‘सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी’

  • Get News Alerts

सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको सुरक्षा निकायले आरोप लगाएको छ। मंगलबार संसदको अर्थ समितिमा भएको छलफलमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्करी हुने गरेको जिकिर गरेका हुन्। उनीहरुले केही दिनअघि विमानस्थल बाहिरबाट ३३ किलो सुन पक्राउको घटनाले विमानस्थलबाट नियमितरुपमा सुन तस्करी हुने गरेको पुष्टि भएको दाबी समेत गरे।

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलमा भएका घटनाको छानबिन गर्ने जिम्मा आफूहरुले नपाएसम्म तस्करीको गिरोह नियन्त्रण गर्न नसकिने बताए। उनले कर्मचारीको मिलेमतोमा भएका घटनाको प्रहरीले छानविन नगरेसम्म संगठित गिरोह नियन्त्रण गर्न नसकिने दाबी गरे।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारवाही गर्न आफू तयार रहेको बताए। उनले विभागले विमानस्थलमा अत्याधुनिक एक्सरे मेसिन ल्याउन टेण्डरको प्रक्रियामा रहेकाले केही महिनापछि विमानस्थलको सुरक्षामा थप कडाइ हुने दाबी गरे। उनले हाल सञ्चालनमा रहेको एक्सरे मेसिनले कालो प्लाष्टिकमा बेरेको सामानको चेकजाँच गर्न नसकेकाले आपराधिक घटनाहरु बढेको हुनसक्ने आशंका पनि व्यक्त गरे।

अर्थ मन्त्रालय राजस्व विभागका सचिव राजन खनालले पछिल्लो केही वर्षदेखि सुनचाँदी व्यवसायीले बैंकमार्फत् सुन किन्न छाडेकाले चोरी निकासी बढेको बताए। उनले व्यवसायीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकेमात्र चोरी तस्करी नियन्त्रण गर्न सकिने बताए।

छलफलमा प्रहरी अतिरिक्त महानिरिक्षक नवराज सिलवालले तस्करीको घटनाको छानविन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरे। केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो प्रमुखसमेत रहेका सिलवालले विमानस्थलमा रहेको कडा सुरक्षा घेरा पार गरेर सुन तस्करी हुनुले सुरक्षा क्षमतामै प्रश्न उठेको स्वीकार पनि गरे।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी