पोखरा महोत्सवको तयारी सम्पन्न

  • Get News Alerts

युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ।

क्लबद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार महोत्सवको पुस २९ गते दिउँसो १ बजे अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमिति क्रियाशील रहेको जानकारी दिँदै क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुकबहादुर गुरुङले महोत्सवमा दुईसय ४० स्टल रहने बताए।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामानको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवम् जानकारी आदि रहने र यसपटक नीलगाई, रतुवा मृग, हुचिल, अजिङ्गर, मृग आदि जङ्गली जनावर पनि प्रदर्शन गरिनेछ ।

विगतका महोत्सवकै माध्यमबाट क्लबको सक्रियतामा लेखनाथको पचभैयाँमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय चिडियाखानाका लागि २५ लाख नगद सङ्कलन भइसकेको जानकारी दिँदै गुरुङले त्यसका अतिरिक्त महोत्सवबाट बचेको रकमले सेती नदी सरसफाइ, शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा लगानी गर्ने सोच राखिएको बताए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी