नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु गर्‍यो ‘पेन प्याकेज’ कार्यक्रम

  • Get News Alerts

फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन्।

प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको र नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको बताए।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह भएको भन्दै त्यसका लागि आफ्ना आचरण परिवर्तन गर्नुपर्नेमा जोड दिइन्। मन्त्रालयले नसर्ने रोगको जोखिम बढ्न थालेपछि पेन प्याकेज कार्यक्रममार्फत कैलाली र इलामबाट जनचेतना र उपचार सेवा दिन सुरु गरेको छ।

नेपालमा नसर्ने रोगका कारण ६० प्रतिशत व्यक्तिको मृत्यु भएको बताउँदै प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाका निर्देशक मोहम्मद दाउदले भने, “नसर्ने रोगको समस्या बढ्दै आएकाले आर्थिक वर्ष २०७३/०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगको उपचार कार्यक्रम सुरु गरेका हौँ।”

यसै वर्ष नै मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत, बाग्लुङमा पनि नसर्ने रोगबारे कार्यक्रम विस्तार गरिने महाशाखाले जनाएको छ। पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वास (सिओपिडी) रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर कार्यक्रम सुरु गरेको छ। कार्यक्रम विस्तार हुने जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइने तयारी भएको निर्देशक दाउदले बताए।

निर्देशक दाउदका अनुसार पेन प्याकेज कार्यक्रममा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने, कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरी नसक्ने अवस्था हुनासाथ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउन सक्नेछ। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी