प्यूठानमा फोटोसहितको मतदाता नामावली सङ्कलन १६ ठाउँमा सम्पन्न

  • Get News Alerts

प्यूठान जिल्लामा सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य जिल्लाका १६ ठाउँमा सम्पन्न भएको छ।

उत्तरी प्यूठानका रजवारा, अर्खा, डामृ, स्याउलिवाङ क्षेत्रमा अभियान सम्पन्न भएको हो। त्यस्तै कोचिवाङ, स्वर्गद्वारी, भिंगृसहित धुवाङ, पकला र बरौैँलामा पनि नामावली सङ्कलन तथा अद्यावधिक कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ।

त्यस्तै प्यूठान नगरपालिका वडा नं १ देखि ६ सम्ममा पनि अभियान सम्पन्न भएको छ । हालसम्म सम्पन्न भएका क्षेत्रबाट नयाँ ३५७ जना मतदाता थपिएको निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए।

जिल्लाका ४२ गाविस तथा एक नगरपालिकाका सम्पूर्ण वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्ने गरी पुस १७ गतेदेखि सुरु भएको सङ्कलन अभियान माघ ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म मताधिकार भएका नागरिकको सङ्ख्या एक लाख २८ हजार १०८ जना पुगेको छ ।

विसं २०६७ देखि सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा अहिलेसम्ममा ६७ हजार, ४९० जना महिला, ६० हजार ६१७ जना पुरुष र एक समलिङ्गीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नेपालको संविधान र निर्वाचन आयोगले पनि अहिले स्थानीय तथा प्रदेश तहसहित राष्ट्रिय सभाको निर्वाचन परिकल्पना गरेकाले निर्वाचनमा नामावली समावेश गर्नका लागि स्थानीयवासीको सक्रियता देखिएको प्रमुख भण्डारीले बताए।

जिल्लामा रोजगारीको सिलसिलामा विदेशिएका युवा धेरै भएकै कारण जिल्लामा पुरुषको भन्दा महिलाको सङ्ख्या मतदाता नामावलीमा धेरै भएको कार्यालयले जनाएको छ । विदेशिएका युवा मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफ्नो मताधिकारबाट पनि वञ्चित भएका छन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी