सुन तस्करलाई सघाएको आरोपमा विमानस्थल भन्सारका दुई अधिकृत पक्राउ

  • Get News Alerts

सुन तस्करमा सम्लग्न थप २ जना पनि सिअाइबीको फन्दामा

साढे ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ।सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन भित्र्याएको सिआइबीले आंशका गरेको छ। पक्राउ परेका भरियाहरुको वयानमा आधारमा सिआइबीले २ जना अधिकृत पक्राउ गरेको पुष्टि गरेको छ।

त्यस्तै सिआइबीले सुन तस्करमा सम्लग्न २ जनालाई पनि पक्राउ गरेको छ। अनुसन्धानमा असर पर्ने भन्दै उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन्।

त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

गत पुस २१ गते दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

यो पनि

विमानस्थलको 'सेटिङमा' सुन तस्करी, सिआइबीद्वारा साढे ३३ किलो सुन बरामद

सुनकाण्डपछि विमानस्थल भन्सारका २९ कर्मचारी जिम्मेवारीमुक्त 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी