दुई विद्यालयका लागि हेल्प नेपालले दियो ८० लाख

  • Get News Alerts

भुइँचालोले भत्काएका दुई जिल्लाका दुई विद्यालय निर्माणका लागि हेल्प नेपाल नेटवर्कले ४०/४० लाख प्रदान गरेको छ। दोलखा जिल्लाको राजकुलेश्वर आधारभूत विद्यालय र सिन्धुपाल्चोकको ठोकर्पा उच्च माविलाई उक्त रकम प्रदान गरिएको हो।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। चेक हस्तान्तरणपछि मह जोडीले सहयोगी संस्था नेटवर्कको प्रशंसा गरेका थिए।

‘आफैं खाउँ, आफैं रमाउँ भन्ने संस्कारको भण्डाफोर हुनुपर्छ,’ नागरिकका तर्फबाट सहयोगको काम भएकोमा खुसी व्यक्त गर्दै हरिवंश आचार्यले भने, ‘सरकार हराएको छ। भुइँचालो गएको दुई वर्ष बितिसक्दा पनि सरकारको अत्तोपत्तो छैन। सरकारलाई खोज्नुपर्ने बेला आएको छ।’

पुनर्निर्माण प्राधिकरणका सिइओको बर्खास्तको प्रसंगलाई लिएर हरिवंशले सरकारलाई व्यंगसमेत हान्न भ्याए। ‘सरकार आफूले गर्न नसकेको कामको दोष सि’ओलाई लगाएर उम्किन खोजेको छ,’ उनको व्यंग्य थियो, ‘सियो त धागोको टुप्पोमा हुने त हो। सियोलाई दोष थोपरेर लामो धागो भाग्न पाउँदैन।’

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले भने हेल्प नेपाल नेटवर्कका अलावा हाल मुसहर बस्ती बनाइरहेका कलाकार जोडी ‘धुर्मुस–सुन्तली’को प्रशंसासमेत गर्न भ्याए।

केही दिनअघि मात्र मुसहर बस्तीको शिलान्यास गर्न पुगेका श्रेष्ठले हेल्प नेपाल नेटवर्क, धुर्मुस–सुन्तलीजस्ता सहयोगी व्यक्ति तथा संघसंस्थासँग प्रतिष्पर्धा गर्न सरकारलाई चुनौति दिए। उनले धुर्मुस–सुन्तलीले लगालगी तीनवटा बस्ती निर्माण गरिसक्दा पनि सरकार अझै निदाइरहेको बताए।

हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष तथा पत्रकार रवीन्द्र मिश्रले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट्याउँदै देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको बताउँदै मह जोडी युवाहरुको प्रेरणाको स्रोत भएको भनाइ राखे।

नेटवकर्कका अध्यक्ष अरुणसिंह बस्नेतले सहयोग गरिएका दुवै क्षतिग्रस्त विद्यालय नेपाली वास्तुकलामा आधारित भएर निर्माण गरिने बताए। उनले यो रकम भुइँचालोपछि राहतका लागि उठेको रकमको हिस्सा भएको बताउँदै बाँकी रकम त्यस्तै क्षतिग्रस्त अर्को विद्यालयका लागि खर्च गरिने जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी