पूर्वकमैयाका परिवारको जीवन सुधारोन्मुख

  • Get News Alerts

अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत राख्छिन्।

कमैया मुक्तिको घोषणा पछि भूमिसुधार कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिमको व्यावहारिक उपयोग गरेकै कारण अहिले उनी अरुलाई रोजगारी दिने हैसियतमा पुगेकी हुन्। “सुरुमा भूमिसुधार कार्यालयले दिएको सिलाइकटाइ तालिम सिके, केही वर्षपछि अरुलाई पनि यो तालिम दिने प्रशिक्षकमा नियुक्त भए,” उनले भनिन्।

अहिले आफ्नै व्यवसाय चलाएर मासिक २५/३० हजार कमाइ गर्ने गरेको उनको भनाइ छ। उनले दिएको सिलाइकटाइसम्बन्धी तालिमबाट घरधन्दामा मात्रै सीमित हुँदै आएका पूर्वकमैयाका युवती र महिला यतिबेला नगद कमाउन थालेका छन्।

स्थानीय बजारमा सञ्चालनमा रहेको उहाँको ‘सुनिता टेलरिङ’ सिलाइकटाइ पसलमा अहिले पाँच महिलाले सिलाइसम्बन्धी रोजगारी पाएका छन्। पसलमा सिलाइको सीप र काम पाउँदा मासिक कम्तीमा १० हजार रुपैयाँसम्म कमाइ हुने गरेको पुथ्वीपुर गाविसका बालकुमारी चौधरी बताउँछिन्।

मुक्तिपछिका दिनमा प्रशिक्षार्थी र त्यसपछि प्रशिक्षक भएर सीपमूलक तालिमको नेतृत्व लिएका उनले यस अवधिमा करिब २५० भन्दा बढी मुक्तकमैयाका महिलालाई सीप सिकाएकी छन्। आफूले सिकाएकामध्ये धेरैले सीपको व्यावहारिक रुपमा प्रयोग गरी सिलाइकटाइसम्बन्धी पसल थापेको देख्दा आफ्नो समाजमा इज्जत र सम्मान बढेको ठगनीले सुनाइन्।

दरख गाविसको एक जमिनदारको घरबाट मुक्त भएका पूर्वकमैया लक्ष्मी चौधरी धनगढीमा मोटरसाइकल मर्मत पसल चलाएर आम्दानी गर्दै आएकी छन्। मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको कमाइले आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

आँट साहसकै कारण व्यावसायिक सफलता पाइरहेका ठगनी र लक्ष्मी मुक्तकमैया समुदायका लागि प्रतिनिधि पात्र हुन् । मुक्तकमैया परिवारका अधिकांश महिला र पुरुष तालिमपछि सीप र क्षमताको उपयोग गरी अहिले सहज रुपमा जीवनयापन गरिरहेका छन्। जिल्ला भूमिसुधार कार्यालयका अनुसार दुई दशकयता जिल्लाका चार हजार २७६ मुक्तकमैयालाई ३९ प्रकारका तालिम प्रदान गरिएको छ ।

मुक्तकमैयाले पूर्वाधार निर्माणको काममा नेतृत्व गर्दै आएका छन् । मुक्तिपछि कार्यालयले डकर्मी, सिकर्मी, सिलाइकटाइ, बैल्डिङ, ड्राइभिङ, रोडियो टिभी मर्मत, बाख्रा, बङ्गुरपालन, हेयर कटिङ, तरकारीखेती, ट्युबबेल जडानलगायत तालिम प्रदान गर्ने गरेको छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि सरकारले पुनःस्थापनका कार्यक्रम अघि बढाएकोमा कैलालीमा सबै पूर्वकमैयाको पुनःस्थापना हुन सकेको छैन ।

सहजरुपमा एैलानी पर्ति जग्गा उपलब्ध हुन नसक्दा समयमै सबैको पुनःस्थापना हुन नसकेको भूमिसुधार अधिकारी लक्ष्मण कठायत बताउँछन्। जिल्लामा अझै एक हजार ४०० परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी