गैँडा गाउँ पस्दा स्थानीयवासी आतङ्कित

  • Get News Alerts

पर्सा वन्यजन्तु आरक्षबाट बुधबार एक जोडी गैँडा हाँडीखोला गाविसको बस्तीमा पसेपछि स्थानीयवासीमा आतङ्क फैलियो ।

हेटौँडा उपमहानगरसँग सिमाना जोडिएको हाँडीखोला गाविसको लामिटार र मसिने क्षेत्रमा मङ्गलबार साँझदेखि जोडी गैँडा देखिएको स्थानीयवासीले बताएका छन् । करिब २२ महिनाअघि हेटौँडामा गैँडा आतङ्कले एक महिलाको मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए । त्यतिबेला पनि हाँडीखोलाबाट हेटौँडा आएको गैँडाले बजार क्षेत्रमै आतङ्क मच्चाएको थियो ।


बुधबार बिहान स्थानीय पशुपतिनाथ माविमा अध्ययन गर्न जाने विद्यार्थीलाई पनि गैँडाले आक्रमण गर्ने प्रयास गरेको थियो । कक्षा १० मा अध्ययनरत सरस्वती थिङले भनिन्–“बिहान ७ बजेदेखि विद्यालयमा कोचिङ कक्षा सुरु हुने भएकाले जाँदै गर्दा बौंडाफाँटमा गैँडाले लखेट्यो । बिहान बाक्लो हुस्सु लागेको थियो । नजिकै पुगेपछि मात्र गैँडासँग जम्काभेट भयो”–थिङले भनिन्–“त्यतिबेला एउटा मात्रै गैँडा देखियो, तर गाउँमा दुईवटा गैँडा पसेको सुनेको थिएँ ।”

मङ्गलबार बेलुका लामीटारको जङ्गलबाट गाउँतिर प्रवेश गर्दै गरेको जोडी गैँडा देखेको स्थानीयवासीले बताएका छन् । गाउँमा गैँडा आएको खबरले विद्यालय जाने बालबालिका आतङ्कित बने ।

“बिहान अबेरसम्म हुस्सु लागेको हुन्छ, एक्लैदुक्लै हिँड्न पनि डर मर्नु भएको छ”– एक स्थानीयवासीले भने । गैँडा यसरी आउने जाने गरिरहने र बस्तीमा पसे पनि हालसम्म मानवीय क्षति भने नगरेको सुरक्षाकर्मीले जनाएका छन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी