'दुबईबाट कसरी सुन आयो, त्यहाँका अधिकारीसँग छलफल हुन्छ'

  • Get News Alerts

 

दुबइबाट रहस्यमय तरिकाले साढे ३३ किलो सुन नेपाल भित्रिएपछि नेपाल प्रहरीले यस विषयमा दुबइका उच्च प्रहरी अधिकारीहरुसँग छलफल गर्ने भएको छ।  नेपाल प्रहरीको उपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले यस विषयमा दुबइका प्रहरी अधिकारीको ध्यानाकर्षण गराइने बताए।

'हामीले सुनकाण्डपछि इमेल मार्फत दुबइलाई जानकारी दिएका छौं,' एआइजी शर्माले भने,'काठमाडौंमा हुन लागेको इन्टरपोलको एसियन रिजनल कन्फरेन्समा सहभागी हुन आएका दुबइका उच्च प्रहरी अधिकारीलाई भेटेरै समस्याबारे जानकारी गराउनेछौं।'

काठमाडौं आगामी माघ ५ गतेदेखि सुरु हुने सम्मेलनमा ५५ राष्ट्रका २ सय ५० भन्दा बढी अधिकारी नेपाल आउँदैछन्। 'दुबइमात्र होइन नेपाल आउने सुनका मुहान कहाँ हो, ती देश पहिचान गरेर ती त्यसका अधिकारीहरुसँग पनि छलफल गर्छाैं,' शर्माले भने।

यही पुस २१ गते दुबइबाट आएका एक जना यात्रुको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको थियो। अहिलेसम्म सुन तस्करमा सम्लग्न ५ जनालाई सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। विमानस्थल भन्सारका २ जना अधिकृत पनि सिआइबीको फन्दामा परेका छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी