वाट्सनको अर्धनग्न स्तन

  • Get News Alerts

चर्चित बेलायती अभिनेत्री एमा वाट्सनले 'भ्यानिटी फेयर' म्यागेजिनसँगको अन्तर्वार्तामा सायद आफूले चाहेभन्दा बढ्तै खुलासा गरिन्।

उनले अन्तर्वार्तामा आफूलाई 'सेल्फी खिच्न मन नपर्ने' बताएकी थिइन्। मैले यहाँ चर्चा गर्न खोजेको विषय भने यो होइन। न त म उक्त म्यागेजिनको आवरण पृष्ठमा छापिएको वाट्सनको अर्धनग्न स्तनको बयान गर्न खोज्दैछु।

हुन त अर्धनग्न स्तनको तस्बिरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो ट्विटले जन्माएको बहसलाई समेत ओझल पार्ने गरी चर्चा पायो। त्यसले कम्तीमा सार्वजनिक बहसलाई राजनीतिबाट विषयान्तर गर्यो। यस अर्थमा त्यसलाई स्वागतयोग्य नै मान्नु पर्ला।

तर, म यहाँ वाट्सनको अन्तर्वार्ताले उजागर गरेको अर्को महत्वपूर्ण तथ्यबारे चर्चा गर्दैछु। 

प्रसिद्ध महिलावादी नेतृ नाओमी उल्फको एउटा भनाइ लोकप्रिय छ– समाज ‘यौनिक र गम्भीर’ दुवै गुण भएकी महिलाप्रति सहनशील छैन।

यौनिक अभिव्यक्त गर्ने महिलाले समानताको चाहना पनि उत्तिकै प्रखरतासाथ व्यक्त गर्न सक्छ। तर, सन् २०१७ मा आइपुग्दा पनि हाम्रो समाजले यो स्वीकार गर्दैन भन्ने वाट्सनको स्तन विवादले देखाएको छ। महिलाहरुले एकैसाथ आफ्नो शारीरिक सुन्दरता प्रदर्शन गर्ने र समानताका लागि आवाज बुलन्द गर्ने कार्यप्रति हाम्रो समाजले संगति नै देख्दैन। वाट्सनले आफ्नो अर्धनग्न तस्बिरमार्फत् अप्रत्याशित ढंगबाट यो कटु सामाजिक सत्य बाहिर ल्याएकी छन्।

आफ्नो पेसाका क्रममा वाट्सनले महिला अधिकारका क्षेत्रमा प्रभावकारी भूमिका खेल्दै आएकी छन्। उनी राष्ट्रसंघकी महिला सद्भावना दूत हुन्। लैंगिक असमानता घटाउने प्रयासस्वरूप पुरुष तथा युवालाई परिवर्तनका संवाहक बन्न प्रेरित गर्दै हिँड्छिन्। यसका लागि उनले ‘हि-फोर-सी’ अभियान सञ्चालनदेखि लैंगिक समानताबारे थुप्रै किताब लेखेकी छन्। उनले महिलावादका क्षेत्रमा परिवर्तनको दियो बनेर नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।

यति हुँदाहुँदै भ्यानिटी फेयर म्यागेजिनको आवरण तस्बिर इन्टरनेटमा फैलिएपछि उनी विवादमा तानिइन्। लैंगिक समानताको क्षेत्रमा बनाएको पहिचान गुमेको र ‘महिलावादी’ को ताजसमेत नसुहाउने भन्दै उनको आलोचना भयो। मानिसले यस्ता गुनासा र आरोप ट्विटरमार्फत् अभिव्यक्त गरे। एक जनाले ट्विटरमा लेखिन्- 'वाट्सनले महिला र पुरुषबीच समान ज्याला भएन भनेर चर्को आवाज उठाइन्, महिलालाई किन गम्भीर रुपमा नलिएको भनी आलोचना गरिन् … आखिरमा उनी पनि आफ्नो स्तन देखाउनेतिर लागिन्।'

अर्धनग्न तस्बिरले उनको लैंगिक असमानताविरोधी संघर्षलाई नै अवमूल्यन गरेको धेरै आलोचकले जिकिर गरे। आफ्नो शरीर नंग्याएर समानताको कुरा गर्नु पाखण्डपन भएको उनीहरुले बताए। कतिसम्म भने, वाट्सनलाई ‘घटिया महिलावादी’ को दर्जासमेत दिइयो।

वाट्सनमाथि लागेका यी सबै आरोप अर्थहीन र आपत्तिजनक छन्। महिलावादी आन्दोलनको मूलमर्मसँग ती आरोप बाझिन्छन्। 

लैंगिक समानताको संघर्षको मूलमर्म महिलाहरुको छनौट अधिकार सुनिश्चित गर्नु हो। कुनै पनि महिलाले घरमै बस्ने कि घरबाट बाहिर निस्केर रोजगार गर्ने भन्ने आफैं छनौट गर्न पाउनुपर्छ। बच्चा जन्माउने कि गर्भनिरोधक उपाय अवलम्बन गर्ने भन्ने विकल्प रोज्न उनीहरु स्वतन्त्र हुनुपर्छ। आफूलाई मन पर्ने कपडाले जीउ छोपेर हिँड्ने कि कतिसम्म नांगिएर बाहिर निस्कने भनी रोज्न पाउने अधिकार उनीहरुमै सुरक्षित हुनुपर्छ। लैंगिक समानताले प्रत्याभूत गर्न खोजेको छनौटको अधिकार यही हो।

महिलाका रुपमा हामीले आफ्नो छनौटको अधिकार प्रयोग गर्दै कुनै एक विकल्प रोज्दा हाम्रो लैंगिक समानताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन। बरु त्यसले त हाम्रो प्रतिबद्धतालाई नै समर्थन गर्छ र अझ प्रखर बनाउँछ। 

महिलावादी मुद्दा भनेको कुनै पनि महिलाले विकल्पहरु रोज्न पाउने र बहुआयामिक व्यक्तित्वका रुपमा आफूलाई समाजमा प्रस्तुत गर्न पाउने मान्यतामा आधारित हुन्छ। कुनै पनि महिला चतुर, यौनिक, नखरमाउली वा परिष्कृत जे पनि हुन सक्छन्। यति हुँदाहुँदै आफ्ना समकक्षी पुरुषकै बराबर तलब वा सुविधा पाउनु उनीहरुको हक हो।

हुनसक्छ हामी महिला एकैपटक धेरै भूमिका निर्वाह गर्न निपूर्ण छौं। एउटा पक्ष मुखरित हुँदा त्यसले हाम्रो जीवनको अर्को पक्षलाई मार्दैन। हाम्रो सन्देश र हाम्रा अभिव्यक्तिका माध्यमले एकअर्कासँग सामञ्जस्यपूर्ण ढंगबाट काम गर्छन्, र तिनले एउटा बहुआयामिक र बहुप्रतिभाशाली सशक्त व्यक्तिव निर्माण गर्छन्। एउटा महिलाका रुपमा हामी सशक्त व्यक्तित्व हौं र सधैं रहिरहनेछौं।

(क्रानस्टोनले हफिङटन पोस्टमा लेखेको लेखको अनुवाद)

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी