ज्यामरुककोटको संरक्षण आवश्यक

  • Get News Alerts

बेनी नगरपालिका–३ ज्यामरुककोटका बासिन्दा ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवद्र्धनमा अग्रसर भएका छन्।

बाइसे चौबिसे राज्यअन्तर्गत मल्ल राजाहरुले राज्य सञ्चालन गरेको ज्यामरुककोटको संरक्षण र पूर्वाधार विकास गरी पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न उनीहरु अग्रसर भएका हुन्।

सामरिक महत्वका हातहतियार रहेको ऐतिहासिक कोतघरको संरक्षण, धार्मिक र पर्यटकीय विशेषताको बारेमा प्रचारप्रचार गरेर पर्यटक भित्र्याउन पहल थालिएको ज्यामरुककोट तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

समितिमार्फत ज्यामरुककोटको ऐतिहासिक महत्वको बारेमा खोज अनुसन्धान र पूर्वाधार निर्माणको योजनालाई प्राथमिकता दिइएको उनको भनाइ छ। समितिले भकुण्डे हुँदै कोतघर र कन्तरथानसम्मको पदमार्ग, खानेपानी सुविधा र कोतघरलाई घेराबार गर्न सम्बन्धित निकायमा पहल गरेको जनाएको छ।

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ज्यामरुककोटको प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ। यस स्थानको ऐतिहासिक महत्वको बारेमा खोज अनुसन्धान र संरक्षणका लागि समेत सरकारी निकायबाट अपेक्षाकृत सहयोग नपाएको स्थानीय अगुवाको गुनासो छ।

विसं १६६२ अघिसम्म मल्ल राजाले राज्य सञ्जालन गर्ने स्थान बनाएको दाबी गरिएको ज्यामरुककोटमा ऐतिहासिक महत्वका धेरै पूर्वाधार नष्ट भएका छन्। यद्यपि कोतघरभित्र रहेका तोपको गोला, खुँडा, खुकुरी, तरबार, नगराजस्ता सामरिक महत्वका हातहतियार र भाँडावर्तन इतिहासको साक्षी बनेका छन्।

धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला, म्याग्दी, पर्वत, बागलुङका बस्तीको अवलोकन गर्न सकिने ज्यामरुककोट पर्यटकीय हिसाबले समेत महत्वपूर्ण छ। बडादसैं र चैतेदसैंको बेलामा विशेष पूजाआजा हुने ज्यामरुककोटमा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत छ।

छ रोपनी क्षेत्रफलमा फैलिएको ज्यामरुककोट पुग्ने व्यवस्थित पदमार्ग र यसको महत्वका बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीय बासिन्दा टीकाबहादुर कार्की बताउँछन्। पर्वत राज्यअन्तर्गतको ज्यामरुककोटका अन्तिम राजा भर्तीबम मल्ल रहेको इतिहास छ। बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीको दोभानमा स्नान गर्न आएको अवस्थामा राजा भर्तीबमको हत्या भएपछि पति वियोगमा परेकी रानी विश्वप्रभा बेनीको कुरीलाखर्कमा अलप भएको बताइन्छ। ज्यामरुककोटको पूजा व्यवस्थापनका लागि ३२ रोपनी गुठीको जग्गा छ।

अहिलेको परिस्थिति अनुसार गुठीबाट हुने आम्दानी न्यून भएकाले कोतको नियमित पूजा सञ्चालन गर्न समेत समस्या भएको अध्यक्ष घिमिरे बताउँछन्। बेनी बजारदेखि डेढ घन्टा पैदल र एक घन्टा गाडीको यात्रापछि ज्यामरुककोट पुग्न सकिन्छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी