सारङ्गी

  • Get News Alerts

उपन्यास अंश

अवसुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर पुलिसले थुन्यो। केरकार सुरु ग¥यो। अवसु रोयो भयानक रोदन। पुलिसले बुझयो– यो मानिस लाटो रहेछ।

केही साङ्केतिक भाषा जान्ने प्रहरी आयो। सोधपुछ ग¥यो। अवसुले आफ्नै प्राकृतिक सान ग¥यो, आफूलाई पिटेको र आफ्नो सारङ्गी फुटाएको रिसमा मैले उसको टाउकोमा डण्डीले हानेको हुँ। त्यो प्रहरीले खोइ कति बुझयो उसको सान। अवसुको भावना र मनोविज्ञान खुलस्त बुझ्ेन उसले। आफ्नै पाराले बयान लेख्यो, पिटेको र सारङ्गी फुटाएको निहुँमा ज्यान मार्नेजस्तो जघन्य अपराध यसले गरेको हो भन्ने प्रतिवेदन तयार ग¥यो पुलिसले।

अवसुले अब मलाई घर जान दिनोस्! भन्ने सान ग¥यो।

पुलिसले उसलाई सम्झयो, ज्यान मार्नु ठूलो अपराध हो। अब तिमी घर जान पाउँदैनौ। बीस वर्ष तिमी यसै गरी थुनिएर बस्नुपर्छ।

पुलिसको कुरा केही बुझ्ेपछि अवसुले आफ्नो संयम भुल्यो। बसेको ठाउँबाट जुरुक्क उठ्यो। झयालमा गयो। डण्डी समातेर तान्न थाल्यो। भयानक आवाज निकालेर रोयो। सुन्नेका लागि त्यो आवाज र उसको चीत्कार ज्यादै अनौठो थियो। अवसु बेहोसमै कोठावरिपरि दौड्यो।

उसलाई अनियन्त्रित देखेपछि पुलिस सतर्क भएर उठ््यो। कागज उठायो। ढोका बाहिर गयो र ताल्चा लगाइदियो।

अवसु एकनास रोइरह्यो। लगाएको लुगा तानेर तरतरी च्यात्यो। कहिले आफ्नै कपाल भुत्ल्यायो। भुइँमा ढल्यो। पल्ट्याङबाजी खाँदै कोठाको पल्लो भित्तामा पुग्यो। भित्तामा नराम्रोसँग निधार ठोकियो। ठूलै चोट लागेको हुनुपथ्र्यो, तरतरी रगत बग्यो। त्यो रगत गाला, नाक र चिउँडोभरि लतपतियो। तैपनि शान्त भएन ऊ।

उसको मानसिक दशा बाहिर उभिएको उही पुलिसले झयालबाट हेरिरहेको थियो। उसले सान गरेर आफूतर्फ आकर्षित गर्ने प्रयास ग¥यो। अवसु दुवै आँखा बन्द गरेर उसै गरी भुइँमा लडिबुडी गरिरहेको थियो। पुलिसले जतिसुकै प्रयत्न गर्दा पनि उसका आँखा खुलाउन सकेन। हार मानेर त्यो पुलिस अन्यत्र गयो।

लाटोसँग व्यवहार गर्न सायद लाटोजस्तै बनेर मात्र सकिन्थ्यो। जस्तो विसुले लाटो बनेर अवसुसँग आत्मीय सम्बन्ध बनाएको थियो। त्यो पुलिस त्यसरी लाटो बन्न सकेन। त्यसैले हार खानुप¥यो उसले।
साँझ् पर्न लाग्यो। बन्दीहरूलाई खाना बाँड्न लागियो। त्यो कोठाको झयालमा खानाको ट्रली लिएर दुईजना सादा पोसाकका मानिस उभिए। एकजना पुलिसको पोसाक लगाएको मानिस पनि ट्रलीको पछिपछि आएको थियो। तिनले भित्रको दृश्य देखे। कोठाको भुइँमा अनुहारभरि रगत लतपतिएको एकजना मानिस गँड्यौलो उफ्रिएझ्ैँ उफ्रिँदै, पछारिँदै र पुल्टुङबाजी खाँदै लतारिएको थियो।
त्यो पुलिसले झयालको डण्डीमा लठ्ठीले टङटङ हान्यो। परिणाम शून्य। मानौँ भुइँमा लतारिएको मानिस जिउँदोसम्म छ। चेतना र अनुभूतिहीन जिउँदो।

उसले ज्यादै मन पराएको टपरीटोपी उसैको रगतले भिजेर भुइँमा लतारिएको थियो।

ट्रली ल्याउने मानिसले सिल्बरको थालमा भात हाले। त्यही भातमाथि दाल र डाडुले तरकारी राखे। झयालमा कसेको डण्डीमुनि थाल घुसार्ने ठाउँ थियो। त्यही प्वालबाट खानाको थाल घुसारिदिए। ट्रली तान्दै उनीहरू अर्को कोठातिर गए।

दश मिनेट बितेको हुँदो हो। दुईजना पुलिस कोठाको निरीक्षण गर्दै आए। त्यो कोठाको दुर्दशा र भुइँको बीभत्स दृश्य एकनास हेरे।

तिनले पनि झयालको डण्डीमा लठ्ठीले हानेर भने, ‘ओई उठ! ओई उठ्!’

परिणाम शून्य।

तिनीहरू हतारिएजस्ता देखिए। फटाफट अगाडि गएर हराए।

तुरुन्तै चारजना पुलिस कोठाको अगाडि आए। साथमा अघि सानले बयान लिने पुलिस पनि थियो। एकजना पुलिसको हातमा एउटा कन्तुरजस्तो बट्टा थियो। अर्कोले कोठाको ताल्चा खोल्यो। चारैजना भित्र पसेर ढोकामा चुकुल चढाए। अघि सान गर्ने पुलिसले अवसुको कुममा हात राखेर हल्लायो। अवसु मडारिन छोड्यो। आँखा खोल्यो र हइ ई... भनेर भयानक आवाज निकाल्यो। उसको अनुहार कालभैरवको जस्तै लाग्यो क्यारे तिनलाई। झ्सक्क झ्स्के।

अवसुका आँखा झ्म्मि भएकै थिएनन्। अझ्ै भयानक राक्षसजस्तै देखियो ऊ। कन्तुर बोक्ने पुलिसले त्यो बट्टा खोल्यो। औषधी हुनुपथ्र्यो। कपासमा औषधी राखेर निधारको घाउ सफा ग¥यो। कुनै असर र प्रतिव्रिmया देखाएन अवसुले। ऊ उठेको पनि थिएन। भुइँमा लतारिएरै एकतमास पुलिसको मुखमा हेरिरहेको थियो। घाउ सफा गर्ने पुलिसले औषधी र कपास राखेर निधारमा पट्टी टाँसिसक्यो तैपनि अवसुले आफ्नो मुद्रा बदलेन।

पुलिसले उसैगरी कुममा हात राखेर हल्लायो। कुनै प्रतिक्रिया देखिएन। एकजना पुलिसले झयालको थाल ल्याएर उसको अगाडि राखिदियो। सायद अवसुको घ्राण सव्रिmय भयो। ऊ हडबडाएजस्तो गरेर उठ्यो। थचक्क बस्यो। त्यो थाल उठाएर अकस्मात् फ्याँकिदियो भित्तामा पुग्ने गरी। भित्तामा ठोकिएर थाल बजेको सुनियो ट्वाङ्ङ। अवसु जुरुक्क उठ्यो। भुइँमा घोप्टिएको थालमाथि कुल्च्यो र सिन्की खाँदेजस्तै गोडाले खाँद्यो। त्यो कुच्चिएको थाल हातले उठायो। दुवै हातले भित्तामा लगेर अँचेट्यो।

अब त्यो थाल थाल रहेन चोयाको चित्रे पेरुङ्गोजस्तै भयो। त्यसलाई भुइँमै फ्याँक्यो ट्वाङ्ङ। आफू भने पल्लो भित्तामा गयो। थ्याच्च बस्यो अढेसो लागेर। आँखा चिम्लेर शान्त भयो।

(शनिबार सार्वजनिक हुने उपन्यास ‘सारङ्गी’ को अंश)

 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट