दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

  • Get News Alerts

चम्किलो अनुहार, पुष्ट शरीर। दिसापिसावमा डुब्नुपरेको छैन। जीवन फेरिएको छ। राम्रो हेरचाह पाएका छन्। दिसापिसाब समयमै गराइन्छ। औषधोपचार नियमित छ। बोल्न र हिँड्न सक्तैनन् तर उनको अनुहारमा चमक छ। उनी खुसी छन्। अनुहारले त्यही बताउँछ। दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो हो।

असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो। दाम्लो फुक्दै गर्दा छिमेकी मायाँ वाइबाले भनेकी थिइन् – ‘उनलाई अब भने दिसापिसाबमा डुवेको देख्नुपर्दैन।’ अहिले त्यो चरितार्थ भएको छ।

आगन्तुक देखेर उनी हात हल्लाउँछन्, हाँस्छन्। हाउभाउले केही भन्न खोजे जस्तो गर्छन्। साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा। मोटाएका छन्। ह्वील चियरमा हिँड्डुल गर्छन्। उनको रेखदेखमा खटिन्छन् युवाहरु, अनि दिसापिसाब सोहोरिदिन्छन्।

कति अस्पताल लैजाँदा पनि उनको उपचार सम्भव नभएको उनका रेखदेखकर्ता उमेश तामाङ बताउँछन्। अब अपाङ्ग नै रहने भएपनि आफ्नै घरमा जस्तो पीडा झेल्नुपरेको छैन उनलाई।

‘दाम्लोबाट छुटकारा पाउँदा, अनि गुहु र मुतमा डुव्नु नपरेको देख्दा र सुन्दा साह्रै मन खुसी छ,’ काठमाडौंकी सिर्जना थपलिया भन्छिन्। यस्ता असहायको केही सहयोग गर्ने सोच बनाएको उनले बताइन्।

यस अघि उनको बास थियो टिनको छानोको थोत्रो घर । चिसो भुईंमा राखिएको थोत्रो सुकुल। दुर्गन्धित ठाउँ। त्यसमाथि लडिरहेका कुपोषित बालक वाइबाको बायाँ खुट्टाको गोलीगाँठो नजिक दाम्लो लगाइएको हुन्थ्यो।

चितवनको रत्ननगर वडा नम्बर १५ स्थित माधवपुरमा झण्डै एक बर्षदेखि दाम्लोमा बाँधिँदै आएका उनी अहिले १५ वर्षका भए।

एनआरएनएका केन्द्रीय सदस्य एवम् डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा वाइबा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन्। उनकै पहलमा चितवनको रत्ननगरका वाइबालाई दाम्लोबाट छुटाइएको हो।

अहिले स्वास्थ्योपचार र पालनपोषण अपाङ्ग बाल तथा वृद्ध सेवा गृह काठमाडौँले गरिरहेको छ। चावहिलबाट साँखु जाने बाटोबाट झण्डै १५ किलोमिटर हिँडेपछि आउने काठमाडौँ शंकरापुर नगरपालिका वडा नम्बर १० सलंबुटार साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाजद्वारा सञ्चालित यो गृहमा उनीसँगै अन्य ४१ जना असहायहरुले आश्रय लिइरहेका छन् ।

आफैं अपाङ्ग भएर बसेका युवराज थापाको नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालीन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्धार गरेर काठमाडौँ पठाइएका थियो । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी