाला गरेको थियो। उनले अहिले सम्म ४० वटा पुस्तक लेखेकि छिन्।  सुरुमा कलकत्तामा निर्वासित जीवन विताएकी उनले त्यसपछि दिल्ली र स्वीडेनमा केही समय विताइन्।

 बंगलादेश सरकारले उनको पासपोर्ट जफत गरेपछी उनले स्वीडिस राष्ट्रियता ग्रहण गरेकी छिन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी