वैंशालु मन

  • Get News Alerts

 

चैतको मध्य याम थियो। जाडो निख्रिसके पनि गर्मी खासै चढेको थिएन। तर त्यतिबेला हामी पूर्णरुपमा तातेका थियौँ। करिब दुई घण्टाको उकालो चढिसकेपछि एउटा ससानो देउरालीमा आइपुगेका थियौँ। हाम्रो शरीरै भरी पसिनाका धारा बगेका थिए। तिनलाई सुकाउन हामीलाई चाहिएको थियो शुद्द पानीको धारो।

जस्ताको छानो भएको साधारण खालको एउटा घर नजिकैदेखिएपछि त्यतै लाग्यौँ। घरको दाँयापट्टी केराको घारी र बाँयापट्टी एउटा भोगटे र अरु केही सुन्तला, निबुवाका बोटहरु थिए, सानो बगैँचा भन्न मिल्ने।

एक कान्लो तलपट्टी बारीमा तरकारी गोडमेल गर्दै हुनुहुन्थ्यो एकजना आमै। 'पानी खान पाईन्छ कि आमै!' ' उहाँलाई हामी मध्ये कसैले आग्रह गरेको थियो। उकालोमा धापिएर आएको हाम्रो टोली आफ्नो घरतिर आइरहेको देखेपछि नै सायद उहाँले हाम्रो आवश्यकता बुझिसक्नुभएको थियो कि! अनि उहांले कसैलाई अर्हाउनुभएको थियो, 'ए, नानी, पानी दे त बाबुहरुलाई।' मुखाकृतिमा अलिकति कौतुहलता झल्काउँदै घरपछाडिबाट उनी झुल्किएकी थिइन् त्यहाँ।

उनको शारीरिक बनावट सामान्य र पहिरन सादा थियो। त्यो सादापन मलाई चाँही 'खास' लाग्यो, हेरिरहुँ लाग्ने।

तामाको अंखोरामा उनले दिएको चिसो, मीठो पानी पिएर केटाहरुले आफूमा पुनर्ताजगी भरे। उनमा रहेको 'खासपन' आँखामा अलि बढी सँगाल्न मन लाग्यो। र, पानी खाने पालो अन्तिममा परेको मैले तिर्खा मेटिए पनि थप अर्को अंखोरा पानी मगाएँ। पानी लिन उनी भित्र जाँदै गर्दा जिज्ञासा पलायो 'यिनको स्वर पनि पानी जत्तिकै मीठो होला? सुन्न पाए। तर कसरी?'

अर्को खेप अँखोरा हातमा लिएपछि भनेँ, 'पानी त मीठो रहेछ।' उनी हाँसिन् मात्रै।

'पढाइ लेखाइ कति पुर्‍याउनु भो?'

'डिप्लोमा सकियो भर्खरै। अब मास्टर्स डिग्री सुरु गर्ने हो।' लजालु मुस्कानका साथ जवाफ पाइयो, मीठै स्वरमा।

सहरदेखि अलिक पर अवस्थित छ त्यो गाउँ। तर आँशिकै भए पनि सहरी चित्र देखिन्छ त्यहाँ। ठूलै खर्च गरेर भएपनि हुनेखानेहरुले आफ्नो जीवनशैली आधुनिक बनाएका छन्। सूचनाप्रबिधिमा उनिहरुको ज्ञान र पहुँच सहरबासीको भन्दा कम देखिन्न। मध्यम स्तरकाहरुले समेत धेरथोर सहरी रङ आफूमा पोतेका छन्।

अहिले यस्ता गाउँहरुको मौलिकता सहरी हावाले खाइदिएको छ। त्यो ठाउँ पनि केही हदसम्म प्रभावित नहुने कुरै भएन। तर उनको बोली, व्यवहार र पहिरनमा त्यो प्रभाव देखिँदैनथ्यो। सेतो पृष्ठभूमीमा निलो बुट्टा भएको कुर्ता, सुरुवाल र त्यसलाई सुहाउँदो सलमा सजिएको मझौला कदमा सफा, फर्फराउँदो रेशमी कपालले उनको व्यक्तित्व खुलेको थियो। गहुँगोरो मुहार, हल्का हाँस्दादेखिएका हिमाल सरी अनारदाने दाँतले उनी अझै उज्यालिएकी थिइन्।

जमिनको आँत मज्जैले भिज्ने गरी परेको दुईदिने झरी त्यही दिन मात्रै रोकिएको थियो। धुलो धुवाँबाट अतालिएका सहरबासीलाई झरीपछि खुलेको आकाश, शीतल र मन्द वतास र वरिपरि प्रष्ट देखिएका डाँडाकाँडाले फुरुङ्ग बनाएको थियो। भर्खरै बिबिएस दोश्रो बर्षको अन्तिम परिक्षा दिइसकेर घुमफिर र रमाइलोको बहाना खोजिरहेका हामी अल्लारेहरुलाई झरी 'बाँदरलाई लिस्नु' बनेको थियो।

'यहाँबाट डाँडाकाँडा   देखिन्छन्, उहीँ पुग्यौ भने त स्वर्गै देखिन्छ- हिमश्रिङ्गखला।' एकजना छिमेकी दाइले हामीलाई उक्साएका थिए। र, त्यही हेर्ने लोभले माथि चुचुरोमा छिट्टै पुग्ने गरी बिहानै घरबाट हिँडेका थियौँ हामी। सहरको गन्जागोल बाट केही समय मात्रै भए पनि मुक्ति पाउने हाम्रो अर्को ध्येय थियो।

पानी खाइसकेपछि यात्रा सुरु गर्यौँ। केही बेर हिँडेपछि लालिगुराँसको जङ्गलसँगै फेरि उकालो सुरु भयो।

केटाहरु झरी पछिको खुला आकाशमुनिको हिमाल र नजिकै ढकमक्क फुलेको लालिगुराँसमा कुन राम्रो होला भन्ने बहसमा व्यस्त थिए। मचाहीँ भीडमा पनि एक्लो बनेको थिएँ उनकै कारणले।

जती उकालो चढ्दै गएँ म, उति उनको आकृति मेरो मस्तिष्कमा टड्कारो बन्दै गयो।

करिब दुई घण्टापछि तीन बजेतिर हामी हाम्रो गन्तव्य माथि चुचुरोमा पुग्यौँ। स्वर्गीय आनन्दले हर्षबिभोर भयौँ। फूटबल मैदान जती समथर ठाउँ खाली थियो। त्यसबाहेक पाखैभरी बाक्ला, राताम्मे गुराँसका बोटहरु सौन्दर्य प्रतियोगिताका सुन्दरीहरु जस्तादेखिन्थे। सिर्सिरे वतासमा गुराँसको मादकता मिसिएको थियो। प्राकृतिक सुन्दरतामा लठ्ठिँदै गर्दा परको हिमश्रिङ्गखलाले ध्यान खिच्यो। अटल सेता हिमचुचुराहरु खुला निलो आकाशमुनी मस्तसँग हाँसेका थिए। झरी अघि तुवाँलोमा छोपिँदा ति शोकमग्न थिए होलान्। मौसमको उदारताले अहिले मख्ख छन्। तिनले हामीलाई भनिरहेझैँ लाग्यो, 'धैर्य गर्न सिक्नुपर्छ बालक। दु:ख, पीडा पनि दीर्घायु हुँदैन। बादल फाटेर सबैको जीवनमा एक दिन घाम लाग्छ नै, जसरी तिमी हामीले अहिले महसुस गरीरहेका छौँ।‘

अनि हामी एकसाथ चिच्याउँदै उफ्रियौँ, 'वाह, प्रकृति तिम्रो रुप!!' मरुभूमिमा हिँडिरहेको प्यासी पैदलयात्रीले अचानक पानीको कुवा भेटेजस्तो पो भएछ हामीलाई।

हाम्रो अगाडि भिरालो पाखो थियो र केही तल एउटा खोलो सुसाइरहेको थियो। खोलाको दाँया बाँया रहेका ससाना गराहरुमा गहुँका बाला झुलिरहेका थिए। लाग्थ्यो, खोलाको सुसाइको तालमा गहुँका बाला नाचेका छन्। त्यो देखेको भए उनी पनि नाच्थिन् कि? यो ठाउँ उनको लागि पानी पँधेरो होला। उनमा निहित आकर्षण र भद्रतामा यसको पनि प्रभाव छ कि!

नजिकैको रिसोर्टमा बास बस्यौँ हामी। लालिगुराँस / हिमालको सौन्दर्यचर्चामा धेरैबेर लट्ठिए केटाहरु। केही छिन उनी पनि केन्द्रमा परिन्।

'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

'नियमित आहारबिहार, सरसफाइ र सौन्दर्यचेत नभएको तँजस्ताले अर्काको आकर्षक व्यक्तित्वको डाह गर्नु ब्यर्थ छ।' अर्को बोल्यो नपत्याइने पाराले।

मेरो मनमा पनि तर्कहरु जागीरहेका थिए। तर बाख्रो हराएको बेला बाघ कराएको नसुनियोस भनेर चुप लागेँ।

भोलिपल्ट खाना खाइसकेपछि ओरालो झरियो। उनको घर आइपुग्ने बेलामा केही भावना सलबलाए मनमा। फटाफट हिँडिरहेका पाइलाहरु केही सुस्ताए। केटाहरु भने अली तलै पुगिसकेका थिए।

केही तल आइपुग्दा अन्दाजी १० बर्षका २ जना फुच्चेहरु उकालो चढीरहेका थिए।

'भाइहरु एकछिन पर्ख न है' मैले भने। अनौठो माने उनीहरुले।

अनी थपेँ, 'तिमीहरुलाई सय रुपैया दिन्छु, मेरो एउटा सानो काम गर्देउ न है।' स्वीकृतीमा मुन्टो हल्लियो।

झोलाबाट नोटबूक र कलम निकालेर लेखेँ --

मझौला कदको शरीरमा सादा तर सफा र सुहाउँदो पहिरन, चमक प्रष्टैदेखिने मुहारमा चढेको हल्का लज्जाले नजानिँदो गरी काँपेका खिरिला औँलाहरुले तिमीले दिएको त्यो चीज साँचीरहन मन लाग्यो प्रिय। किनकिन पहिलै भेटमा पनि यसरी आत्मिय सम्बोधन गर्न मन लाग्यो! भोलि त्यो चीजको बाहिरी अस्तित्व जेसुकै भएपनि मेरो मनमा त्यो ताजा, नयाँ नै रहनेछ। तिमीसँग फेरि भेट हुँदा फुकाउनेछु त्यसलाई तिम्रै अघिल्तिर। र मलाई आशा छ, त्यसपछि हामी एकअर्काका 'आफ्नै' बन्नेछौँ सधैँभरीलाई।

--हिजो तिम्रो हातबाट अन्तिममा पानी खाने परदेशी

चिर्कटोको पुछारमा आफ्नो मोबाइल नम्बर पनि लेखेर राम्ररी खामबन्दी गरेँ। फुच्चे मध्ये एकजनालाई सय रुपैँयाको नोट र खाम दिएर उनको घर तिर औँल्याउँदै भनेँ, 'त्यो घरकी दिदिलाई यो दिनु है।‘

जसै मैले त्यो खाम आफ्नो हातबाट फुस्काएँ, तसै एउटा जङ्गिएको स्वर सुनेँ, 'ए पर्खि, को होस् तँ?'

देखेँ, झ्याप्प दारी पालेको एकजना मोटे, अधबैँशे अली तलबाट मैलाई औँल्याएर कुर्लँदै छ। उसका हातपाखुरा जर्खरिएका थिए। पहिरन ल्याङफ्याङ्गे थियो। अकल्पनीय अवस्था आइलागेकोले अलिकती डराएँ म। वाल्ल पर्दै म तिर हेरिरहेका ती भाईहरुलाई भनेँ, 'बाबु तिमीहरु जाउ छिट्टै।'

अनि उनीहरु अचम्म मान्दै उकालो लागे।

ऊ म नजिकै आएर धम्क्यायो, 'तैँले हाम्रा चेलीहरुलाई आँखा लगाउने?' जाँड खाएको रहेछ मोराले, ठुस्स गन्हायो।

संयम बन्दै भनेँ, ''फूल चुड्नु पो हुन्न, हेर्दैमा के बिग्रन्छ र? राम्रो चिजमा म न ऊ, सबैको नजर परिहाल्छ नि।'

'जोगी भनाउँदाहरु नै भोगी भएको हामीले नदेखेको हो र?'

'सबै खराब भएको भए संसारमा उहिल्यै प्रलय भइसक्थ्यो।‘

क्रोधित साँढेका जत्रा आँखा पल्टाउँदै म तिर हात पो ताक्यो उसले। मैले पनि दरिलो हात उठाउँदै राजेश हमाल स्टाइलमा चर्को जवाफ फर्काएँ, 'हे'।

ऊ केही हच्कियो। एकछिनपछि 'आइन्दा आफ्नो सीमारेखा नबिर्सनु, नत्र राम्रो हुनेछैन' भन्दै उकालो लाग्यो।

तल फेदिमा पुगेपछि केटाहरु भेटिए। एउटा क्याफेमा बसेर चिसो पेय पिउँदै रहेछन्। एकसाथ मलाई गिज्याए, 'ओ एकान्तप्रेमी अल्पभाषी, हिजोकि मैयाँकहाँ आज पनि एक्लै पानी खान गइस कि क्याहो? हामीलाई खबरै नगरि हिँड्दा हिँड्दै लत्रिस त। हामी त साथी हौँ, भिलेन ठानिस कि क्या हो?'

'बढ्ता नबोल। तिमीहरुको प्यारप्यारले मलाई बोल्न जाँगर नलागेको हो।'

'अँ हामी बढ्ता बोलेकोले पानी खाने बेला ऊ सँग दुईटा कुरा मात्रै गरेको होलास, हैन र?'

घर आउनलाई सिटी बस चढेपछि पनि केटाहरुले मलाई जिस्क्याउन छोडेनन्।

प्रेम गुनिलो चिज हो। गाइँगुइँमै पनि यसले सम्बन्धितलाई मात्रै नभएर आसपासका समेतलाई हँसमुख बनाउँछ। यसलाई नबुझ्नाले मात्रै कहिलेकाहीँ तितो अनुभूति गर्छ मान्छेले।

मेरै कारणले थोरै मात्रै भएपनि केटाहरु हाँस्न र जिस्किन पाए। शायद ट्रेकिङको औचित्य केही बढ्यो।

घर आइपुगेपछि पनि अरु कुरामा ध्यान गएन। थकाई लागेको थियो। त्यसैले खाना खाएपछि सुत्न भनेर ओच्छ्यानमा पल्टेँ। तर निँद्रा लागेन। मन तरङ्गित भयो। दिलखुस थियो। मीठा सपनाहरु मनभित्र टुसाउन खोजेझैँ भयो। मैले फूल, बगैँचा राम्ररी चिन्न पाएकै छैन अहिलेसम्म। त्यो भेटिएको हो कि जस्तो लाग्यो। त्यसलाई बन्न लागेको आफ्नो घरबारिमा रोपौँ जस्तो लाग्यो। मलजल गरेर फुल्न, फक्रिन दिएपछिको मगमगाउँदो त्यसको सुवासले आफ्नो परिवेश सुन्दर बनेको कल्पनामा पो एकोहोरिएँ म त।   

मोबाइल फोन टुङ्ग टुङ्ग बज्यो। हेर्दादेखियो, एउटा अपरिचित नम्बरबाट सन्देश आएको रहेछ।

उत्सुकतापूर्वक पढेँ-

'अन्जान परदेशी,

तपाईंका विचारहरु पढेर अलिकति आश्चर्यमा परेँ म। बढी नै भावनामा डुबेर म प्रतिको धारणा बनाउनुभएको जस्तो लाग्यो। यसो गर्दा कहिलेकाँही यथार्थलाई बिर्सीइन्छ। वा यथार्थ थाहा पाउने कोशीस नै गरिन्न। र, पछि कुनै क्षणमा फरक परिस्थितीसँगको साक्षात्कारले निराश बन्छ मान्छे।

मेरो विचारमा आफ्नो दृष्‍टिकोणमा निखार ल्याउन तपाईंले अझै केही जीवन अनुभवहरु सँगाल्नु आवश्यक छ।

तपाईंले मेरो आवरणमा देखेका कुराहरु ठिकै होलान्। तर भित्री कुरो अलि फरक छ।

म एक विधवा हुँ।'

'विधवा!' टक्क रोकिएँ। पाक्नै लागेको धानबालिलाई रुखो असिना पानीले चुटेपछिको वैरागलाग्दो दृश्यसरी त्यो अवस्था शत्रुले पनि भोग्नु नपरोस!

'वैधव्यका बारेमा हाम्रो समाज अहिले अलि उदार हुँदै त गइरहेको छ। तर दिलभित्रैबाट निस्कने उदारता भने दुर्लभै छ।

३ वर्ष अघि अचानक आइलागेको त्यो दुर्घटनाले रन्थनिएँ केही समय। अहिले घाउमा बिस्तारै खाटा बस्दैछ। र, तङ्ग्रिँदैछु।

म पनि मान्छे हुँ। मेरा पनि जायज चाहना र आवश्यकताहरु छन् नै। त्यसैले तिनको पुर्तिको लागि केही पहिले आवश्यक पहल गरेकी थिएँ। तर सोचेजस्तो बनेनन् दिनहरु। र, अहिले यसबारेमा केही सोचेकी छैन।

तर सहज जीवनयापनको सही आधार खुट्याउन भने प्रयासरत रहनेछु।'

-पानी खुवाउने केटी

सन्देश दोहोर्याएर पढेँ। उनको वैधव्य अकल्पनिय थियो। तर मेरो लागि चाँही त्यो समस्या थिएन। समस्या त म आँफै हुन्छु जस्तो लाग्यो। कुनै कुराको गहिराइमा नपुगी धारणा बनाउने आफ्नो बानी नै भविश्यमा समस्या बन्न सक्ने डर भयो। अपरिपक्व बैँशले अर्थ्याएको प्रेम र साँच्चैको प्रेम बीच ठूलो भेद हुने अड्कल गरेँ मैले। कतिपय प्रेम सम्बन्धहरु बिचैमा अलपत्र हुने कारण शायद यही भेदको अनभिज्ञता होला। आफ्नो केटौलेपन छर्लङ्गिएपछि आँफैसँग लाज लाग्यो। भित्ताले पनि गिज्याएझै ठानेँ। थप केही सोच्नै मन लागेन। र, च्यादरले मुख छोपेर सुतेँ।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट