माता तिर्थ औँसी

  • Get News Alerts

लघुकथा:

लंके उसै पनि साह्रै ब्यस्त मान्छे। त्यही माथि चुनावको धपरीले उसलाई शौच बस्ने फुर्सद पनि छैन। पार्टीले उसलाई सुरक्षाको जिम्मा दिएको छ। हेर्नुस्! पुलिस त देख्नलाई शो मात्र हो यो देशमा। नागरिकले आफ्नो सुरक्षा मात्र होइन, पार्टीको सुरक्षा पनि गर्नु पर्ने छ।

ऊ सबेरै उठ्यो। ज्यानमा एकसरो कपडा हाल्यो। चुल्ठो मिलायो। र बिजुभाइको घर तिर दगुर्यो। बिजुभाइ जिल्लाको प्रतिष्ठित पार्टीका उमेदवार हुन्। केटाहरु पहिले नै तम्तयार भएर बसेका रहेछन्। लंकेले अघिल्लो साँझ नै जम्मा पारेको भाटा सबैको हातमा थमाइदियो। र सबैलाई सानो झन्डा उन्न लगायो। उसले फुर्तीका साथ निर्देशन दियो- हेर, केटा हो! मुख्य काम भाटाको हो। झन्डा त भाटालाई शो मात्र। अली कती लफडा पर्‍यो कि चार्ज भईहाल्ने।

लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

उसले हतार हतार एक किलो लड्डु, बजारमा राम्रै दाम पर्ने पुष्पगुच्छा र शुभकामना कार्ड गुगलबाट डाउनलोड गर्‍यो। अनी आमाको फोटो सँगै फेसबुकमा अपलोड गर्‍यो। र क्याप्सन लेख्यो- 'ह्याप्पी मदर्स डे डियर मम'।

अपलोड गरेको केही छिन मै अरुको भन्दा बेसी लाइक र कमेन्ट आउन थालेपछी ढिलो अपलोड गरेकोमा उसलाई पछुतो भएन। ऊ मोबाइल हेरेर मख्ख पर्‍यो।

अबेर साँझ ऊ बिजुभाइको घरमा पुग्यो। बिजुभाइले अलिकती सितन र शितल-रसको ब्यवस्था गरे। ऊ भोज- ग्रहण गर्दै भोलिको योजनामा तल्लिन भयो।

लंकेकी आमा चिनिमाया अगेनामा खाना कुरेर बसेकी छन्। उनलाई थकथकी लाग्यो-  'मोबाइल चलाऊन जानेकी हुँदी हुम् त फोन गरेर बोलाउदी हुम्। औँसीको दिनमा नि भोकै हुने भो लंके।'

[email protected]

 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा