माइक्रो चालक र सह चालकले छात्रामाथि अभद्र व्यवहार गरेपछि...

  • Get News Alerts

ललितपुरको सातदोबाटोमा यात्रुमाथि अभद्र व्यवहार गर्ने चालक पक्राउ परेका छन्।

गोदाबरी-लगनखेल रूटमा चल्ने माइक्रो बसका चालक र सहचालकले महिला यात्रुलाई जथाभावी बोल्दै अभद्र व्यवहार गरेपछि प्रहरी नियन्त्रणमा पुगेका हुन्।

ललितपुरको सातदोबाटोस्थित होप इन्टरनेशनल कलेजका विद्यार्थीहरू प्राक्टिकलका लागि गोदाबरी गएका थिए। गोदाबरीबाट फर्कने क्रममा ११ जान छात्राहरू बा १ ज ६०७१ नम्बरको माइक्रमा चढे।

माइक्रोका सह चालकले भाडा मागे। उनीहरूले विद्यार्थी सहुलियत कटाएर भाडा दिए।  सह चालक जंगिए- यति भाडाले पुग्दैन। उनीहरूले फेरि केही रकम थपिदिए। त्यो रकम विद्यार्थी सहुलियत कटाएर बुझाएको रकमभन्दा बढी थियो तर, सह चालक मान्ने पक्षमा थिएनन्। सबै विद्यार्थी भाडा कटाएर कहाँ हुन्छ। खुरूक्क पैसा दिनुहोस्। उनीहरूले यती नै हो पैसा भनेपछि चालक र सहचालक एक्कासी आवेशमा आएर जथाभावी भन्न थाले।

यहाँ उच्चारण गर्न नमिल्ने अपशब्द प्रयोग गर्दै छात्राहरूमाथि गाली बर्साउन थाले।

विद्यार्थीहरूबीच सातदोबाटोमा चालक र सहचालकबीच चर्काचर्की चलेको थियो। त्यो दृश्य ट्राफिक प्रहरीले केही पर बसेर नियालिरहेको थियो। माइक्रो त्यहाँबाट उम्कियो। ट्राफिक प्रहरीले पिछा गर्दै माइक्रोलाई लगनखेलबाट नियन्त्रणमा लियो।

यता विद्यार्थीहरूले ट्राफिक प्रहरी कार्यालय सातदोबाटोमा आवेदन दिए। चालक र सहचालकमाथि कारबाही गरिउ पाउँ भनी उनीहरूले दिएको निवेदनमा आफूहरूमाथि अभद्र र असब्य व्यवहार गरेको उल्लेख छ।

गाडीसँगै ट्राफिकले चालक दीपक महर्जन र सहचालक रविन गुरूङलाई नियन्त्रणमा लियो।

यसैबीच ललितपुर माइक्रोबस संघका पदाधिकारी ट्राफिक प्रहरी कार्यालय पुगेर माइक्रो र चालक तथा सहचालकलाई छोड्न आग्रह गरे- ‘केटाहरू हुन् यस्तो भने होलान् एक पटकलाई छोड्दिनू,’ उनीहरूले भने। लगत्तै ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाथेछुले भने- ‘महिलामाथि जथाभावी बोल्दै हिड्नै चालक र सहचालकलाई छाड्न मिल्दैन। के तपाई पनि आफ्ना दिदी बहिनीमाथि यस्तै व्यवहार भए सहनुहुन्थ्यो,’ उनको यस्तो प्रतिप्रश्नपछि पदाधिकारी गए।

यता उनीहरूले ती छात्राहरूलाई फकाएर निवेदन फिर्ता लिन भने। उनीहरूले पनि हामी ११ जना थियौ र त उनीहरूले यस्तो गरे विचार एक्लै दुक्लै हिँडेका महिला दिदीबहिनी देखेभने के गर्लान यीनीहरूलाई कारबाही गर्नैपर्छ। यस्तो भनेपछि उनीहरू नाजावाफ हुँदै फर्किए।

‘महिलामाथि गाडी भित्र हुने जुनसुकै दुर्व्यवहार हामीलाई मान्य हुन्न। हामी कारबाही गरेरै छोड्छौ,’ हाछेथुले भने।

अहिले चालक र सहचालक दुबैलाई आवश्यक कारबाहीका लागि प्रहरीमा पठाइएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी