निःशुल्क सुन्न र पढ्न पाइने स्वस्थानी एप

  • Get News Alerts

तपाईंको साथमा स्वस्थानी किताब छैन। तर, सुन्न मन लागेको छ। त्यसोभए एउटा यस्तो एप सार्वजनिक भएको छ, जसले तपाईंले खोजेजस्तै सुविधा दिनेछ।

यसअघि लोडसेडिङ, नेपाली पात्रो, हिमाल चिनाउनेलगायत करिब डेढ दर्जन एप बनाइसकेका एप डिजाइनर विभुमान राजभण्डारीले स्वस्थानी व्रतको अवसरमा नयाँ एप सार्वजनिक गरेका छन्। जसमा, महिनाभरिका सबै अध्याय नि:शुल्क सुन्न सकिनेछ। 

‘श्री स्वस्थानी’ नामक यस एपमा एकसाथ पढ्न र सुन्न सकिनेछ। ‘विदेश बस्ने धेरै साथीहरुले धेरै वर्षअघिदेखि अनुरोध गर्नुभएको थियो,’ राजभण्डारीले सेतोपाटीसँग भने, ‘धेरैको अनुरोधमा सजिलो भाषा र छोटो होस् भन्ने थियो। हामीले स्वस्थानीका दुइटा किताबमा आधारित रहेर त्यसलाई संक्षेपिकरण गरेका छौं। कथाको मर्म पनि नमर्ने र छोटो समयमा पनि सकिने।’ सुरज शाक्यको अवधारणामा तयार भएको एपका लागि शाक्यले नै कथाको संक्षेपिकरण गरेका हुन्।

यो एपमा तिथि–मिति र दिनगन्तीअनुसार हरेक दिनका कथा छुट्टा–छुट्टै राखिएका छन्। जस्तो कि, तपाईंले अबको १५ दिनपछिको कथा सुन्न चाहनुभयो भने अघिल्ला दिनका कथाहरु सुनिराख्नु पर्दैन। आइफोन र एन्ड्रोइड दुवैमा उपलब्ध हुने यो एप बिहिबार सार्वजनिक भएको हो।

हिमाल चिनाउने एप

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी