सुनबहादुर अंकल एक्लैले पुरिएका हामी १२ जनालाई बचाए

  • Get News Alerts

बोनस पाएको जीन्दगी उहाँजस्तै मानव सेवामा लगाएमात्र गुन तिरिएला

एक्कासी जमिन हल्लिन थाल्यो। माथिल्लो तलामा भएकाहरु भर्याङबाट तल झर्न खोजे। सानो भर्याङमा सबैजना जम्मा भएपछि निस्कन मिलेन। जमिन हल्लिन रोकिएन। दायाँबायाँका घरले हानेपछि हामी बसेको होटल भत्कियो।

दुई तले घर निमेषमै पिनाको ढिक्काफुटे झैं भ यो। १६ जना त्यही घरमा पुरियौं। बाहिर भएकाहरुको होस हवास उड्यो। 

****

जोरपाटीको शंकरापुर एकडेमीमा एचए (हेल्थ एसिस्टान्ट) पढ्ने  ३७ मध्ये हामी १९ जना सिन्धुपाल्चोकको नवलपुर पुगेका थियौं, चैत १५ गते। कलेजले एक महिनाको  ‘कम्युनिटी डाइग्नोसिस क्याम्पियन‘ अन्तर्गतको प्राक्टिकलका लागि खटाएको थियो। गाउँ छान्नेदेखि होटललगायतका प्रबन्ध कलेज नै गरेको हो।

नवलपुर बजारमा हामी बसेको होटल ‘थोत्रे' थियो। माटो र ढुंगाले बनेको दुई तले त्यो ‘थोत्रो'घरमा होटल चलाउने सुनबहादुर तामाङ भने मिजासिला हुनुहुन्थ्यो। सुरुदेखि नै उहाँले हामीलाई आत्मीय व्यवहार गर्नुभयो। परिवारका सदस्य झैं हामी होटलको भान्छासम्म पुग्थ्यौं र खाना पनि बनाउँथ्यौं। महिना दिन नबित्दै हामी छोराछोरी जस्ता भयौं, उहाँ हाम्रो अभिभावक बन्नुभो। 

क्याम्पियनको काम भइरहेका थिए। योजना अनुसार वैशाख १३ गते स्थानीय बासिन्दालाई पोषण, वातावरण र महिला स्वास्थ्यका विषयमा तालिम दिने कार्यक्रम थियो। त्यसैको तयारीमा वैशाख १२ गते १० बजे नै खाना खाइवरी हामी आफ्नो जिम्माको काम गर्न व्यस्त थियौं। तीन जना बाहिर थिए। संसार नैं घुमे झैं जमिन हल्लिन थाल्यो।

***

भूकम्पपछि कोलाहल मच्चियो। भत्किएको घरमा पुरिएका साथी बचाऊ… बचाऊ... भन्दै चिच्याए। हाम्रो हंसले ठाउँ छाडेका थिए। हाम्रा हात भने काँपिरहेका थिए। के गर्ने, कसो गर्ने केही मेसो आएन। 

फेरि धरती हल्लियो। पछिल्लो झट्काले पुरिएकाको माथिको माटो यताउता फाल्यो। बिरानो गाउँमा पुरिएका साथीलाई निकाल्न हामीले हारगुहार गर्यौं तर कसैले हाम्रो बिन्ती सुनेनन्। साथीहरु कराएको सुनिन्थ्यो। तर उनीहरु कुन ठाउँमा छन् भेउ पाइदैनथ्यो।

सुनबहादुर अंकलको टाउकोमा चोट लागेको थियो। निधारबाट बगेको रगतले अनुहार राताम्मे भएको थियो। खुट्टापनि थिच्चिएको थियो।

रगतपच्छे भएको सुनबहादुर दाइ ज्यानको पर्वाहा नगरी पुरिएका हाम्रा साथीलाई बचाउन ढुंगामाटो पन्छाउन थाल्नुभयो। माटो र ढुंगा हटाउन कोदालो पनि पाउनु भएन। थालले नै माटो हटाउनु भयो।

उहाँकै एक्लो प्रयासले पुरिएका हामी १२ जना बाहिर निक्लियौं। जति प्रयास गरेपनि मौसमी सुनुवार र प्रतिक्षा खड्कालाई बचाउन सकेनौं।। भर्खर कुरा गरेका, हाँसेका उनीहरु निर्जिव बनेर लडिरहेका थिए।

११.५६ बजेको कम्पनपछि पनि फेरि धक्का आइरहेको थियो। धरती हल्लिरहे पनि उहाँले  पुरिएका साथीलाई निकाल्न छोड्नु भएन। नजिकैको गाउँमा भत्किएको आफ्नो घरपनि हेर्न जानु भएन।

रातभरी हामीसँगै बस्नु भयो। महाविपत्तिमा होटलका हामी पाहुनालाई साथ दिने धर्म उहाँले छोड्नु भएन।

***

भूकम्पको पहिलो धक्काले सोह्र जनालाई पुरेपछि कलेजमा फोन गर्यौं। प्रिन्सिपल, निर्देशक,संयोजक सबैलाई आफ्नो हालत सुनायौं। कम्तीमा सिकिस्त साथिहरुलाई उद्धारको प्रवन्ध मिलाउन हारगुहार गर्यौं।

 तर उहाँहरुले केही पहल गर्नु भएन। कलेजकै प्रोजेक्टका लागि गएका हामीलाई विपद्मा परेको बेला कलेजले गरेको वेवास्ताले मन कटक्क काट्यो।

१३ गते बिहान व्यक्तिगत (दिनेश तामाङ) को चिनजानका आधारमा हेलिकोप्टर ल्याउन पहल गर्यौं। भाडा आफै तिर्ने भन्यौं। बल्लतल्ल माउण्टेन एयरको हेलिकोप्टर घाइते साथीलाई बोक्न आयो।

बिहान ६.२२ बजे घाइते साथीलाई हेलिकोप्टरका ग्राण्डी अस्पतालमा पुर्यायौं। दोस्रो पटकपनि केही साथीलाई काठमाडौं ल्यायौं। ८ बजेपछि सरकारले निजी हेलिकोप्टरपनि नियन्त्रणमा लियो। हामीले २ जना साथीको लास ल्याउन पाएनौं।

***

भूकम्पले २ जना साथी गुमायौं ४ जना अहिलेपनि अस्पतालको शैयामा छन्। कलेजले हाम्रो घाउमा अलिकति पनि मह्लम लगाएन। घाइते बोकेको हेलिकोप्टरको ३ लाख रुपैयाँ बिल आएको छ। हामीले त्यत्रो रकम कसरी तिर्नु?

भूकम्पछि हामी पनि आफ्नो घरका कुरामा ध्यान दिन थाल्यौं। सुनबहादुर अंकलले पनि काठमाडौं आएर उपचार गराउनु भएछ। केही दिन अघि फोनमा कुराकानी भएको थियो। केही मोबाइल सेटबाहेक हाम्रो सबै सामान निकालेर सुरक्षित राखिदिनुभएको छ रे।

होटलमा खाएर बसेको मात्र ३१ हजार रुपैयाँ हामीले तिर्न बाँकी छ। उहाँको घर भत्किएको छ। आफैं घाइते हुनु भयो। त्यसमाथि हामीले उधारो तिरेका छैनौं।

हामी एक/दुई दिनमा नवलपुर गएर होटलको उधारो रकम त चुक्ता गरौंला। तर आफ्नो घाइते ज्यानको पर्वाहा नगरी हामीलाई दिनुभएको जीवनदानको गुन हामीले कसैगरी तिर्न सक्दैनौं।

बोनस पाएको जीवन उहाँजस्तै मानव सेवामा लगाउन सक्यौं भनेमात्र गुन तिर्न सकिन्छ कि!

(नवलपुरको होटलमा पुरिएर बाँचेका दिनेश तामाङ, फेदोर्जे तामाङ र पवन न्यौपानेसँगसेतोपाटीका भानुभक्तले गरेको कुराकानीमा आधारित ।)

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी