यसरी परे प्रहरी फन्दामा एटिएम ह्याकर

  • Get News Alerts

बैंक एटिएमबाट सम्बन्धित व्यक्तिले रकम नझिक्दासमेत रकम घट्यो भन्ने सूचना बैंकलाई आयो। पोहोर यो खबरले पोखरामा रहेका बैंकमा ठूलो हंगामा नै मच्चियो। एटिएमबाट पैसा धमाधम चोरी हुन थालेपछि केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौबाट नै प्रहरी टोली पोखरा आयो।

गत साउन ४ गते कास्की प्रहरीले बैक एटिएमबाट अर्कैको पैसा निकाल्ने २ जनालाई पक्राउ गर्‍यो भन्ने खबरले बैंकमात्र होइन, ग्राहक पनि ढुक्क भए। त्यस बेला काठमाडौबाट आएको ब्युरो र कास्की प्रहरी मिलेर २ जनालाई पक्राउ गरेका थिए।

त्यसपछि सोही प्रकृतिका घटना दोहोरिँदैन होला भन्ने धेरैलाई लागेको थियो। तर एक महिनाअघि फेरि पोखराको नबिल बंैकले एटिएममा यस्ता घट्ना दोहोरिएको खबर कास्की प्रहरीमा पुग्यो। यसैबीचमा एक विदेशीले लेकसाइडमा रहेको एटिएममा अस्वभाविक क्रियाकलाप देखाए। एटिएममा केही हाल्ने, निकाल्ने गरेको फुटेज देखियो। त्यो दृश्यले नबिल बैंकको ध्यान तान्यो, यसले शंका उब्जायो। त्यसपछि बैकले कास्की प्रहरीलाई खबर गर्‍यो।

कास्की प्रहरीले ती विदेशीको खोजी अघि बढायो। एक साताअघि फेरि काठमाडांैको नबिल बंैकबाट फरक हुलिया भएका एक विदेशीले एटिएमबाट रकम निकालेको खबर कास्की प्रहरीले थाहा पायो। एउटा व्यक्ति फेला नपरेका बेला अर्को पनि थपिँदा कास्की प्रहरीलाई चिन्ता बढ्यो। वडा प्रहरी कार्यालय वैदामको क्षेत्रमा त्यो घटना घटेको हुनाले त्यहाँका प्रहरी सक्रिय हुनु स्वभाविकै हो।

शुक्रबार प्रहरीले एक विदेशी नागरिकमाथि शंका गर्‍यो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले संयुक्त रुपमा ती विदेशी नागरिकको पछि लाग्ने निर्णय गर्‍यो। साझँ ७ बजे नीलो टोपी लगाएका ४५ वर्षीय ती विदेशी गौरीघाटमा रहेको एक एटिएममा छिरे। त्यसपछि स्कुटर चढे।

गौरीघाटबाट लेकसाइडमा रहेका ९–१० वटा एटिएम बुुथमा ती बस्ने निस्कने गरेपछि प्रहरीको शंका सत्यनजिक पुग्यो। त्यसपछि उनी विभिन्न पसलमा छिरेर सामान किने। उनका हरेक क्रियाकलापमाथि प्रहरीको आँखा रहिरह्यो। साढे १० बजे एक होटलमा छिरेर केही खाएर ती विदेशी नागरिक बाराही गल्ली छिरे। प्रहरी उनको स्कुटरलाई पछ्याउँदै गैरीघाटको एक अपार्टमेन्ट पुग्यो।

राइनस अपार्टमेन्टबाहिर स्कुटर राखेर उनीभित्र पसे। करिब ११ बजेतिर प्रहरीले उनी छिरेको अपार्टमेन्टमा छापा मार्‍यो। उनीसँगै अर्का एक विदेशी पनि

त्यहाँ फेला परे। त्यतिमात्र होइन प्रहरीले अपार्टमेन्टबाट ग्लु, डाटा १४, स्क्रिनिङ, एटिएम ८, नमस्ते मोबाइलका ३ वटा सिम कार्ड, सर्बलियन क्यामेरा, ल्याप्टप ३ वटा, कार्ड रिडर २ वटा, पेन ड्राइभ ७ वटा, मेमोरी कार्ड ७ वटा र स्क्रु ड्राइभरसहित नगद ३ लाख बरामद गर्‍यो।

बरामद भएका केही मेसिनबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोली आएपछि मात्र थाहा हुने प्रहरी जनाएको छ। यसरी कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामले २ बुल्गेरियन नागरिकलाई पक्राउ गर्न सफल भयो। बैंकले दिएको फुटेज र ती २ को हुलिया मिल्यो। इभानोभ मर्पिन हतोभ र लुसियनोभ रामोन बिभोभलाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरू पुुस ४ गते नेपाल आएका थिए भने उनीहरूको भिषाको अवधि वैशाख ५ गते सकिन्थ्यो।

उनीहरु एटिएमबाट चोरी गरेको आरोपमा समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी घनश्याम अर्यालले पुष्टि गरे। ‘बंैकबाट गुनासो आएपछि हामीले खोजी गरेका थियौं,’ उनले भने, ‘शुक्रबार लेकसाइडबाट पक्राउ गरेका हौं।’

घटनाबारे थप अनुसन्धान भइरहेको अर्यालले बताए। ‘उनीहरूबाट अन्य साम्रगीसहित एटिएम ह्याक गर्ने मेसिन पनि फेला परेको छ,’ उनले भने, ‘त्यसबारे बुझ्न केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी आउनु पर्छ।’ उनीहरू विरुद्ध बैंकिङ कसुर ऐन अनुसार कारवाही चलाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी