जन्तर

  • Get News Alerts

जादू भनेपछि गोपाल हुरुक्क हुन्थ्यो। स्कूल जाने बाटोमा एउटा खुला चौर थियो। सधैँजसो त्यस चौरमा एकजना चटकेले जादू देखाइरहेको हुन्थ्यो। स्कूल जाने बेलामा गोपाल त्यहाँ उभिएर जादू हेर्ने गर्थ्यो। एक दुईवटा जादू देखाइ सकेपछि चटकेले झोलाबाट एउटा जन्तर झिकेर बेच्न शुरु गर्थ्यो। उसले त्यो जन्तर लगाएपछि सबै भूत प्रेत टाढा भाग्ने कुरा सुनाउँथ्यो। गोपालले आफ्ना काकाले सुत्नेबेलामा सुनाएका भूतप्रेतका कथा सम्झिन्थ्यो अनि त्यो जन्तर किनेर भूत प्रेत भगाउन चाहन्थ्यो तर उसको साथमा कहिल्यै पनि जन्तर किन्ने पैसा भएन। उ एकछिन उभिएर जादू हेर्थ्यो अनि स्कूल तिर लाग्थ्यो।  

आज त्यस चौरमा एकजना नयाँ चटके आएको थियो। सबैले इन्डिया बाट आएको जादूगर भन्थे। मानिसहरुलाई आफूतर्फ आकर्षित गर्ने उसको कला पहिलेको चटकेको भन्दा फरक थियो। उसले डमरु बजाउँदै मानिसहरुलाई आफूतर्फ आकर्षित गरिरहेको थियो। उसले साथमा थरीथरीका सर्पहरु पनि ल्याएको थियो। उसले ती सर्पहरु मानिसका घाँटीमा बेरीदिन्थ्यो र नागराजको आशिर्वाद भन्दै मानिसहरुसँग पैसा माग्थ्यो। अघिपछिको भन्दा आज जादू हेर्ने मानिसको भीड निकै बढी थियो। चटकेको साथमा दश बाह्र बर्षको एकजना बालक पनि थियो। चटकेले उसलाई ‘जमुरी’ भनेर बोलाउँथ्यो। जमुरीको आँखामा कालो पट्टी बाँधिएको थियो। यतिकैमा चटकेले आफ्नो जादू देखाउन शुरु गर्‍यो।

चटके– जमुरी

जमुरी - हाँ उस्ताद

चटके- यो हातमा छाता पकडेको सामने वाला बाबुले कस्तो रँगको सर्ट लगाउनु भएको छ  रे ?

जमुरी- रातो, उस्ताद  ।

चटके- अनि कस्तो रँगको जाँघिया लगाउनु भएको छ रे ?

जमुरी- नीलो  उस्ताद।

चटके- फिर से भन् त।

जमुरी- नीलो उस्ताद।

सबैजना जोडले हाँस्थे। आफ्नै उमेरको जमुरीले त्यस्तो करामत गरेको देखेर गोपालले अचम्म मानिरहेको थियो। सबैजना हाँस्दा उ पनि मरिमरी हाँस्थ्यो। त्यो रातो सर्टवाला मानिसको अनुहार भने लाजले रातो पीरो हुन्थ्यो।

चटकेले रातो सर्टवाला मानिससँग सोध्थ्यो, ‘जमुरीले ठीक भन्यो बाबु ?’

लाज माने जस्तो गरी त्यस मानिसले ‘ठीक भन्यो’ भनेर ठाउको हल्लाउँथ्यो। सबैजना आश्चर्य मान्थे। गोपाललाई यो जादू निकै रमाइलो लागिरहेको थियो।

एकछिन पछि चटकेले फेरी बोलाउँथ्यो, ‘जमुरी,

जमुरी- ‘हाँ उस्ताद’

चटके- यो मुँछवाला बाबुको सर्टको पकेटमा कति पैसा छ रे ?

जमुरी- एक हजार पचास रुपियाँ उस्ताद।

चटके- कति कतिको नोट छ  रे ?

जमुरी- पाँच सयको दुइवटा नयाँ नोट र पचासको एउटा थोत्रो नोट उस्ताद।

सबैजना जोडसँग हाँस्थे।

चटकेले त्यस जुँगावाला मानिसलाई आफ्नो पकेटमा भएको पैसा देखाउन आग्रह गर्थ्यो। त्यस मानिसले पकेटबाट आफूसँग भएको पैसा देखाउँथ्यो। नभन्दै उसको पकेटमा पाँच सय दरका दुइवटा नयाँ र  पचास रुपैयाँको एउटा थोत्रो नोट हुन्थ्यो। चटके र जमुरीको यो जादू सबैजना अचम्म मानेर हेरिरहेका थिए। यो जादू हेरेपछि गोपाललाई आज स्कूल जान पनि मन लागिरहेको थिएन। उसलाई त्यस चटकेका अरु जादू पनि हेर्न मन लागिरहेको थियो।

एकछिन पछि चटकेले बाँसुरी निकालेर बजाउन थाल्यो। जमुरी हातमा डमरु बजाउँदै वरीपरी घुम्न थाल्यो। चटकेको बाँसुरी एक्कासी बज्न छोड्यो। चटकेले लाख कोशिस गर्‍यो तर उसले बाँसुरी बजाउन सकेन। छाती फुट्ने गरी फुक्यो तर बाँसुरी बजेन।

अब चटकेलाई शँका लाग्न थाल्यो। उसले भन्यो, ‘यहाँ कोही कालाजादू जानेको मानिस बसेको हुनु पर्छ। उसले कालाजादू गरेर मेरो बाँसुरी बज्न बन्द गरेको हो।’

उसले त्यो कालाजादूवाला लाई चुनौति दिँदै भन्यो, ‘अरे डरपोक ! के छुपि छुपि जादू गर्छस् ? हिम्मत छ भने आगे आ। हेरौँ तेरो कालाजादू ठूलो कि मेरो जादू ठूलो।’

चटकेको चुनौति पछि भीडबाट एकजना कालो बस्त्र लगाएको, कालै टिका लगाएको, कालै वर्णको मानिस अगाडि आयो। उ निकै डरलाग्दो देखिन्थ्यो। उसले भुँइबाट एक चिम्टी माटो उठायो। राता राता आँखा पार्दै माटो फुक्यो। मनमनै मन्त्र पढ्यो र ‘फू’ गर्दै  जमुरीलाई त्यो माटोले हान्यो।

जमुरीको छातीमा असह्य पीडा भयो। छाती समाउँदै जमुरी कराउन थाल्यो।  एकैछिनमा उसले रगत बान्ता गर्‍यो र हावाले ढालेको रुख ढले झैँ ढलेर भुँइमा लडिबुडी गर्न थाल्यो। असह्य पीडाका साथ उ जोडजोड सँग  छटपटाउन थाल्यो। आफ्नो छोराको यस्तो हालत बनाएकोमा चटके त्यस कालाजादू वाला मानिस सँग निकै रिसायो। उसले पनि भुँइबाट माटो उठायो, मनमनै मन्त्र पढ्यो र ‘फू’ गर्दै त्यस कालाजादूवाला लाई माटोले हान्यो। तर कालाजादू वाला लाई त्यसले कुनै असर गरेन।

कालाजादूवाला पहिले रिसायो। त्यसपछि जोडजोडले हाँस्न थाल्यो। उसको हाँसो पनि निकै डरलाग्दो थियो। उसका आँखाहरु रगतले भरिए जस्तै राता राता भइसकेका थिए। उ साक्षात यमराज जस्तो देखिन्थ्यो। उसले फेरी भुँइबाट माटो उठायो, एउटा मन्त्र पढ्यो र ‘फू’ गर्दै त्यस माटोले चटकेलाई हान्यो। उसले त्यस चटके माथी हानेको मन्त्रको प्रभाव तुरुन्तै पर्‍यो। चटकेले आफ्ना लुगा आँफैले चात्दै, आफ्नो कपाल आँफै लुछ्दै, दुई हातले छाती पिट्दै, धुलोमा लडिबुडी गर्दै छटपटाउन थाल्यो।

सबैजना स्तब्ध भएर यो कालोजादू हेरिरहेका थिए। सबैका मनमा ‘अब के हुने होला’ भन्ने कौतुहलता बाहेक केही थिएन। कालाजादूवालाले सबैलाई मन्त्रमुग्ध पारिसकेको थियो।

पहिले जोडजोडसँग छटपटाइरहेको जमुरीको अहिलेसम्म गति हराइसकेको थियो। उ अधमरो भएर मुढो लडेजस्तै भूईँमा लडिरहेको थियो। उसले बेला बेलामा बिस्तारै बिस्तारै खुट्टा चलाएको देखिन्थ्यो। यसबाट उसमा प्राण बाँकी रहेको कुरा थाहा लाग्थ्यो। जमुरीको यस्तो हालत देखेर सबैजना निकै चिन्तित देखिन्थे। गोपाललाई पनि जमुरीको निकै चिन्ता लाग्न थाल्यो। उसले भगवानसँग जमुरीको जिवन रक्षाको लागि प्रार्थना गर्‍यो।

यतिकैमा ‘बाबा मलाई बचाउ’ भन्दै जमुरी जोडले करायो। सबैमा जमुरी बाँच्न सक्छ कि भन्ने आशा पलायो।

आफ्नो छोराको त्यस्तो गति देखेर चटके जोडजोड सँग रुन थाल्यो। चटके रोएको देखेर धेरैका आँखा रसाए। गोपालका पनि आँखा रसाए। अब चटकेले काला जादूवाला सँग हार मानीसकेको थियो। उसले घस्रिँदै गएर त्यस कालाजादूवालाको खुट्टा समायो। जोडसँग रुँदै क्षमा याचना गर्न थाल्यो, ‘गुरु! मैले तिमीलाई चिन्न सकिन। मलाई माफ गरि देउ। जे सजाय दिनु छ मलाई देउ तर मेरो छोराको प्राण बचाइ देउ।’

चटकेले लाख अनुरोध गर्दा पनि त्यस कालाजादूवालाले उसको कुरो मानेन। निराश हुँदै चटकेले दर्शकहरुलाई गुहार्न थाल्यो, ‘मेरो छोराको प्राण बचाइदिनुहोस् हजुर, यसले मेरो छोरालाई मार्ने भयो।’

दर्शकहरुले पनि कालाजादूवालालाई अनुरोध गरे। पहिलो अनुरोध गर्नेमा रातो सर्टवाला मानिस र मुँछवाला बाबु थिए।

दर्शकको अनुरोधपछि कालाजादूवालाले भन्यो, ‘यस मानिसलाई त म माफ गर्नै सक्दिन। यसले मेरो गुरुको अपमान गरेको छ। तर तपाईँहरुले भन्नुहुन्छ भने म जमुरीको प्राण बचाइदिन्छु।’

उसले झोलाबाट एउटा जन्तर निकाल्यो। मनमनै मन्त्र पढ्यो र त्यो जन्तर जमुरीको टाउको वरीपरी घुमाएर उसको निधारमा छोयो। निँदबाट उठे जस्तै गरी जमुरी उठ्यो। सबैले ताली पड्काएर  जादूवालालाई धन्यबाद दिए। गोपालले पनि ताली पड्कायो। आफ्नै उमेरको भएकोले होला जमुरी बाँचेकोमा गोपाल सबैभन्दा खुसी देखिन्थ्यो। आफ्नै आँखा अगाडि जन्तरको प्रत्यक्ष प्रभाव देख्न पाएकोमा उसलाई त्यस जन्तरमाथी निकै विश्वास लाग्यो।

चटके भुँइमा लडिबुडि गरिरहेको थियो। जमुरीले कालाजादूवालाको खुट्टा समाउँदै आफ्नो बाबुको गल्ती माफ गरिदिन अनुरोध गर्‍यो। कालाजादूवालाले जमुरीको बाबुको टाउको वरिपरि जन्तर घुमाएर उसको निधारमा छोयो। चटके पनि आफ्नो शरिरको धुलो झार्दै भुँइबाट उठ्यो र आफ्नो हार स्वीकार गर्‍यो। उसले कालाजादूवालाको खुट्टा समाउँदै उसँग त्यो अचम्मको जन्तर माग्न थाल्यो।

कालाजादूवालाले रिसाउँदै भन्यो, ‘तैले हाम्रो गुरुको जन्तरको अपमान गर्छस्, तँ जस्तालाई दिन भनेर ल्याएको जन्तर हैन। बरु कुनै सज्जनलाई यो जन्तर चाहिन्छ भने म वहाँहरुलाई दिन सक्छु। यो सामान्य जन्तर हैन। मेरो गुरुले हिमालय पर्बतबाट ल्याएको जन्तर हो। म सँग केही जन्तरहरु मात्र छन्। यसको मूल्य भने केही महँगो पर्छ तर तपाइँ सज्जनहरुलाई भनेर मैले यस जन्तरको दाम दुइ सय रुपियाँ राखेको छु। दुई सय रुपियाँ ! दुई सय रुपियाँ!! केवल दुई सय रुपियाँ।’

कालाजादूवालाको त्यो जन्तर त्यही रातो सर्टवाला मानिस र मुँछवाला मानिसले तुरुन्त किने। त्यसपछि उसले बाहिर निकालेका सबै जन्तरहरु दर्शकहरु माझ हाताहात बिक्री भए। अब जन्तरको माग बढ्यो। यसरी माग बढेको देखेर कालाजादूवालाले झोलाबाट थप केही जन्तर निकाल्यो। यसपटक उसले जन्तरको मोल तीनसय रुपैयाँ तोक्यो। ती जन्तर पनि एकै छिनमा बिक्री भए। जन्तरको प्रत्यक्ष प्रभाव देखेर होला गोपाललाई पनि त्यो जन्तर किन्न मन लागेको थियो तर उसँग त्यत्रो पैसा थिएन। उसलाई आज स्कूल जान निकै ढिलो भइसकेको थियो। उ हतार हतार स्कूल तिर लाग्यो। त्यस्तो अचम्मको जन्तर किन्न नपाएकोमा उ निकै दुखि थियो। स्कूलमा पनि उसलाई बिहान हेरेको कालाजादू, जमुरी  र त्यो अचम्मको जन्तरको सम्झना मात्र आइरह्यो।

स्कूलमा आज फुटबल म्याच भएकोले गोपाललाई घर फर्कँदा अलि ढिलो भइरहेको थियो। जादू देखाउने चौरनेर पुग्दा साँझ पर्न लागेको थियो। उसले त्यहाँ तीन चार जना मानिसहरुका साथमा जमुरीलाई देख्यो। उसलाई जमुरीको हाल बुझ्न मन लाग्यो। हतार हतार गोपाल उनीहरु भएनिर गयो। जमुरी छेउमा बसेर चिउरा-दालमोठ खाइरहेको थियो। बिहानको सिकिस्त जमुरीलाई सकुसल देखेर गोपाल खुसी भयो।

तर एउटा कुराले उसलाई खिन्न बनायो। जमुरीको बाबु, कालाजादूवाला मानिस, रातो सर्टवाला मानिस र मुँछवाला बाबु सम्मुख भइ बसेका थिए। उनीहरु दिनभरिको कमाइ एक आपसमा बाँडिरहेका थिए।

(कथाकार सिँचाइ बिभागका सिनीयर डिभीजनल ईन्जिनीयर हुन् )         

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट