सुरूङमा उत्साहजनक सुधार, असोजमै मेलम्चीको पानी आउने

  • Get News Alerts

ठेकेदारद्वारा लिखित प्रतिवद्धता

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काममा देखिएको अवरोधहरू क्रमश घट्दै गएका छन्। यसले असोजसम्म काठमाडौंमा पानी ल्याउने आयोजनाको योजनालाई सम्भव पुर्‍याउने देखिएको छ। आयोजनाको छब्बीस किलोमिटर सुरूङमध्ये बाँकी सुरूङ खन्ने क्रममा खराब चट्टानका कारणले तोकिएको समयमा तोकिएको दूरी पुरा गर्न नसकिने हो कि भन्ने आशंका बढेको थयो।

पछिल्ला दिनहरुमा सुरूङ खन्ने क्रममा चट्टानहरू छिचोल्दै अगाडि बढेको र  गति नपि बढ्दै गएकोले समयमै पुरा हुने भएको आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले सेतोपाटीलाई बताए।

माघको तुलनामा फागुनमा सुरूङ खन्ने काममा समेत प्रगति भएको छ। माघ महिनामा ४ सय २४ मिटर सुरुङ खनिएको थियो भने फागुनमा ५ सय १६ मिटर सुरूङ खन्ने काम सकिएको छ।

‘अहिले दैनिक बीस मिटरको दरले सुरूङ खन्ने कम भइरहेको छ,’ दवाडीले भने, ‘दैनिक पच्चीस मिटर सुरुङ खन्नुपर्छ भनेका छौ ठेकेदार कम्पनीले यसमा प्रतिबद्धता जनाएको छ।’

नयाँ प्रविधि प्रयोग गरेर भए पनि सुरुङ खन्ने गति बढाउनुपर्ने हाम्रो प्रस्तावलाई ठेकेदार कम्पनीले स्वीकारेको छ।

‘हामी आवश्यक परेमा थप रकम खर्च गर्न समेत तयार छौं भनेर हामीले भनेका छौ,’ उनले भने, ‘ठेकेदार कम्पनीले प्राविधिक प्रस्ताव राखिसकेको छ अब आर्थिक प्रस्ताव पेश गरेपछि काम अघि बढ्छ।’

यसअघि ठेकेदार कम्पनीले असोजसम्म पानी ल्याउन सकिने प्रतिबद्धता मौखिक रुपमा मात्रै जनाएको भए पनि अहिले लिखित रुपमा नै प्रतिबद्धता जनाएको दवाडीले बताए।

मेलम्चीमा अब ४.२ किमी सुरूङ खन्न बाँकी छ। सिन्धुदेखि ग्यालथुम र ग्यालथुमदेखि अम्बाथानको खण्डमा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ।

यो मध्ये ग्यालथुमदेखि सिन्धुसम्मको १२ सय मिटर खण्डमा खराब चट्टान भेटिएको हो। खराब चट्टान भएकोले यो खण्डको लागी नयाँ प्रविधि र त्यसको लागि आवश्यक पर्ने पाट पूर्जाहरु समेत खरिद गर्न थप खर्च लाग्ने आयोजनाले जनाएको छ।

खनिसकेपछि सुरुङको प्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसी क्यामेरा र टि्रटमेन्ट प्लान्ट बनाउने लगायत काम गर्नुपर्ने हुन्छ। यो काम गर्न झन्डै तीन महिना लाग्ने आयोजनाका एक वरिष्ठ इन्जिनियरले जानकारी दिए।

काम कछुवा गतिमा भए पनि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्याय भने आगामी दसैंभित्र जसरी पनि मेलम्चीको पानी काठमाडौं ल्याएरै छोड्ने दाबी गर्छन्। 'सुरुङ खन्ने नयाँ प्रविधि नआएकाले केही ढिला भएको हो,' उनले भने, 'नयाँ प्रविधि आउनेबितिकै ठेकेदार कम्पनीले गति बढाउनेछ।' हेर्नुहोस् भिडियोमा-

यता मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि तिब्र गतिमा काम भइरहेको छ। अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा पानीको पाइप बिछ्याउने, पोखरी खन्ने लगायतका कामहरू चौबीसै घण्टा भइरहेको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी