यौनजन्य हिंसाको अन्त्यको माग गर्दै कालो टोपी

  • Get News Alerts

बालबालिकामाथि हुने यौनजन्य हिंसाको अन्त्यको माग गर्दै कालो टोपी लगाएका युवाहरुले यसको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। बालबालिकामाथि बढ्दै गइरहेको यौनदुव्र्यवहारका घटनाहरुमा समुदाय, सरकार र कानूनको उदासिनताको विरुद्धमा आवाज उठाउनका लागि आफूहरुले विरोधको प्रतिक स्वरुप कालोटोपी लगाएर विरोधमा उत्रिएको उनीहरुले बताएका हुन्। 
 
शुक्रबार ९ देखि १० बजेसम्म नयाँ बानेश्वरमा करिब १०० जना युवा भेला भएर बालबालिकामाथि हुने यौनजन्य हिंसाको अन्त्य तथा बालमैत्री कानुनको निर्माण, बालबालिकाको लागि हिंसाबाट सुरक्षित वातावरण निर्माण, ३५ दिने हदम्यादको खारेजी, द्रुत न्याय प्रणालीबाट बालबालिकामाथि हुने बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुमा न्यायको सुनिश्चितता, कानुन तथा नीतिमा परिवर्तन तथा सुधार लगायतका माग राख्दै अभियान थालिएको हो। बालमैत्री प्रहरी सेवा तथा यौनजन्य अपराधका घटनाहरुलाई जाँच गर्ने औजार, उपकरण र प्रशिक्षित मानव संसाधान र एउटै एकिकृत मेडीको लिगल फरम्याटको व्यवस्थाका लागि समेत कालो टोपीमा युवा अभियानले राष्ट्रभर दवाबमुलक कार्यक्रमहरु गर्नेछ ।
 
अध्ययन प्रतिवेदनहरुले सन् २०१३ मा बालबालिकामाथि हुने हिंसाका घटनाहरुमा ७३ प्रतिशतभन्दा बढि यौनजन्य हिंसा रहेको र ५० प्रतिशत बलात्कारका घटना मात्र रहेको देखाउँछ (ईन्सेक वर्ष पुस्तक, २०१४) ।  यसैगरी महिलामाथि हुने बलात्कारसम्बन्धि घटनाहरुमा गत वर्ष ५० प्रतिशत घटनाहरु १६ वर्षमुनिका बालिकाहरुमा मात्रै भएको तथ्याङ्कहरुले देखाएको छ (ओरेकद्वारा प्रकाशित अन्वेषी, २०७१) । 
 
बालबालिकाका आफूमाथि हुने हिंसाका बारेमा आफै बोल्न नसक्ने तथा उनीहरुका लागि पैरवी गर्ने तथा मुद्दाहरु नीतिनिर्माता सम्म पु¥याउने जिम्मेवारी युवा वा अभिभावकको भएको कारण युवाहरुले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बार ५ का दिनदेखि हरेक शुक्रबार बालबालिकाको आवाजका रुपमा सडकमा आउने गतिशील युवा मञ्चका अध्यक्ष अमृत देवकोटाले बताउनुभयो ।
 
बालदुव्र्यवहार विरुद्ध विश्व दिवश १९ नोभेम्वर २०१४ मा कालो टोपीमा युवा अभियानको सुरुवात पछाडी थप दवाव तथा सचेतना अभिवृद्धिकालागि समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) तथा गतिशील युवा मञ्चले संयोजन गरेको तथा ३० भन्दा बढी मानव अधिकारवादी संघसंस्था, कलेज, युवा समूह आबद्ध अयियानले राष्ट्रव्यापी रुपमा कार्यक्रमहरु सञ्चालन गर्नेछ । 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी