जिया जिया भन्छिन्– म सिंगल रहन चाहन्छु

  • Get News Alerts

 
यी चिनियाँ सुन्दरीको नाउँ जिया जिया हो।
 
उनी सामान्य वार्तालाप गर्न सक्छिन्। कुराकानीमा उठ्ने विषयवस्तुअनुसार उनको अनुहारमा निश्चित भाव पनि देखिन्छ। खुसीको प्रसंग उठ्दा हाँसेजस्तो गर्छिन्। गम्भीर कुरा निस्कँदा उनको अनुहारको रंग पनि उडेजस्तै हुन्छ।
 
उनको सुन्दरता पनि सिनेमाकी नायिका वा मोडलको भन्दा कम छैन।
 
हलक्क लामो कालो कपाल, चिटिक्क मिलेका आँखीभौं, सुलुत्त परेको नाक र सुन्तलाका केस्राझैं मसिना राता ओठ। त्यसमाथि परम्परागत चिनियाँ भेषमा उनको यो सुन्दरता अझै खुलेको हुन्छ।
 
तर, नझुक्किनुस्!
 
झट्ट हेर्दा जिया हामीजस्तै देखिए पनि उनी मान्छे होइनन्। 
 
उनी हुन्, चिनियाँ प्रविधिद्वारा निर्मित यान्त्रिक मानव अर्थात् रोबोट, जसको रूपरंग काटीकुटी मान्छेकै जस्तो छ।
 
चीनमा पहिलोपटक निर्मित मानवरूपी रोबोट ‘जिया जिया’ लाई गत वर्ष ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ का इन्जिनियरले पहिलोपटक प्रदर्शन गरेका थिए। सोमबार उक्त रोबोटको पहिलो पूर्ण संस्करण संघाईमा प्रदर्शन गरिएको थियो।
 
जतिबेला यो मानवरूपी रोबोट सार्वजनिक गरिँदै थियो, यसका निर्माता चेन सिआओपिङ एक गौरवशाली पिताझैं देखिन्थे। उनी रोबोट निर्माण समूहका प्रमुख हुन्।
 
नयाँ विश्वमा यान्त्रिक मानवलाई कुन उद्देश्यका लागि प्रयोग गरिनेछ भन्ने जिया जियालाई हेरेर भन्न सकिने चिनियाँ इन्जिनियरहरुको भनाइ छ। सम्भवतः अबको एक दशकभित्रै जिया जिया जस्ता कृत्रिम चेत भएका मानवयन्त्रले चिनियाँ रेस्टुरेन्ट, नर्सिङ होम, अस्पताल र निजी घरमा समेत शारीरिक श्रम आवश्यक पर्ने काम गर्न थाल्ने चेनको विश्वास छ।
 
‘अबका ५ देखि १० वर्षभित्र चीनमा धेरै प्रयोजनका लागि रोबोट प्रयोग गरिनेछ,’ उनले भने।
 
झुक्किने गरी मान्छेजस्ती देखिने भए पनि जिया जियाका केही सीमा छन्। उनी सामान्य बोलचाल त गर्न सक्छिन्, तर कतिपय साधारण प्रश्न सोध्दा पनि बारम्बार अक्मकाउँछिन्। तैपनि विगत दुई वर्षअघिको स्थितिसँग तुलना गर्दा जिया जियाको ज्ञान र बुद्धि विस्तार गर्ने कार्यमा इन्जिनियरहरूले निकै प्रगति हासिल गरेका छन्। मौसमबारे जवाफ दिन, आधारभूत कुराकानी गर्न र प्रश्नकर्ता महिला वा पुरुष को हुन् भन्ने थाहा पाउन उनी सक्षम छिन्। उनको यो ज्ञान र बुद्धिको दायरा फराकिलो पार्नमा थप अनुसन्धान भइरहेको चेन बताउँछन्।
 
सोमबार कार्यक्रममा जिया जियाले एक पुरुषको सौन्दर्यको तारिफ गर्दै भनिन्, ‘तपाईं ह्यान्डसम हुनुहुन्छ।’
 
यस्तो सुनेपछि ती पुरुषले प्रश्न गरे, ‘के तपाईंको ब्वाइफ्रेन्ड छ?’ 
 
जिया जियाले जवाफ दिइन्, ‘म सिंगल नै रहन चाहन्छु।’
 
बुद्धिमान मानवयन्त्रमा जिया जिया एक्ली होइनन्। संसारका अन्य देशमा पनि यस सम्बन्धमा थुप्रै अनुसन्धान भएका छन्। गत साता अमेरिकाको लास भेगासमा भएको ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो’ मा सार्वजनिक रोबोटहरूले पनि दर्शकको ध्यान खिच्न सफल भएका थिए। उक्त प्रदर्शनमा राखिएका रोबोटहरू सामान्य घरेलु काम गर्न सक्षम थिए। रिमोट कन्ट्रोलका माध्यमले उनीहरूलाई सजिलै काम अह्राउन सकिन्थ्यो।
 
प्रदर्शनमा ‘ह्यानसोन रोबोटिक्स’ नाम गरेको कम्पनीले ‘प्रोफेसर आइन्स्टाइन’ नामक आइन्स्टाइनसँग अनुहार मिल्ने रोबोट सार्वजनिक गरेको थियो। उक्त रोबोटले पनि अनुहारमा वास्तविक भाव देखाउने र विज्ञान तथा गणितसम्बन्धी सूचनामूलक वार्तालाप गर्न सक्थ्यो।
 
जिया जियाको विकास र गतिविधिमा अझै निकै काम बाँकी छ। चेनले जिया जिया जस्तो रोबोटको चीनमा राम्रो भविष्य देखेका छन्। उनका अनुसार चीनमा बढ्दै गएको समृद्धिका कारण युवा चिनियाँहरू रेस्टुरेन्टमा वेटरजस्ता काम गर्न रुचाउँदैनन्। एक्ला र वृद्ध हुँदै गएका चिनियाँका लागि अस्पताल र नर्सिङ होमहरूमा काम गर्ने मानिसको खाँचो पनि बढ्दै गएको छ। भविष्यमा यी कामका लागि जिया जियाजस्ता मानवयन्त्रको प्रयोग बढ्ने उनले बताए।
 
चेनले मान्छेजस्तो अलि नदेखिने अर्को रोबोटको भिडियो पनि देखाएका थिए। उसले जिया जियाभन्दा अलि धेरै काम गर्थ्यो। युनिभर्सिटीको प्रयोगशालामा चियाधरि बाँडेको थियो।
 
यस्ता रोबोट विकास गर्दा उनीहरू कुनै दिन मानिसभन्दा बढी बुद्धिमान हुन्छन् र त्यसले मानव जातिलाई नै खतरा हुन्छ भन्ने विचारसँग चेन सहमत छैनन्।
 
प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिंग्स लगायत वैज्ञानिक भने बुद्धिमान रोबोटको विकास मानवजतिका निम्ति खतरा हुनसक्ने विश्वास गर्छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी