फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमान पक्राउ

SAMSUNG
  • Get News Alerts

baleno
tata

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेखेको आरोपमा १९ दिनदेखि सप्तरी प्रहरीको हिरासतमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बिहीबार बिहान काठमाडौँ पुर्‍याएको छ ।

विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दामा कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गर्न पोर्ताहा–१ का मो अब्दुल रहमानलाई आज बिहान काठमाडौँ पुर्‍याइएको प्रहरीले जनाएको छ ।

रहमानलाई राजविराज–५ रुपनी मोडस्थित अस्थायी ट्राफिक पोस्टबाट गएराति ७:१५ बजे न्यू पूजा डिलक्स बसमा चढाई काठमाडौँ पठाइएको उनका बुबा इसराइल मियाँले जानकारी दिए ।

विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले मङ्गलबार गरेको आदेशअनुरुप उनलाई बुधबार काठमाडौँ पठाइएको प्रहरी निरीक्षक किरण गुरुङले बताए ।

यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले १८ दिनदेखि हिरासतमा राखेको भन्दै उनका बुबा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार पुनरावेदन अदालतले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।

पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीले सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा बुधबार सूचना जारी गरेको हो ।

अधिवक्ता समिम अख्तर अलीले बन्दीलाई उपस्थित गराउने अदालतको आदेश बुधबार जिल्ला प्रहरी कार्यालयले बुझेर पनि राति काठमाडौँ पठाइनु शक्तिको दुरुपयोग गर्दै अदालतको अपहेलना गर्नु हो भने ।

पत्रकार जितेन्द्रकुमार झाद्वारा नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले “के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’ छ । त्यो पनि ५० हजार” भन्ने प्रतिक्रिया लेखेका थिए ।

प्रहरीले प्रतिक्रिया लेख्ने रहमानलाई राजविराज–३ बाट जेठ १८ गते दिउँसो १ बजे पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले रहमानविरुद्ध गत जेठ १९ गते विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा गत सोमबार पेस गरेको थियो ।

रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पीडा सुनाएको आधारमा आफूले त्यस्तो प्रतिक्रिया लेखे पनि कसैको नाम, पेसा अङ्कित नगरेकाले सामान्य ढङ्गले लिन आग्रह गर्दै आएका छन् ।

फेसबुकमा कमेन्ट गरेकै भरमा बूढेसकालको सहारा एक्लो छोरा पनि जेल पर्ने हो कि भन्ने चिन्तामा बुबा इसराइल छन् । रहमान पक्राउ परेदेखि नै उनका परिवारका सबै चिन्तामा छन् । “छोरा पक्राउ परेको खबरसँगै १९ दिनदेखि घरमा रुवावासी चलेको छ”, इसराइलले भभने । रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • खानेपानी र सरसफाईमा प्रभावित जिल्लालाई पाँच लाख

    खानेपानी र सरसफाईमा प्रभावित जिल्लालाई पाँच लाख

    बाढी पहिरो प्रभावित जिल्लामा स्वच्छ खानेपानी तथा सरसफाईको लागि प्रत्येक जिल्लालाई पाँच लाख रूपैयाँ निकासा गरिएको खानेपानी तथा सरसफाई मन्त्रालयले जानकारी दिएको छ। बाढी पहिरो प्रभावित जिल्लामा पानीको कारणले उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न र स्वच्छ खानेपानी आपूर्तिको लागि खानेपानी तथा ढल निकास विभागले प्रत्येक जिल्लाले पाँच लाख खर्च गर्नेगरी अख्तियारी प्रदान गरिसकेको मन्त्री महेन्द्र यादवले जानकारी दिए।

  • सिइओको राजीनामाले ३ खर्ब २० अर्ब भारू घाटा

    सिइओको राजीनामाले ३ खर्ब २० अर्ब भारू घाटा

    भारतीय बहुराष्ट्रिय कम्पनी इन्फोसिसका सिइओ तथा प्रबन्ध निर्देशक विशाल सिक्काले शुक्रबार राजीनामा दिएका छन्। ठूलो प्रविधि कम्पनी इन्फोसिसका सिइओ सिक्काको राजीनामाले प्रविधि क्षेत्र र सेयर बजारमा हलचल ल्याएको छ।

  • खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

    झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।  बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी...

  • बाढीपीडित बालबालिकालाई एसओएसले संरक्षण गर्ने

    एसओएस बालग्राम नेपालले बाढीपहिराका कारण आफ्ना बाबुआमा गुमाएका केटाकेटीलाई संरक्षण गर्ने भएको छ ।  पहाडी जिल्ला इलाम र तराईका बाँके, बर्दिया, सुनसरी, मोरङ, इटहरी, बारा, पर्सा, रौतहट, सिरहा, सलार्ही महोत्तरीसहित ३० जिल्लाका बाढीपहिराको चपेटामा पर...

  • सेनाद्वारा स्वास्थ्य शिविर सम्पन्न

    सेनाद्वारा स्वास्थ्य शिविर सम्पन्न माेरङकाे कटहरी गाउँपालिका ६ अवस्थित सूर्यदल गणले शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । हालै अाएकाे बाढीले सन्थाल टाेलका अतिविपन्न ४४ घर परिवारको स्वास्थ्य परीक्षण गरिएकाे हो। शिविरमा दुई बाहिनी अन्तर्गत दुई फिचबाट अाएका क्याप्टेन डाक्टर ...

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink