एकल महिलालाई रातो पहिरन

  • Get News Alerts

नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा रातो पहिरन लगाएका छन्।

सूर्यगढी गाँउपालिका–२ र ३ मा रहेका १८४ जना महिलाले रातो टीका, सारी र पछ्यौरा लगाएका हुन्। श्रीमान्को निधनपछि महिलाले त्याग गर्दै आएको रातो पहिरनले समाजमा अपहेलित हुनुपरेको भन्दै सामूहिक रुपमा भेला भएर सौभाग्य ग्रहण गरेको बागेश्वरी एकल महिलाका अध्यक्ष देउती ढकालले बताइन्।

“साविकको बागेश्वरी गाविसमा रहेका महिलामध्ये इच्छुक भएका १८४ जनालाई रातो टीका, पछ्यौरा र सारी लगाएर श्रीमान् गुमाउनु पर्दाको पीडा बिर्साउन र परिवारदेखि समुदायमा सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुने अपेक्षा गरेका छौं।” अध्यक्ष ढकालले भनिन् “आफूले चाहेको पहिरन लगाउन नपाउँदा स्वतन्त्रता र समानतामा हुँदै आएको विभेदलाई हटाउन सन्देश दिएका छौँ ।”

सरकारी तथ्याङ्कअनुसार बागेश्वरीमा २२० जना एकल महिला रहेकामा अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको समन्वयनमा भएको रातो पहिरन ग्रहणमा १८४ जनाले श्रीमान्को सौभाग्यको रुपमा रहको रातो टीकासहितका कपडा पहिरिएको सङ्घका केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले जानकारी दिइन्। एकल महिलालाई राज्यले सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि सामाजिक पुनःस्थापना तथा समुदायमा रहेको विभेदकारी नीतिको अन्त्य गराउन भने पहल नगरेको उनीहरुको गुनासो छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी