भिरकोट नगरपालिकाको बजेट करिब १० करोड

  • Get News Alerts

गत वर्ष नगरपालिकाका रुपमा घोषित भएको स्याङ्जाको भिरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब दश करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार बजेट सार्वजनिक घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले चालु र पुँजीगत गरी बजेट सार्वजनिक गरेका हुन्। 

बजेटमा चालुतर्फ चार करोड ३३ हजार र पुँजीगततर्फ पाँच करोड ७३ लाख ३५ हजार गरी कुल नौ करोड ७३ लाख ६८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। प्रस्तुत बजेटमा सामाजिक सुरक्षातर्फ तीन करोड २० लाख ४८ हजार रुपैयाँ छ।

त्यस्तैगरी, चालु आवको असार मसान्तसम्मको संशोधित अनुमानित आम्दानीअन्तर्गत चालुतर्फ ८२ लाख ५५ हजार, सामाजिक सुरक्षातर्फ तीन करोड २० लाख ४८ हजार र पुँजीगततर्फ ६ करोड २९ लाख ५१ हजार चार सय रुपैयाँ छ।

बजेट सार्वजनिक सभामा कार्यकारी अधिकृत रेग्मीले भिरकोट नगरपालिकाका सम्भावना र चुनौतीसहित भावी नीति तथा कार्यक्रम अगाडि सारेका थिए। दोस्रो बजेट सार्वजनिक घोषणा सभाको सांसद कमलप्रसाद पँगेनीले उद्घाटन गरेका थिए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी