नेगडा खुला दिसामुक्त एवम् पूर्ण खोपयुक्त गाविस

  • Get News Alerts

घरघरमा चर्पी, सरसफाइ अभियान, खुला दिसामुक्त क्षेत्र नेगडाको पहिचान नाराका साथ सप्तरीको नेगडा गाविसलाई बुधबार यहाँ आयोजित एक कार्यक्रममा ३४आँै खुला दिसामुक्त गाविस एवम् पूर्ण खोपमुक्त घोषणा गरिएको छ।

जिल्लाको नेगडा गाविसमा आयोजित खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा खानेपानी सरसफाइ डिभिजन कार्यालय राजविराजका इन्जिनियर दिलीपकुमार साहले घोषणापत्र पढेर नेगडा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरेका छन्। 

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत छेदीप्रसाद यादवले पनि उक्त गाविसलाई पूर्ण खोपमुक्त गाविस घोषणा गरे। गाविसस्तरीय खानेपानी तथा सरसफाइ स्वास्थ्यता समन्वय समिति नेगडाको आयोजना र जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीको सहजीकरणमा आयोजित कार्यक्रममा नेगडा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं ६ का काँग्रेस सांसद सुरेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा यो गाविस पूर्ण खुलादिसामुक्त तथा कतै फोहोर नदेखिएको र दिसापिसावसमेत नभेटिएको शत्प्रतिशत पूर्ण खुलादिसामुक्त गाविस भएको हुनाले यसलाई खुलादिसामुक्त गाविस घोषणा गरिएको विभिन्न वक्ताले बताए ।

साथै, नेगडा गाविसमा आठसय ८१ घरधुरी रहेकामध्ये सबै घरधुरीमा चर्पी प्रयोगमा रहेको यसअघि अनुगमन खटिएका अनुगमनकर्ताले बताइएका छन् ।

घोषणा कार्यक्रममा विशिष्ट अतिथि मोहम्मद इसलाम र जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादव तथा राजविराज नगरपालिकाका प्रमुख धिरेन्द्रप्रसाद यादव, जिविसका गङ्गाराम साह, गैसस महासङ्घका अध्यक्ष शम्भुन्दन चौधरी, पत्रकार मिथिलेशकुमार यादव, युएनह्याबिटका जिल्ला संयोजक हरि बुढाथोकी, एसएनभी वासका सल्लाहकार कृष्ण जिसी, पिआरडिसीका कार्यकारी निर्देशक जनक गिरी, खुला दिसामुक्त गाविस नेगडाका उच्चस्तरीय समितिका संयोजक अमरेन्द्र यादवसहितका वक्ताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

गाविससचिव तथा भिवासिसीका अध्यक्ष शेरबहादुर दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न ठाउँबाट ल्याएका ख्यातिप्राप्त कालाकारबाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी