धुलो र हिलोले विराटनगरका सडक अस्तव्यस्त

  • Get News Alerts

विराटनगरका सबै सडक भत्काइएपछि स्थानीयवासीलाई सास्ती सुरु भएको छ। विराटनगरवासीको यो क्रम अहिले निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताइरहँदा समेत अझै नागरिक सास्तीमुक्त भएका छैनन्।

विराटनगर–१० का स्थानीयवासी राजकुमार ढुङ्गाना भन्छन्, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनाउने भयो।” जताततै धुलो र पानी पर्दा हिलाम्ये हुने गरी बिग्रे–भत्केका सडकले पूर्वको व्यापारिक केन्द्र विराटनगरका सडक भद्रगोल भएका छन्।

यी सडकमा यतिबेला सबैभन्दा धेरै काम भइरहेका छन् । विराटनगरको रोडशेष नजिकै रहेको साल्ट्रेडिङबाट सुरु भएको काम एक वर्ष बितिसक्दा बल्ल गुद्री नजिकै आइपुगेको छ । भत्काइएका सडकबाट निस्किएको धुलोका कारण विराटनगरका धेरै घरमा बिरामी बढेको विराटनगर–१ पोखरियाकी देवी गौतमको भनाइ छ ।

उनले भने, “भनीसाध्य छैन घरमा दिनहुँ बिरामी हुन्छन् ।” विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काममा ढिलासुस्ती गर्नु, कामलाई तीव्रता दिन नसक्नु, अनि एक किलोमिटरको दूरीको कामलाई महिना दिन लगाउनुले अर्को एउटा जिज्ञासा सिर्जना गरेको छ । अहिले विराटनगरको मुख्य राजमार्ग कोसी राजमार्गअन्तर्गतको रोडशेष चोकदेखि मुनालपथसम्म हिँड्नै नसक्ने अवस्था छ । त्यसको मुख्य कारण भनेको खनिएका माटोबाट निस्किएको धुलोबाट सिर्जित समस्या हो ।

परियोजनामार्फत काम सुरु भएको तीन वर्ष पुगिसकेको छ । पहिलो चरणमा तीन अर्ब ४० करोडको काम अहिले पनि जारी रहेको छ । त्यसैगरी, तीन अर्ब २० करोड रकम अझै यही कामका लागि भित्र्याउने तयारी भइरहेको छ । तर यसले विराटनगरको मुहार नै फेर्ने आशा विराटनगरवासीले बोकेका छन् ।

अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा जम्मा ७० प्रतिशत मात्र काम सकिएको परियोजनाको दाबी छ । एकातिर सवारीको चाप बढ्दै गएको विराटनगरको अस्तव्यस्तताको बाबजुद निर्माणको कामले तीव्रता पाएको परियोजनाले दाबी गरेको छ ।

सडकको निर्माणमा ६ लेन सडक परियोजना तथा मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाले काम गरिरहेका छन् । एकातिर अहिले नै ६ लेनको काम एकातिर छ ।

अबको जेठ सम्ममा पहिलो चरणको तीन अर्ब ४० करोड सकिने गरी काम भइरहेको र त्यसपछिको काम अर्को सम्झौतापछि सुरु हुने विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाका उपेन्द्र बरालको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी