छायाँ छार्का

  • Get News Alerts

बिहान उठ्दा नौ बजेको थियो। बाहिरपट्टि छिटफुट पानी परिरहेको थियो। यो मरुभूमिमा पनि पानी पर्दो रहेछ! उठेर चिया बसालेँ। गुफाबाहिर पानी परिरहेको हुनाले आगो बाल्न सक्ने अवस्था थिएन। भित्रै बालेँ। जब बुद्धको प्राचीन पेन्टिङमा घस्रिएर धुवाँको मुस्लो बाहिर निस्कन खोज्थ्यो, तब बाहिर परेको पानीले धुवाँलाई भित्रैतिर धकेलिदिन्थ्यो। अनि बिचरो धुवाँ कता जाओस्? गुफाको मुखको भीरैभीर टाँस्सिएर माथि चढ्यो। आफैंलाई देखेर हाँसो लाग्यो। हिजोसम्म के–के न आदर्शवादी भएर आगो निभाएको थिएँ पेन्टिङ जोगाउन। आज त्यो आदर्श चौँरी भएर खर्क चर्न हिँडेछ। 

बलिउड हिरो राजकुमारको डायलग सम्झेँ, 'टाइम टाइम कि बात है जानी!'

उम्लिएपछि गिलासमा हालेर चिया खाँदै दिउरीमा पानी पनि बसालेँ। थर्मस भरेँ। प्याकिङ गरेँ। निस्केँ। खोला त हिजै तरेको हो। खोलाको भीर पो कताबाट उक्लिने? भीर उक्लिने ठाउँ खोज्दै खोलाको मुहानतिर हिडेँ। खोलो पूर्वतिर बगेको थियो। म पश्चिमतिर। आधा घण्टा लगातार हिँडेपछि भीर धस्सिएर तेर्सो परेको देखियो। बाटो त थिएन त्यो, तर उक्लिन सकिन्छजस्तो लाग्यो। उक्लेँ। करिब एक सय मिटर अग्लो भीर उक्लिन लगभग एक घण्टा लाग्यो।

भीरबाट माथि निस्कनेबित्तिकै मेरो मुटु खुशीले तीन बित्ता उफ्रियो। मेरो अगाडि एउटा विशाल खेत थियो। तीन–चार जना खेतालाहरू बारीमा घाँस काट्दै थिए। म हिजो बेफ्वाँकमा गुफामा बास बसेछु। म सरासर खेतमै गएँ।

'ओ दिदी, कुन गाउँ हो यो?', घाँसको भारी बनाउँदै गरेकी एउटी अधबैँसेलाई सोधेँ।

'छार्का हो दाइ।', माथिल्ला दुई दाँतलाई सुनले मोरेकी भोटेनीले मुस्कुराउँदै भनी। उसको उत्तरमा अरू आइमाईहरू पनि चनाखा भएर हाँसे।

'होटेल छ कि छैन नि यता?'

'होटेल त छैन दाइ। होमस्टे छ। ऊ त्यसको घरमा छ।', अधबैँसेले एउटी तरुनीतिर देखाई। तरुनी घाँसको पिउरी पार्दै थिई।

'छ न त छ। बुढो इन्डिया गएको छ।', तरुनी अनकनाई, 'कति जना हो र?'

'म मात्रै एक्लै आएको। लोमान्थाङबाट। आज यतै बस्न पाए हुन्थ्यो। साह्रै थकाइ लागेको छ।', म घाँसको थुप्रोमा पल्टिएर आकाशतिर हेर्दै आराम गर्न थालेँ। बिहानसम्म पानीका थोपा खसालिराखेको आकाश अहिले पूरै नीलो थियो। बादलको एउटै झप्को पनि थिएन।

'गाउँतिर चिया पसल छैन?', सोध्नै आँटेको थिएँ अघिकी अधबैँसेले गिलासमा चिया लिएर आई। अब के सोध्नु? आइमाईहरू सबै जना चिया खान बसे। मैले सबैलाई दालमोठ र भुटेको चना दिएँ। एकुन्टा चुइङ्गम पनि दिएँ।

'दाइ आउनुस्।', चिया सकिएपछि तरुनी भोटेनीले बोलाई। उसको पिठ्यूँमा घाँसको भारी थियो। अर्र्की एक जना अधबैँसे पनि भारी बोकेर ठिक्क थिई। म पनि काँधमा रुकस्याक चढाएर उनीहरूको पछि लागेँ। चारैतिरबाट अग्लो माटोको पर्खालले घेरिएको खेत थियो त्यो। निस्कने ठाउँमा एउटा ढोका थियो। ढोकाबाट बाहिर निस्कनेबित्तिकै गाउँका घरहरू देखिए। खेतबाट घर पुग्न आधा घण्टा पनि लागेन।
बाहिरबाट छाप्रोजस्तो देखिए पनि भोटेनीको घरभित्र तिब्बती संस्कृतिको भव्यता कायम थियो। विशेष गरी भान्छा कोठाको सजावट एन्टिक थियो। घरमा जम्मा चार कोठा रहेछन्। त्यसमध्ये एउटा होमस्टेका लागि छुट्याएका रहेछन्। साहुनीले मेरा लागि भनिएको कोठा खोलिदिई। छिरेर झोला बिसाएँ। भित्र तीनवटा खाट लहरै राखिएका थिए। भुइँमा गलैँचा बिछ्याइएको थियो। अरू कुनै फर्निचर थिएनन् कोठामा।

'दाइ आराम गर्दै गर्नुस् है। म भरे आउँछु।', मलाई कोठाको ढोकामा छाडेर भोटेनी मोडिई।

'केही खान पाए हुन्थ्यो। भोक लागेको थियो।', खेत फर्किनै लागेकी भोटेनीलाई रोकेर अनुरोध गरेँ। उसको पछि लागेँ। सोचेँ, अब ऊ भान्छामा छिर्छे र केही खानेकुरा बनाइदिन्छे। तर ऊ भान्छामा होइन, मूलढोका खोलेर घरको आँगनमा पो निस्किई। आँगनको डिलमा उभिएर जोर जोरले कराई। पल्लो घरबाट अघि बाटोमा सँगसँगै आएकी अधबैँसेसँग चिच्याएरै के–के कुराकानी गरी अनि फेरि भित्र पसी।
'के खानुहुन्छ? चाउचाउ बनाइदिन्छु है?'

'भात खान मिल्दैन?'

'काममा जान ढिलो हुन्छ के दाइ। भात पकाउन त भ्याइन्न।'

'हुन्छ। जे बनाइदिए पनि हुन्छ उसो भए।'

म कोठामा गएँ। खाटमा पल्टिएँ। घडी हेरेँ। ११ बजेको रहेछ। भित्तामा पोताला दरबारको ठूलो बजारिया पोस्टर टाँगिएको थियो। दरबारको एकातिर बज्रयोगिनीको चित्र थियो। अर्कोतिर आकाशयोगिनीको। दुवै योगिनीहरूको वक्षभाग खुल्ला थियो। कामुक।

कुनै म्याराथन धावकले रिबन छुनुभन्दा पहिला नै दौडन छोडेर एक छिन थकाइ मार्न खोज्ला त? खरायो र कछुवाको दौडमा बाहेक यस्तो सम्भावना कतै हुन्न। तर म यस्तै अनावश्यक समय खर्चेर छार्कामा बास बस्दै छु। नत्र बिहानको मात्र ११ बज्दा होमस्टेमा बस्नुको के कारण हुन्छ?

सोचेँ, मेरो प्रतिस्पर्धामा कोही छ र आराम गर्न नहुने? धावकको पछाडि अरू खेलाडी हुन्छन्। म यहाँ एक्लै दौडिँदै थिएँ। मलाई किन हतार गर्न प¥यो? पाँच वर्ष दौडेको दौड्यै गरेँ। यति लामो दौडलाई बिट मार्न पनि कम्तीमा दुई दिनको आराम त चाहियो नि!

आधा घण्टा नबित्दै भान्छाबाट आवाज आयो।

'तपाईँले भनिहाल्नु भयो। भातै पकाइदिएँ।', भोटेनीले भातको कुरा गर्नेबित्तिकै जिब्रो त्यसै रसाएर आयो।

'बहिनीको नाम के हो नि?', अँगेनोतिर फर्केर भात पस्किँदै गरेकी भोटेनीलाई सोधेँ। उसले झुवा लगाएकी थिई। तल्लो फुर्काको बाहिरपट्टि रङ्गैरङ्गका धर्काले बनेको कपडा टाँसेकी थिई। यस्तो रङ्गीन कपडा लगाउनुको अर्थ विवाहिता भन्ने हुन्छ। हिन्दूहरूले सिन्दूर वा पोते लगाएजस्तो।

'मेरो नाम थाहा पाएर के गर्नुहुन्छ र?', भोटिनीले मलाई बालै दिइन।

'ल, गर्ने त के हो र नामले? बोलाउने त हो नि?', मेरो कुरा सुनेर भोटेनी हाँसी। दाँतको माथिल्लो लहरमा एउटा सुनको दाँत देखियो।

'मेरो नाम सुजाता हो। सुजाता वाङचुक। नागरिकतामा त गुरुङ छ।'

'राम्रो नाम रहेछ। गुरुङचाहिँ किन नि?'

'बाजेले नागरिकता बनाउँदा गुरुङ लेखिदिएछन् अनि नागरिकतामा हामी पनि गुरुङ भयौँ। हुन त हामी वाङचुक हौँ।'

भात खाएर म कोठातिर लागेँ। एक झमट सुतेँ। त्यसपछि गाउँ घुम्न निस्केँ। घरहरू सबै बन्द थिए। खेती थन्क्याउने सिजन भएकाले मान्छेहरू खेतमा व्यस्त थिए। बल्लतल्ल एउटा घरमा बूढी महिला देखिई। बोलक्कड बुढीले छार्काका बारेमा धेरै कुरा बताई। छार्का गाविसमा सानो आवादी रहेछ। त्यही बुढीले भन्दै थिई कि पूरै गाविसमा जम्मा छ सय मान्छे पनि छैनन्। म बसेको गाउँमा जम्मा चार घर थिए। घरभन्दा धेरै बस्तुभाउ थुन्ने खोर थिए। गाउँको बगलमा एउटा सानो खोला थियो। गाउँको थाप्लामा एउटा गुम्बा।

साँझ छ बजेतिर भोटेनी घर आई। ऊसँग अघिकी अधबैँसे पनि आई। खाना पाकुन्जेल चौँरीको सुकुटीसित उवाको रक्सी पिएँ। अधबैँसेले पनि पिई। सात बजेतिर भात खाइयो। भात खाँदा रक्सीले भरमार लागिसकेको थियो। उभिने तडी पनि बल्लबल्ल निकालेर कोठामा गएँ। रुईको बिस्तरामा सिरक ओढेर सुत्न पाउँदा पनि ठूलै खुशी लाग्यो। रक्सीको मात अनि भातेनिद्राले छोपिहाल्यो। खाटमा पल्टिनेबित्तिकै निदाएँ।

खोइ के भयो, राति तीन बजेतिर उठेँ। पिसाबले साह्रै चापेको थियो। रोक्न सक्ने अवस्था पनि थिएन। अब कता जाने? घरभित्र बाथरुम थिएन। बाहिर निस्कन ढोकाको गजबार नखोली हुन्थेन। कोठाबाट बाहिर निस्कूँ भने अर्कै अर्थ लगाउलान्, भन्ने ठानेर रुकस्याकबाट मिनरल वाटरको खाली बोत्तल निकालेँ। त्यसैमा पिसाब गरेर बिर्को कसेर मारेँ अनि मस्त सुतेँ।

वालेटको चिठीअनुसार छार्काबाट उता अब मान्छेको बस्ती छैन। अब चार–पाँच दिनभन्दा ज्यादा हिँडेर सीधैँ उसको प्रयोगशालामा पुगेर रोकिनुपर्छ। सोचेँ, थप एक दिन छार्का किन नबस्ने?

भोलिपल्ट पनि छार्का नै बसेँ। गाउँमा मान्छे सबै खेतमा थिए। त्यसैले म पनि खेततिरै गएँ। खेतमै खाएँ। खेतमै सुतेँ। घरीघरी खेतको काममा पनि सघाएँ। खेतमा भएका सबै जनालाई रावझोर भीरको बारेमा सोधेँ तर कसैले पनि बताएन। पाँच बजेतिर हामी घर फक्र्यौँ। आज किन हो किन रक्सी खान मन लागेन। सात बजेतिर भात खाएर सुतेँ।

बिहानखेर सपना देखेँ। शायद तीन बजेको थियो होला।

मेरो एउटा अनौठो क्षमता के छ भने, सपना देख्दा मलाई 'यो सपना त हो' भन्ने हेक्का हुन्छ। मलाई सपनामा पनि सपना देखिरहेको छु भन्ने थाहा हुन्छ। सपनामा कुनै अग्लो भीरमा पुगेँ भने म त हाम्फाली हाल्छु र उड्न थाल्छु। कुनै बाघले लखेटेको सपना देखेँ भनेँ सुरुमा मात्रै डर लाग्छ। पछि यो सपना हो भन्ने थाहा भइहाल्छ। अनि त म बाघसँगै भिड्न थाल्छु।

आज धेरैपछि सपना देखेँ। र, सपनामा पनि यो सपना हो भन्ने थाहा भइहाल्यो।

सपनामै अति पिसाबले चाप्यो। यसपाला मिनरल वाटरको बोत्तल खोलिनँ। सपना न हो भनेर कोठाबाहिर करिडोरमा निस्किएँ। करिडोरको दुवैतिर घरबाहिर निस्कने ढोका थिए। पछाडिपट्टिको ढोकाको गजबार उप्काएँ। बाहिर निस्केँ। जुनेली रातको रमरम उज्यालो थियो। मैले आपूmलाई चारैतिरबाट माटोको पर्खालले घेरिएको आँगनमा पाएँ। आँगनको एक कुनामा रक्सी पार्ने सर्दाम थियो। रक्सीको पुरानो गन्ध वातावरणमा पोखिएको थियो।

मलाई ट्वाइलेटमा भन्दा खुला ठाउँमा पिसाब फेर्न मजा आउँछ। अझ तल कुनै घाँस वा सानो बिरुवा छ भने पिसाबको धारोलाई पातहरूमा नचाउँदै फेर्दा मलाई एकदम प्राकृतिक अनुभव हुन्छ। घर लिलाम हुनुअघि म हरेक साँझ बाहिर बगैँचामा निस्कन्थेँ अनि केवँरा पूmलको गाँजमा मुतेर सुत्न जान्थेँ।

भोटेनीको आँगनमा कुनै घाँस थिएन। यो मरुतुल्य जमिनमा कहाँ पलाओस् घाँस? साह्रो न साह्रो जमिन थियो। उठेर पिसाब गर्दा धारोको छिटा खुट्टाभरि पर्न सक्थ्यो। त्यसमाथि पनि मुतेको आवाज अरूले सुन्न पनि सक्थे। त्यसैले बसेरै मूत्रथैली खाली गरेँ। उठेँ। ट्राउजरलाई माथि सारेँ। फर्किएँ। पिँढीमा उक्लिने चारवटा सिँढी चढेँ। अन्तिम सिँढीपछि पिँढीमा उभिएर ढोकातिर हेरेको त झसङ्गै भएँ। ढोकामा घरबेटी भोटेनी उभिएर मलाई हेरिरहेकी रहिछे।

सरमको एक सिरेटोले छातीमा हान्यो। मैले बाटो छाडिदिएँ। ऊ ढोकाबाट बाहिर निस्किई। अघि म बसेकै ठाउँमा गएर बसी। मेरै पिसाबमाथि उसले पिसाब फेरी। आँगनमाथिको चारतले सिँढी उक्ली। भित्र पसी। म त अझै पिँढीमै थिएँ। हतारहतार म पनि भित्र पसेँ। गजबार लगाएपछि उसले मेरो हात समाती। समातेरै आफ्नो कोठामा लगी। मैनबत्ती बाली। सरासर आफ्नो कपडा उतार्न थाली। नाङ्गै भएर मतिर आई। मेरो गन्जी उतारी। ट्राउजर तानी।

मैले यौनिक व्रिmयाकलापको सपना नदेखेको धेरै भएको थियो। घरबेटी भोटेनीसँग पो यस्तो सपना देखियो!

असोज ६, बिहीबार

राति एकफेर पिसाब फेर्न जहिल्यै उठ्ने म आज भने एकैचोटि बिहान छ बजे उठेँ। छ बजे उठ्दा पनि पिसाबले च्यापेको थिएन। पिसाब लागेको त थियो तर जसरी अरू बेला च्यापेको हुन्थ्यो, त्यसरी थिएन। हल्का मात्रै। सपनाको कुरा सम्झेँ। कतै सपनाको कुराले बिस्तरा त भिजाइनँ? डर लागेर आयो। बिस्तरा छामछुम गरेँ। सुख्खै थियो। अरू बिस्तरा पनि छामेँ। भुइँमा बिछ्याइएको गलैँचा जताततै हेरँे। अहँ, भिजेको जस्तो कतै थिएन। उसो भए रातभरिको पिसाब कता गायब भयो?

कपडा फेरेर कोठाबाहिर निस्केँ। भोटेनी भान्छामा टक््रयाकटुव्रmुक गर्दै थिई। राति सपनामा खोलेको मूलढोका अझै खुला थियो। ढोकाबाट बाहिर निस्केँ। बाहिरपट्टि ट्वाइलेट थियो। आँगनको एउटा कुनामा। ट्वाइलेट पुगेर बाँकी भएको पिसाब निखारेँ। एकदेखि १० गनेर नभ्याउँदै पिसाब सक्कियो। पिसाब गर्दा गन्ती गर्ने बानी छ मेरो।

फर्केर भान्छामा गएँ। टेबलमा चिया तयार थियो। भेडाको दूधको चिया। प्लेटमा बिस्कुट थियो। होचो टेबलको खानेकुरा खान भुइँमा पलेँटी मारेर बस्नुपथ्र्यो, जहाँ गलैँचा बिछ्याइएको थियो। बसेँ। आइमाई अझै चुल्होतिरै फर्केर के–के चलाइरहेकी थिई। चियाको सुर्को तान्नुअघि ‘गुड मिर्निङ!’ भन्न बिर्सेको सम्झना भयो। ‘गुड मिर्निङ!’ भन्न मुख आँ गरेको मात्रै थिएँ, ऊ फरक्क फर्किई। ऊ रोइरहेकी थिई।
'किन रोएको तपाईँ?', मेरो वाक्य फेरियो।

मेरो प्रश्न झर्न नपाउँदै ऊ मतिर आई। गलैँचामा बसेको म जुरुक्क उठेँ। मेरो अगाडि आएर झ्याप्प अँगालो हाली। झन् डाँको छोडेर रोई।

'के भो तपाईँलाई?', मैले प्रश्न गरेँ।

उसले त झन् गालामा म्वाइँ पो खान थाली। रुँदै म्वाइँ खाँदै। मेरो गालाभरि उसको सिँगान र आँसु मात्रै लतपतियो। एक छिनपछि ऊ छुट्टिई अनि फरक्क फर्केर भनी, 'पहिले चिया खानुस्।'
मैले केही मेसो पाइनँ। बोलूँ, के बोलूँ? नबोलूँ, के नबोलूँ? के गर्दै छु पनि थाहा नपाएसरी चिया खान थालेँ। म यतिसम्म बेहोसी भएँ, चिया तातो थियो कि चिसो भन्ने पनि हेक्का राखिनँ। चिया सकेपछि उठेँ। उसको छेउ गएँ। बगलमा उभिएँ।

'के भो तपाईँलाई? भन्नुस् त।'

'तपाईँ आज जानुस् है भात खाएर।'

'हुन्छ म जाउँला। तर के भो भन्नुस् त?'

उत्तर दिनुको साटो भोटेनीले फेरि अँगालो हाली। तीनपटक सुँक्क, सँुक्क, सँुक्क गरी। बन्धन छोडी। लामो सास तानी अनि बोली।

'हिजो राति एउटा सपना देखेँ। पिसाबले च्यापेको सपना। म कहिल्यै राति पिसाब गर्न निस्कन्नँ। हाम्रो समाजमा कोही पनि राति पिसाब फेर्न निस्कन्नन्। म पिसाब फेर्न कोठाबाहिर निस्केँ। घरको मूलढोका खुलै थियो। तपाईँ आँगनमा पिसाब फेरिरहनुभएको थियो। तपाईँले पिसाब फेरेर सकेपछि मैले पनि त्यही ठाउँमा गएर पिसाब फेरेँ। म फर्केर आउँदा तपाईँ ढोकामै हुनुहुन्थ्यो। सपना त हो, के पो होला र भन्ने ठानेर मैले तपाईँको हात समातेर कोठामा लगेँ। ...।'

'भो नभन्नुस्। बुझेँ। के तपाईँले पनि त्यही सपना देख्नुभयो राति?'

मेरो प्रश्नले भोटेनी झन् सुँक्सुकाउन थाली। रोकिई अनि बोली।

'राति त्यस्तो गरेपछि तपाईँ कोठामा जानुभयो। तर त्यसपछि म सुतेकै छैन। जागाको जागै छु। मैले बुझ्नै सकेकी छैन, सपनामा जागा बसेकी म, अहिले बिहानसम्मै साँच्चैको जागा कसरी भएँ? मलाई यत्ति भन्दिनोस्, त्यो सपना थियो कि विपना?'

मैले केही बोल्नै सकिनँ। भान्छाबाट निस्केर सोझै कोठामा गएँ। रुकस्याकमा सरसामान कोच्न थालेँ। सबै सामानलाई सकुशल प्याक गरेको पक्का भएपछि झोला भिरेर कोठाबाट निस्केँ। सरासर भान्छामा गएँ। आइमाई भान्छामा थिइन। उसको बेडरुममा गएँ। त्यहाँ पनि ऊ थिइन। पछाडिको ढोकाबाट आँगनमा निस्केँ। अगाडिको बाटोमा निस्केँ। अहँ, आइमाई त्यहाँ पनि थिइन। पर्स निकालेँ। अनुमानित हिसाब गरेँ। फर्केर भान्छाको टेबलमा एक हजारको नोट राखेर बाहिर निस्केँ।

बाहिरका हरेक घरमा ताला लागेको थियो। अस्ति भेटिएकी बूढी भोटेनीको घर पनि खाली थियो। गाउँको थाप्लाको गुम्बामा गएँ। गुम्बामा पनि ताला लगाइएको थियो। गुम्बाबाट पूरै गाउँ देखिन्थ्यो। तलको खेत पनि देखिन्थ्यो तर जसरी गाउँ सुनसान थियो, खेत पनि खाली थियो। गधा, खच्चड, घोडा, मान्छे, भेडा, अहँ केही थिएनन्। आकाशमा तीनवटा गिद्धहरू उडिरहेका थिए। गिद्धको पछिपछि एक जोडी फुस्रा काग भुर्भुराउँदै थिए।

कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो। के उसका पैताला उल्टा परेका थिए? प्रश्न उब्ज्यो। गौर गरेर सम्झन खोजेँ। अहँ सकिनँ। उसको अनुहारको आकार झलझली सम्झनामा आयो। पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो। रौँविहीन उसको योनिको पनि सम्झना आयो। उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला...। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन। उसको पैताला कता फर्केको थियो? कतिवटा औँला थिए? नङ कत्रा थिए?

(बुक–हिलद्वारा आज सार्वजनिक हुन लागेको गनेस पौडेलको उपन्यास पैतालाको अंश) 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा