कलेजमा सेल्फी लिदैं, कपाल कोर्दै हुनुहुन्छ? निष्कासित हुनु पर्ला !

  • Get News Alerts

भारतको चर्चित दिल्ली विश्वविद्यालयका छात्राहरूका लागि कलेजभित्र सेल्फी लिनु र कपाल कोर्नु घातक बन्न सक्छ। किनभने कलेज प्रशासनले विश्वविद्यालयमा रहेको मिरान्डा हाउसका छात्राहरूलाई कलेजभित्रको बाटोमा सेल्फी नलिन र कपाल नकोर्न नोटिस जारी गरेको छ।

प्रशासनको सुझावलाई अटेर गरेको खण्डमा छात्राहरू कलेजबाट निष्कासित हुन सक्ने सम्भावना बलियो छ। प्रशासनको तर्फबाट नोटिस त्यतिबेला सार्वजनिक भएको थियो, जब स्कुल अफ ओपन लर्निङ (एसओएल) का छात्र गत आइतबार कक्षामा उपस्थित थिए।

नोटिसमा कलेजको गल्लीहरुमा सेल्फी लिनु र कपाल कोर्नुलाई समयको बर्बादी भनिएको छ। एसओएल विद्यार्थीको एउटा क्रान्तिकारी युवा संगठन हो। जसले कलेजले हालै सार्वजनिक गरेको नोटिसलाई महिला विरोधी भन्दै विरोध गरेको छ।

गठनले दिल्लीको महिला आयोगलाई समेत विश्वविद्यालयको नोटिसको विषयमा जानकारी गराएको छ।

नोटिसमा भनिएको छ, ‘मिरान्डा हाउस र शिक्षक सधै तपाईहरूको उच्च शिक्षा सुनिश्चित गर्न संघर्षरत रहदै आएको छ। हामी आशावादी छौं, छात्राहरूलाई यो निर्णयले आफ्नो पढाईमा केन्द्रित रहन फाइदा पुग्ने छ। केही छात्रा गल्लीमा सेल्फी लिदैँ गरेको, कपाल कोर्दै गरेको र मोडलिङ गर्दै गरेको भेटिएका छन्।’

कलेजले यसलाई समयको दुरुपयोग भन्दै अनुमति दिन नसकिने बताएको छ। कुनै विद्यार्थीले समयको दुरुपयोग गरेको भेटिएमा उसलाई त्यो दिन कलेजबाट निलम्बित गरिने र कलेज परिषरबाटै बाहिर राखिने बताइएको छ।

नोटिसको मिरान्डा हाउस कलेजकी प्रधानाध्यापक प्रतिभा जोलीले पुष्टी गरिन्। उनले सुरक्षाको कारण आन्तरिक चर्चापछि यो निर्णय लिएको बताइन्। तर, एसओएलका निर्देशक सीएम दुबेले भने हालसम्म आफूलाई कुनै नोटिस प्राप्त नभएको बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी