त्यो सधैँ मसँगै छ

SAMSUNG
  • Get News Alerts

baleno
निबन्ध
tata

क्याम्पसगेटको दैलोमा उभिएको उसले मलाई रोक्यो— अरे यार, सधैँको यो रफ्तार किन?

म क्याम्पसबाट बाहिरिँदै थिएँ। ’ऊ भित्र पस्नेमा थियो। तर पुरै भित्र नपसी दुई फक्लेटा भै खुलेको गेटको बीचमा उभिएको थियो। न भित्र, न बाहिर। झम्के साँझ— न दिन, न रात। नृसिंह अवतार कथाको परिदृष्य जस्तो। मैले भनेँ— कुनै रफ्तारमा हैन। यो त मेरो दैनिक गति हो।

उसले मेरो गति शब्दलाई लियो र त्यसैमा अनुप्रास मिलायो— तिमी जीवनको गतिको कुरा गर्छौ, आफ्नो भने दुगर्ति।

दुर्गति?! के को? उसको शब्द लिएर उसैलाई प्रश्न गरेँ।

हेर न जिन्दगी। उसको आफ्नो जिन्दगी हेर्नका लागि मलाई अनुरोध ग¥यो। तर हेर्दा त्यहाँ केही देखिनँ उसको दुर्गतिको कारण।

ज्यानलाई ठीक छ नि?

उसको जवाफ— छ।

परिवार ठिक छन् नि?

ठिक छन्। उसको जवाफ।

मेरो प्रश्न— अनि बेठिक चैँ के छ? जागिर?

उसको जवाफ— चलिराछ।

अब ऊ आफ्नो अवस्था बेठीक हुनुको कारण खोज्न थाल्यो।

बेहाल, बेठीक, खत्तम उसले हरेक भेटमा अधिक प्रयोग गर्ने शब्द हुन्। यी शब्दहरू उसको थेगो भैसकेका छन्। मनोविश्लेषणले भन्छ— व्यक्तिले सोच्ने–रोज्ने–बोल्ने शब्दले उसको मनोदशा बोल्छ। यी शब्दहरूले म उसको मनोदशा बोलेको प्रस्ट सुन्छु।

उसको वेलिविस्तार सुन्नतिर नलागी छिटोछिटो कोठा फर्किने सोच बनाएँ। उसको जीवन उही हेरोस् भन्नेमा म पुगेँ। दक्षिणतिर ओरालिएको धुलेबाटो ताकेँ। मलाई क्याम्पसबाट कोठासम्म हिँड्नु थियो। हतार हैन तर हिँड्ने बेला भने भैसकेको अघि नै हो। तिमीलाई त कुनै चिन्तै छैन?!

अब साथी गफिन चाह्यो। ऊ मलाई पनि चिन्ताको भारी बोकाउने सोचमा देखियो। ऊ मेरो जीवन हेर्नतिर लाग्यो। उसको त्यो प्रश्न थियो या आश्चर्य। उसको ओठबाट फिस्सिएको हाँसो देख्दा ऊ मलाई उपहास गर्दोथियो भन्ने लाग्यो। मप्रतिको उसको जे–जस्तो बुझाइ भए पनि त्यसलाई नकार्ने, पुष्टि गर्ने, अथ्र्याउने पट्टि म लागिनँ। म दक्षिण लागे। साँझको जूनलाई बायाँपार्दै साँधुरो गल्लीतिर मोडिएँ। गल्ली आडैमा धुम्धुम्ती ठडिएको भवन चड्दै गरेको जून देख्दा गाउँको याद आयो। गाउँमा लागेको जूनको यादले जगजीत र चित्रा सिंहको गजल टाउकोभित्र मौन बज्यो—

हम तो हेँ परदेश मेँ, देशमे निकला होगा चाँद,
अपनी रातके छतपर कितना तनहा होगा चाँद।

जति हिँडेपनि, जति हेरेपनि, जति चहारे पनि यो शहर, यहाँका गल्ली परदेश नै लाग्ने। मनोदेश उता गाउँमै छ। र पनि दुःखी छैन मन यता। गाउँको जून सम्झेरै खुसी छु यो शहरमा। जून त जून नै हो— भित्र मनमा लुकेको भए पनि, बाहिर आकाश टल्केको भए पनि।

आकाशै छेडुलाँ झैँ गरी चुलिएका घरहरूले बायाँतिरको जून छेलिएको बेला उही अघिको साथीको याद आइरहयो। मैले उसलाई म आफू दुःखी नहुनको, दुःखी नदेखिनुको रहस्य बताइन। आज मात्रै होइन अन्य भेटमा उसले भनेको सम्भिएँ। केही प्रचारक पनि मेरो स्वाभावको, आलोचक पनि। प्रायजसो भेटमा ऊ गम्भीर चिन्तकका रूपमा प्रस्तुतिन्छ। गमदार अनुहारले उसको भित्रि जगत्मा कुनै गम्भीर विषय चलिरहेको संकेत गर्छ। कविता रच्दो हो त ऊ नेपाली म्याथ्यू आर्नोल्ड बन्दो हो या कुनै टि एस इलियट । म यस चिन्तानन्द कविको चिन्तापूर्ण कविता निश्चिन्त भइ पढ्दो हुँ। मौका मिले कतै पढाउँदो हुँ।
प्रायः चिन्तामुद्रामा नै भेट्छु म उसलाई। यसलाई उसलाई आफ्नो पहिचान बनाउन खोजेजस्तो लाग्छ। संसारमा सबैजन सुखी, ऊ एकजना मात्र दुःखी। संसारका सबैजनको दुःख यही एकलजनले धारण गरेको छ झैँ लाग्छ।

उसँगको भेटमा हुने गरेका चिन्तालाप र हास्यलाप केही सम्झँदै, केही कल्पँदै दक्षिणतिर उक्लिरहेँ ।

ऊ भन्छ— बुढो भइयो।

म भन्छु— पाको भइयो, अनुभवी भइयो।

ऊ भन्छ— कपाल फुलि नै सक्यो।

म भन्छु— फूल झंै जीवन पनि फुलेकै राम्रो।

ऊ भन्छ— अझै जागिर अस्थाइ छ।

म भन्छु— जीवन नै अस्थाइ छ।

ऊ भन्छ— जीवनमा केही उपलब्धि गर्न सकिएन।

म भन्छु— जीवन नै उपलब्धि हो।

ऊ भन्छ — अचेलका विद्यार्थी पढ्दै पढ्दैनन्।

म भन्छु— हाम्रा सर, मिसले पनि हामीलाई यस्तै भन्थे। भोलि शिक्षक भएपछि यी विद्यार्थीहरूले आफ्ना विद्यार्थीलाई पनि यस्तै भन्छन्।

ऊ र मेराबीच हुने यस्ता चिन्तालाप र हास्यलाप केही यथार्थ हुन् भने केही मेरो आफ्नो कल्पनाका उपज।

कोठामा पुगेपछि ऊ त्यस दिनको मेरो डायरी लेखनको विषय बन्यो। डायरीमा उसलाई लेख्ने निउँमा म आफैँलाई लेख्न थालेँ।

म यो चिन्तानन्द साथीलाई आफू दुःखी नहुनुको कारण बताउँदिन। केवल टार्दै आएको छु। कहिले त प्रवचन दिने झोँकमा भनिदिन्छु— छोड यो अस्थाइ जीवनमा स्थाई खुसीको कुरा। तर म रहस्य खोल्दिनँ। मैले उसलाई भनेको छैन मसँग केही मेडिकेशन छ, मसँग केही मेडिटेशन छ। हुन त यसलाई मसँग विज्ञान छ, मसँग ध्यान छ भने पनि हुने हो। अङ्ग्रेजीमा मेडिकेशन र मेडिटेशन सँगै भन्दा निकै लय मिलेझैँ लाग्छ। अझ अर्को अचुक उपचार विधि पनि छ। यो पछिल्लो त मैले आजसम्म कसैलाई पनि भनेको छैन। डायरीमा लेख्ने बाहेक।

मेरो खुसीको उपाय त्यति साह्रो असहज छैन। पहिलो उपाय बुद्धले सुझाएको हो भन्छन्। उनले पनि अरुबाट लिए हुनन्। म उनैसँग सहमत हुन्छु— दुःख छ। हो छ। दुःख भोग्छु, दुःख देख्छु, दुःख सुन्छु। विपनामा भोगे–देखे–सुनेका अधिकांश चिजमा दुःख मिसिएको छ। काठमाडौँको हावामा धुलो–धुवाँ मिसिएझैँ। सपनामा पनि दुःखै देख्छु। सपना आफैँ पनि त दुःख हो शान्त निद्रा बिथोल्ने। दुःखको कारण छ। मेरो दुःखको कारण सोच्छु। दुःख निवारणका उपाय छ। उपाय खोज्छु। दुःखका बारेमा सोच्न छाडेर उपायको खोजी गर्छु।

कहिलेकाहीँ बुद्धसँग विमति राख्छु। उनले भनेकोलाई उल्टाएर पनि हेर्छु— सुख छ। सुखी हुने उपाय छ। जे चाहिएको हो त्यसैको बारेमा सोच्नु, त्यसैलाई खोज्नु। खोजेको कुरा आनन्द हो, सुख हो भने दुःखका बारेमा किन सोच्नु, त्यतातिर किन लाग्नु? वुद्ध विपर्यासको मेरो यो सोचले कहिले काम गर्छ, कहिले गर्दैन। बुद्ध चेत मैले उल्टाएर के उल्टिन्थ्यो! तर यो लहडले पनि थोरबहुत काम चै गरेकै छ मेरो दैनिक जीवनमा।

यो बुद्धचेत फ्रेन्च मनोविश्लेषणमा पनि उत्रेको देख्छु। मनोविश्लेषक ज्याक लकाँले जीवनलाई डिस–इज भनेछन्। लकाँसँग मेरो पूरै सहमति। अङ्ग्रेजीको डिस–इजलाई मनोविश्लेषणले दुई अर्थमा खेलाएको छ। पहिलो, डिसइज अथवा अनइज। यसको अर्थ जीवन असहज छ भन्ने हुन्छ। शारीरिक असहजता, मानसिक असहजता, दिनको असहजता, रातको असहजता। यसको दोस्रो अर्थ डिजिज अर्थात् रोग भन्ने हो। यसले जीवन रोग हो भन्छ। जहाँ जीवन, त्यहाँ रोग। हरेक असहजता सुक्ष्म रोग। हरेक असहजतामा, रोगमा अलिअलि मरणको अंश रहेको हुन्छ। यो असहजता र क्षणक्षणको मरण प्रकृयाको बोधमा नै यसको सहज उपचार भेटिन्छ। यो असहजता छ दिनमा, त्यस्तै छ रातमा। यस असहजतलाई स्वीकार्छु। स्वीकारेपछि, बानी परेपछि हरेक असहजता सहज लाग्न थाल्छ।

शरीरमा पीडा हुन्छ कहिले रोगले, कहिले थकानले। शारीरिक रोगले दिने पीडाका लागि मसँग मेडिकेसन छ। विज्ञानले दिएको छ। असाध्य बाहेक सामान्य रोगले दिने पीडाको उपचार गर्न सक्ने गरी म धनी छु। कुनै सरोकार नदेखाउने सरकारलाई १५ प्रतिशत ट्याक्स तिरेर म बाँचेको छु। त्यो पनि आनन्दले। आफ्नो शरीर प्रयोग गरेर सुख भोग्न सक्ने भएको छु। मानसिक पीडाको उपचारका लागि अध्यात्मले मलाई मेडिटेशन दिएको छ। म ध्यान प्रायः सेवन गर्छु। यसको न त कतै बिल तिर्नुपर्छ न त सरकारले पन्ध्र प्रतिशत ट्याक्स नै काट्छ।

अब रह्यो, मेडिकेशन फेल भयो भने? मेडिटेशनले काम गरेन भने? निको नै नहुने गरी शरीर पीडामा भयो भने? शमन नै गर्न नसक्ने गरी पीडाले मन भेदन ग¥यो भने? त्यतिवेला म न त डाक्टरकोमा जाउँला, न त बुद्धकोमा। पीडा स्वीकार्नु वाहेक मसँग अब अर्को कुनै उपाय नरहला। त्यतिवेला म लकाँसँग सहमत रहुँला— मृत्यु असहज जीवनको सहज उपचार हो। मेरै शरीर भित्र छ यो। जुनकुनै बेला पनि यो सक्रिय हुनसक्छ। यसका लागि म आफू सक्रिय हुन नपर्ला। परे त्यही वेला सोचौँला। यसका बारेमा धेरै सोच्नु पर्ने, योजना बनाउनु पर्ने पनि होइन। यो पृथ्वीको गर्वमा रहेको लाभा जस्तो आफैँ भित्र छ। मृत्युको कालो क्यानभासमा जीवनको धिपधिपे उज्यालोलाई प्रक्षेपण गरुँला। त्यो उज्यालो ननिभुन्जेल त्यसैमा रमाइरहुँला।

जीवन सुखी हुनुका या कमसेकम दुःखी नहुनुका केही त सहज उपाय छन्। तर मेरो साथी छ सधैँ डिसइज अर्थात् डिजिजमा रहने। न राम्ररी मेडिकेशन गर्छ। भन्छ— चलिराकै छ। न कहिल्यै मेडिटेसन नै। भन्छ— ध्यानका लागि समय नै कहाँ। घन्टौँ चिन्तिन सक्छ, गफिन सक्छ, तर पन्ध्र मिनेट ध्यानमा स्थिर बस्न समय छैन भन्छ। अर्को अन्तिम उपायका बारेमा त उसले कहिल्यै कल्पना समेत गरेको छ झैं लाग्दैन। ऊ रुग्ण शरीरभित्रको रुग्ण मन लिएर अमर बाँच्छु झैँ गर्छ। जिउने चिन्तामा पीडा बोकी कुद्छ। पीडा घटाउने–हटाउने उपाय छ झैँ नै गर्दैन। उसले सोच्छ झैँ लाग्छ — यो जीवनमा कमाउँछु, अर्को जीवन सुखले बाँच्छु।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink