दमकमा अपाङ्गता भएकालाई ह्विलचियर

  • Get News Alerts

यहाँस्थित दमक अपाङ्ग सहयोग समितिले शारीरिक अपाङ्गता भएका ११ जनालाई ह्विलचियर र तीनचक्के साइकल वितरण गरेको छ।

समितिले आइतबार दमकमा एक कार्यक्रम गरी ती सामग्री हस्तान्तरण गरेको हो। दमक, लखनपुर, गौरादह र धरमपुरका ११ जना अपाङ्गलाई समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष र राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले बताए। 

वितरण गरिएको ह्विलचियर र तीनचक्के साइकलको मूल्य करिब ६६ हजार रुपैयाँ पर्ने संस्थाले जनाएको छ । त्यस अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले अपाङ्गको पनि सवलाङ्गसरह समाजमा बाँच्न पाउने अधिकार भएकाले सबै क्षेत्रबाट सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा दमक नगरपालिकाका समाज कल्याण शाखाका प्रमुख डम्बर बराल, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव यामनाथ मैनाली, नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारीले समाजसेवामा सबैको सहयोग हुनुपर्ने विचार व्यक्त गरेका थिए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी