आमा

  • Get News Alerts

रगतको थोपा थोपा सिन्चित गरेर 

आफू भित्र लुकायौ 

शारीरिक परिवर्तनसँगै 

जाग्राम बसेका  मातृ उमंगहरु 

दिन अनि महिना गन्दै 

नौ महिना आफ्नै शरीर भित्र राख्यौ 

जब तिम्रो पेट भित्र म बढ्दै जान्थे 

भरीएको तामाको गाग्री जस्तो सारो र गहुङ्गो पेट सम्हाल्न तिमीलाई निकै गाह्रो भएको`थ्यो होला आमा

भित्री बस्त्रले पनि बिझाउथे होलान 

तिमी पनि सुत्न नसकेर पुरै रात छटपटिमा 

कोल्टे फेर्दै बिताउ`थ्यो होला 

तिम्री छोरी गर्भवती भएको बेलामा जस्तै !

 र,

बिहानी आकाशमा जुन निभेपछि अधेरी रातको चकमन्नतामा दिन नढेलेसम्म 

 घरधन्दामा जोतिन्थ्यौ होला 

असार मास खेत जोत्दै गरेको तारे गोरू जस्तै ! 

घाँसदाउरा मेलापात 

बुहार्तन झेल्नुपर्ने 

बुहारिको धर्म 

नित्य कर्म पालन गर्नुपर्ने ।

 

दिन भरीको काम र थकानका बाबजुद पनि, 

पेट भित्रैबाट सरारतले मैले कुत्कुत्याउथे जब

थकित मुद्रामा पनि मुस्कुराउथ्यौ तिमी 

मन्द मन्द मुस्कान छर्दै 

पुलकित  हुन्थ्यौ तिमी  

सारो र गहुङ्गो भएको पेट सुम्सुम्याउँदै 

मातृ वर्षाले जब रुझाइ दिन्थ्यौ  

प्रतिउत्तरमा खुट्टा नचाएर म

चारै तिर फनफनी घुमिदिन्थे  

त्यो बेला तिमी ऐइया.. ऐइया.. भन्थ्यौ 

म चल्न खोज्दा , मेरा साना हातखुट्टाले दुखाउँदा पनि

खै के - के बोल्थ्यौ कुन्नी? 

एक्लै एक्लै खितखिताउथ्यौ 

जब अन्जानमै म भित्रभित्रै पीडा दिन्थे 

प्रेमले सुम्सुम्याउथ्यौ 

आफैं सँग पागल सरि खै के के बर्बराउथ्यौ    

 कोख भरिने व्यग्रताले  प्रतीक्षारत तिमी 

मेरो आगमनको संकेतमा 

प्रसब पीडामा अजाख छटपटियौ 

तिम्रो ज्यानै जान सक्थियो 

हो आमा .....त्यो पल तिम्रो ज्यानै पनि जान सक्थ्यो 

सृष्टी बिज हुर्काउने संरक्षक तिमी आमा 

प्रसब पिडामा पानी बिनाको माछा झै 

 अजाख पल्टिएकी मेरि आमा ।

पहिलो मेरो रुवाइसङगै 

सबै प्रसव पीडा भुल्यौ 

हर्साश्रुको  बेगनास तालमा 

पीडा अस्तु सबै बगाइ दियौ ।।

 

हजुरबुबाले भन्नू हुन्थ्यो 

फोहोर गरे मैले 

खादै गरेको गाँस छोडथ्यौ  रे ।

दुखेर कतै रोए भने 

सँगसँगै रुन्थ्यौ रे

आमा, गर्भमा लुकायौ।

कयौ शारीरिक मानसिक पीडामा ब्युतियौ 

जब तिम्रो जीवनले साकार रुप लियो  

म बिरामी हुँदा, अनि निद्रादेवीले मलाई 

उनको काखमा नबोलाएसम्म तिमी 

पनि मसँगै कयौ रात जाग्राम बस्थ्यौ 

हो आमा! अझै याद आउँछन् मलाई ती पलहरू 

म बिमार हुँदा,छातिमा टासेर रातै भरी मेरो कपाल सुम्सुम्याउँदै तिमी बसेको 

निन्द्राले राता भएका तिम्रा आँखा लोलाउँदा पनि  

म मुस्काउदा 

तिमी पनि  म सँसँगै मुस्कुराउथ्यौ

त्यो बेला तिम्रो मनमा छाएको शान्ति र मुहारमा फुलेको कान्तिले तिम्रो मुहार देदिप्यमान देख्थे 

कस्तो जादु`थ्यो कुन्नी ? तिमीसँग 

थकित मुद्रामा पनि मुस्कुराउन सक्थ्यौ तिमी 

मेरो पहिलो वाक्य फुट्दा 

घरगाउ  सबैलाई सुकाएकी`थ्यौ  रे।

तातेताते गरि हिड्दा 

उमङगले नाचेकी`थ्यौ रे।

प्रत्येक मेरा बालशुलभ बिठयाइलाई हासेर पचायौ 

आफ्नो सन्तानको पालनपोषण र भविश्यका लागि 

आफ्नै चाहनाको कम्पोस्ट मल बनायौ 

सन्तानका चाहना फलाउन दत्तचित्त लागि रहयौ ।

तिम्रो अस्तित्व नहुदो हो त 

मेरो अस्तित्व हुने थिएन 

मेरा लागि सृष्टिकै सुन्दर उपहार तिमी 

ममता र त्यागकि प्रतिमुर्ति तिमी

 त्यो बेलाको  तिम्रो मातृ अनुभूती मैले पनि गरिसकेँ

जस्लाई न कुनै कथा, कविताले बर्णन गर्न सक्छ

न कुनै न्यायको तुलोले न्याय गर्न सक्छ 

तै पनि, तिम्रो त्यो अबर्णित अनुभूतीलाई

मैले  कवितामा सजाउन खोजेँ, 

जब म आफैं आमा बने तब तिमिलाई झन माया गर्न थालेँ 

आमा / बालाई वास्तविक माया गर्न त 

सन्तान आफैं पो आमा / बा  बन्नु पर्ने रहेछ 

तिमीले भनेको नमान्दा, मुखमुखै लाग्दा अनि ,

काचो उमेरमा गरेका गल्तिहरु सबैले 

छोराछोरी आफैं आमा / बा भए पछि मात्र 

वास्तविक पस्चाताप गर्ने रहेछन् 

साच्चै , त्यो बितेको समय फर्किदो हो त 

सोच्दैछु म के -के गर्थे हुँला! 

जस्तो कि , तिमीले देखाएको बाटो हिड्थे  

तिमीले भनेको सबै मान्थे 

तर ! समय त पवन न हो 

उ कहिल्यै पछाडि फर्कन जान्दैन 

आमा कहिलेकाहीँ तिमीलाई 

शब्दहरुमा पनि सजाउन मन लाग्छ -

कुन सब्दमा भरौ ? 

तिम्रो त्याग र समर्पण

कुन स्तुति गानमा रचौ?

अन्योलै अन्योलको भुलभुलैयामा 

एउटा समर्पण कविता  केवल तिम्रा लागि 

अनि,

गर्दै छु स्वस्थ्य शतायुको कामना आज 

मध्य रातमा चम्किरहेका ताराहरु माझ 

सुन्दर बनोस  जिन्दगी 

ब्युमसरी प्रेम छर्नु दुखिहरु माझ 

हिमाल झै अटल बन्नु 

रारा र फेवा झै शान्त रहनु 

तिम्रो शतायुको लागि

आज आमाको मुख हेर्ने दिन 

ईश्वरसँग यही प्रार्थना गरे आमा!

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट