पाथीभरा मन्दिर जाने पैदलमार्गको स्तरोन्नतिमा नेपाली सेना जुट्यो

  • Get News Alerts

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ।

पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदलमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको हो।

यहाँस्थित नयाँ रणभिम गुल्मका गुल्मपति रवि केसीका अनुसार पहिलो चरणमा नमुना स्वरुप ३०० मिटर बाटोमा ढुङ्गा छाप्ने काम सुरु भएको र बाटोमा तीन मिटर चौडाइमा ढुङ्गा बिच्छ्याइने छ।
बिच्छ्याइने ढुङ्गाको व्यवस्था पाथीभरा क्षेत्र विकास समितिले गरेको हो। निर्माण कार्यमा १०० जना सेनाको टोली खटिएको छ ।

यसैबीच पदमार्गमा फोहर व्यवस्थापन गर्ने र अखण्ड दीप जडान गर्ने समेत तयारी भएको सेनाले जनाएको छ । वार्षिक लाखौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने पाथीभरा मन्दिरमा जान सदरमुकामदेखि तल्लो फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने सोभन्दा माथि मन्दिरसम्मको पैदलयात्रालाई सहज बनाउन बाटो स्तरोन्नतिको काम सुरु गरिएको हो । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी