आहा! रारा गोल्ड कपमा तीन विदेशीसहित १२ टिमको सहभागिता

  • Get News Alerts

१५ औं संस्करणको आहा! रारा गोल्ड कप फुटबल प्रतियोगितामा तीन विदेशीसहित १२ टिमको सहभागिता हुने भएको छ।

सहारा क्लबको आयोजनामा माघ ४ गतेबाट १५ गतेसम्म पोखरा रंगशालामा संञ्चालन हुने प्रतियोगितामा अमेरीका, बंगलादेश र भारतका तीन टिम र नेपालको ९ टिमको सहभागिता रहने सहारा क्लबले जनाएको छ।

प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए पि एफ  कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब धनगढी, रमपम झापा–११ फुटबल क्लब, फ्राशगञ्ज एस सि, बंगलादेश , ए एन ए यू एस ए फुटबल टिम अमेरीका, युनाईटेड सिक्किम फुटबल क्लब भारत र आयोजक सहारा क्लबले सहभागीता जनाउने क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

उनले भने, ‘प्रतियोगितामा सहभागि हुने टिममा नेपाली क्लब मात्र नभई पूर्वपश्चिमदेखि भारत, बंगलादेश हुँदै अमेरिकासम्मको टिमलाई सहभागि गराउदैछौं, यस वर्ष फुटबल प्रेमिहरूलाई थप रौनक हुने हामीले अपेक्षा गरेका छौं।’

केही दिन पछि खेल तालिका सार्वजनीक गरीने अध्यक्ष आचार्यले जानकारी गराउँदै प्रचार प्रसारका लागि माघ एक गते साईकल सिटी पोखरा र साईकिलिङ संघ, कास्कीको विशेष सहयोगमा पोखरा क्षेत्रमा साईकल र्‍याली हुने बताए। त्यसैगरी आन्तरिक रूपमा खेल मैदान मर्मत संहार तथा रंग रोगन लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव केशवराज बरालले बताए।

‘खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’, भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ।

प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा सञ्चालित कठिन परिस्थिति एवंम विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकलाई निःशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी