बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

  • Get News Alerts

झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन।

निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि नयाँ भवनसम्म जाने बाटो नहुँदा भवन सञ्चालनमा आउन नसकेको हो । जग्गादाता पञ्चानन्द राजवंशीले दिएको पाँच कट्ठा क्षेत्रफलमा एक करोड ६८ लाख ३९ हजार १ सय २१ रुपैयाँको लागतमा सुविधा सम्पन्न दुई तले भवन बनेको छ।

नवनिर्मित स्वास्थ्य चौकीको भवन बाटोदेखि करिब १५० मिटरको दूरीमा खेतको बीचमा रहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले सरकारले भवन निर्माणका लागि मात्र रकम दिने भएकाले जग्गाको समस्या त्यहीका स्थानीयवासीले समाधान गर्नुपर्ने बताए। बाटोको टुङ्गो नलागी भवन निर्माण गर्न मिल्छ भन्ने राससकर्मीको जिज्ञासामा उनले भने – “बाटोबिनै भवन कसरी बन्यो त्यो आश्चर्यको कुरा हो, स्थानीय स्वयम्ले यसको समाधान गर्नुपर्छ ।”

बाटोका विषयमा गाविस सचिव सोमनाथ पौडेलसँग बुझ्दा उनले गाउँ परिषद्को भेलाबाट बाटोको समस्याको समाधान गर्ने बताए। “एक साताभित्र गाउँ परिषद्को भेला बोलाएर बाटोको समस्या समाधान गर्ने तयारीमा हामी छौँ” – सचिव पौडेलले भने।

जग्गादाताले पहिला बाटो दिने मौखिक सहमति गरे पनि हाल आएर नदिएपछि समस्या भएको उनको भनाइ छ । बाटो निश्चित नभइ भवन निर्माण गरिँदा अहिले स्वास्थ्य चौकी केचनामा समस्या भएको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी