सुनकाण्डमा संलग्नमाथि मुद्धा चलाउन निर्देशन

  • Get News Alerts

व्यवस्थापिका संसदको अर्थ समितिले ३३ किलो सुन तस्करीमा संलग्नलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्धा चलाउन सरकारलाई निर्देशन दिएको छ। 

समितिको बुधबार बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करी रोक्न अधिकारसम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि सरकारलाई सचेत गराएको छ। समितिका सभापति प्रकाश ज्वालाले विमानस्थलमा कार्यरत कर्मचारीको मिलेमतोमा नियमित रुपमा अवैध सुन तस्करी र राजस्व चुहावट भएको पुष्टि भएको भन्दै समितिले विमानस्थलमा कार्यरत प्राविधिक र प्रशासन समुहका सबै कर्मचारीलाई जगेडामा राखेर नयाँ कर्मचारी पठाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिए।

समितिले विमानस्थलमा रहेका विभिन्न सरकारी निकायबीच आवश्यक समन्वयको अभाव र कामको बाँडफाँड नभएकाले राजस्व चुहावट र तस्करी भएकाले आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराइएको छ। त्यसैगरी विमानस्थल भएर बाहिरिने यात्रुको मात्र जाँच गर्ने व्यवस्था रहेकाले तत्कालै नेपाल भित्रने यात्रुको पनि कडा जाँच गर्न समितिले नागरिक उड्डयन प्राधिकरणलाई पनि निर्देशन गरेको छ। त्यसैगरी विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति तत्काल पूर्ति गर्न पनि समितिले सरोकारवाला निकायलाई भनेको छ ।

बिहीबार नेपाल भित्रिएको ३३ किलो अवैध सुन विमानस्थल बाहिर बरामद भएपछि समितिले गृहमन्त्रालय, अर्थमन्त्रालय र नागरिक उड्डयन प्राधिकरण मातहतका निकायसँग छलफल गरेको हो। दुई दिनसम्म चलेको छलफलमा विमानस्थलका कर्मचारीको मिलेमतामा तस्करीका घटना हुने गरेको नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आरोप लगाएको थियो।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी