आमाको देश

SAMSUNG
  • Get News Alerts

baleno
tata

करिब एक घण्टा ध्यान मग्न हुनु मेरो प्रभाती दैनिकी हो । देशभर चैते वर्षा, हिउँ र असिनाले मौसम चिसिएको छ । त्यही कारण सुताइ लम्बिएकाले आधा घण्टा ढिलो गरेर मेडिटेशन रुम छिरेँ ।  कुण्डलिनी उठाएर बन्धन दिएपछि माताजीसँग ध्यानका लागि अनुमति मागेँ । धाहिने हात घोप्ट्याएर भुइँमा राखेँ र  प्रार्थना सुरु गरेँ –ओम नमस्ते गणपतय....।

अनौठो भयो आज । जति नै आँखा चिम्लिएर निर्विचारितामा प्रवेश खोजे पनि सफल भइरहको छैनँ । हिजो बिहान मात्रै पढेको सुनिता खनालको ‘दुइवटा पृथ्बी’ र अजबी पौडेलको ‘नयाँ पुरुषको खोजि’ कविताका बिचारहरु खेल्न थाले आँखाभरि ।

हे पुरुष !

तिमीले हेरेका छौ आफ्नै अस्तित्वको ऐना ?

मलाई हेर

त्यही ऐना भित्र तिम्रो अस्तित्व देखाउने ऐना हुँ म ।

............

अजबी पौडेलको यो कविता सस्वर वाचन हुन थाल्यो मेरो मुखबाट । चाहेर पनि निकैबेर रोक्न सकिनँ । विस्तारै शान्त भएँ । बिगत र भविष्यबाट झिकेर वर्तमानको शून्यतामा जोड्न बन्द आँखाले शान्तपूर्वक आफूलाई हेरिरहेँ । केही बेरको हेराइपछि सिङ्गै मेरो देश र देश भित्रको एउटा दृश्य आइदियो आँखाभरि, हट्दैहटेन ।

 

प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनैतिक दलका नेताहरुको बैठक चलिरहेका थियो सिंहदरवारमा । गोलाकार मेचको पश्चिमपटि बसेका एकजना चालिसे युवा मन्त्रीले हात उठाए । सबैको ध्यान त्यतै खिचियो । प्रधानमन्त्रीले कुरा राख्न अनुमति दिए । कुनै भूमिकै नबाँधी एक वाक्यमा बोले ती ‘यसपालीको स्थानीय निर्वाचनमा पुरुषले उम्मेद्वारी दिन नपाउने व्यवस्था गरौँ ।’

 

उनको बिचार खस्नासाथ अनौपचारिक र अव्यवस्थित प्रतिक्रियाले मौरी भुनभुनाएझैँ भो हल । उनैले थपे फेरि ‘कम्तिमा पाँच वर्ष सबै पार्टीले सबै पदमा महिलालाई मात्र उम्मेद्वार बनाउने, पुरुषलाई बनाउन नपाउने ।

कस्तो संयोग हो कुन्नी बैठकमा महिला उपस्थिती नै थिएन ।

प्रधानमन्त्रीलेसबैको ध्यान आफूतिर खिचे र तिनलाई सोधे– प्रत्येक वडामा दुईजना महिला सुनिश्चित गरेकै छौँ । दुई मुख्य पदमध्ये एकमा महिला उम्मेद्वार हुनै पर्ने बाध्यता छ त । किन यस्तो गर्ने ?

‘बाबुले भन्दा आमाले सम्हालेको घर व्यवस्थित, सुरक्षित र प्रेममय हुने गरेको मैँले भनिरहनु पर्दैन प्रधानमन्त्रीज्यू । त्यसैले एक पटक यो देश आमाहरुको जिम्मामा छोडिहेरौँ ।’ उनले प्रष्ट पारे ।

‘जति पनि, सभा समारोह, संचार बहस, छलफल हे¥यो खाली पुरुषकै कारण महिला पछि परेको भनेको सुन्छु । मौका दिएर हेरौँ न त यसपटक । उनीहरुको क्षमताको जाँच पनि हुन्छ ।’ छेवैका अर्का मन्त्रीले तुरुन्तै समालोचनात्मक सहमति जनाए ।

‘महिलाले आर्थिक अनियमितता गर्दैनन् भनिन्छ । साँच्चै त्यस्तै हो भने पाँच वर्षमा देशको मुहार फरिएला ।’ उत्तरपटि बसेका एक पार्टी अध्यक्षले थपे ।

‘भ्रष्टाचार गरे भने महिला पनि भ्रष्ट हुन्छन् भन्ने थाहा हुन्छ । नागरिक सचेत हुन पाउँछन् आँट गरौँ न त ।’ अलि निराश जस्ता लाग्ने सेतै फुलेका धोति कुर्तावाल अर्का अध्यक्षले थपे ।

‘त्यो मात्र पनि होइन, महिला अग्रसरता र क्षमतामा कहाँ कमजोरी छ त्यसको पनि जाँच हुन्छ, सुधारेर जान सकिन्छ । आजसम्म अधिकारका लागि बोलिरहेकाहरुले एकै साथ राष्ट्रको सबै कर्तब्य र जिम्मेवारी पाएभने अधिकार पनि स्वतः स्थापित हुन्छ ।’ लौ ठूला दलका अध्यक्षले नै पो होस्टे गरे प्रस्तावमा ।

‘साँच्चै काम गरे भने मौका नपाएरै नगरेका रहेछन् भन्ने थाहा हुन्छ, गरेनन् भने तिनको ३३ प्रतिसत पनि गुम्छ ।’ गोलमेचको पूर्वतिर बसेका दौरासुरुवाले मन्त्रीले चेतावनीमूलक समर्थन गरे ।

‘कुरा गजबकै हो । देश बने पनि नबने पनि देशको परिचय चैँ बन्छ है । परिचयले जिज्ञासा जन्माउँछ । जिज्ञासाले पर्यटक र जिज्ञासुहरुलाई नेपालमा ताँत लाउँछ । त्यसपछि त अरु उद्योगधन्दा नभए पनि पर्यटनले देशको अर्थतन्त्र बलियो बनाउँछ ।’ औधी खुशी जस्ता देखिएका पार्टीका सिनियर खबटेले अथ्र्याए ।

कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

‘सबैले धतुरो खाएझैँ लाग्यो । बैठक स्थगन गरौँ जहिले धतुरोले छोड्छ तहिले बैठक बसौँला ।’ पूर्व दक्षिण कुनामा बसेका एक जना भूँडिवाल अध्यक्षले जङ्गिदै पहिलो असहमति जाहेर गरे ।

उनको प्रतिक्रियाले हाँसो छायो हलमा । प्रधानमन्त्री छेवैमा बसेका अर्को ठूलो दलका अध्यक्षले सबैलाई शान्त हुन आग्रह गरे र बोले ‘हामी कसैले सपनामा पनि कल्पना नगरेको यति सुन्दर प्रस्ताव धतुरोकै भरमा आएर धतुरोकै बलमा निर्णय भएको होस्, खोजी खोजी धतुरो खाउँला बरु, यो प्रस्तावलाई माइन्युट गर्नुस् मुख्य सचिबज्यू । कानुन मन्त्रीले ऐन संशोधनको मस्यौदा तयार पारेर भोलि नै संसदमा पेश गर्नुस्, तुरुन्तै पास गरेर निर्वाचन आयोगलाई यसै हप्ता दिइहालौँ, कसो प्रधानमन्त्रीज्यू । आदेशात्मक पारामा बोलेका उनले प्रधानमन्त्रीको सहमति खोजे । प्रधानमन्त्रीले बोल्नै नपाई मेच फुट्नेगरी बज्यो सहमतिको तालि । र, बजिरह्यो करिब दुई मिनेट सम्म ।

प्रधानमन्त्री  पनि सहमत ।

नेपालका लागि मात्र होइन संसारकै लागि अनौठो र अद्धितीय निर्णय लेख्न पाउँदा मुख्य सचिबका हात कामे पनि अनुहार उज्यालो थियो । विश्व राजनीतिमा कसैले लेख्न नपाएको एउटा निर्णय उनका हातले लेखिँदै थियो ।

बैठकमा एकजना पत्रकारलाई समेत थिएनन् ।

प्रधानमन्त्री र सबै दलका अध्यक्षको संयुक्त हस्ताक्षरमा निर्णय बाहिर आयो । कानुन संशोधन भयो । कतै पुत्ला जले कतै दियो बले, कतै आक्रोस, कतै खुशीका आँसु झरे । प्रतिक्रियाका अनेक वर्षाले राजनीति रङ्गिन बन्दै थियो ।

‘पोथी बास्ने भो’

‘हाल्नेभए आइमाइले भड्खालामा देश’

‘अब चैँ बन्ला कि देश’

‘कानुन संशोधन होस् चुल्हो बाल्नेदेखि नानी जन्माउने काम अब पुरुषको ।’

‘पुरुष हिँसा बढ्ने भो ।’

‘मातृसत्तात्मक देश ।’

सकारात्मक जति नै नकारात्मक चर्चा, बहस र टिप्पणी पढ्न सुन्न र देखिन थाले ।

देश आमामय हुँदै थियो ।

माहौल रमाइलो पर्व जस्तै बन्दै गयो विस्तारै । परिवार, गाउँ, शहर सबैतिर उल्लास देखिन्थ्यो ।

वैदेसिक रोजगारीमा गएका युवायुवती देश फर्किए ।

धानेसम्म निर्वाचन केन्द्रमा महिला अधिकृत र प्रहरी खटाइयो । जनकपुरका सबै मतदान केन्द्रमा महिलामात्र खटिए सुरक्षाकर्मी र निजामति । संसारभरीबाट लाखौँको संख्यामा विदेशी पर्यवेक्षहरु आए । संयुक्त राष्ट्रसंघले पर्यवेक्षण ग¥यो । चुनाब खर्च दाताहरुले नै बेहोरे । नेपालको एकपैसा खर्च भएन ।

असन्तन्तुष्टि थाती राखेर सबै दलहरु जुटेपछि उल्लासमय वातावरणमा चुनाव सम्पन्न भयो ।

केन्द्र र प्रदेशको संसदीय चुनाब पनि उसैगरी सम्पन्न भयो । सरकारहरु बने । देशले पहिलोपल्ट महिला प्रधानमन्त्री र मुख्य मन्त्रीहरु पायो । नेपालको राजनीतिक आकास ममतामय बन्यो ।

धेरैजसो जिल्लादेखि स्थानिय स्तरका प्रहरी प्रमुख, सिडिओ, गाउँ र नगरपालिका सचिबमा महिलालाई पदस्थापन गरियो ।

फिल्मी शैलीमा काम सुरु भयो । परिणाम पनि उस्तै । गाउँ शहर जताततै पर्यटकको मेला लाग्यो ।

बिरोध, हड्ताल कतै देख्न सुन्न पाइएन ।

चेलीबेटी बेचबिखन ठप्प भयो ।

वैदेसिक रोजगारीका लागि खाडि जाने क्रम रोकियो ।

व्यापार घाटा पचास प्रतिसतले घट्यो ।

अपराधमा ६३ प्रतिसले कमी आयो ।

कृषि उत्पादनले निर्यातमा गति लियो ।

महङ्गी नियन्त्रण भयो ।

ट्रान्सपरेन्सी इण्टरनेशनलको रिपोर्टमा नेपाल कम भ्रष्टाचार हुने  दसौँ स्थानमा देखियो ।

यी सकारात्मक समाचारकाबीच फुत्त एउटा समाचार भाइरल बनेर आयो ।

‘कालो पत्रे गरेको एक महिनामै हुम्लाको एउटा सडक उक्किए छ । गाउँपालिका प्रमुख जानकीले सडक इन्जिनियरलाई सडकमै बोलाएर थप्पड हानेपछि धर्ना बसेका इन्जिनियरलाई डिएसपी महाकालीले पक्राउ गरिन् । भोलिपल्टै माफि मागेर रिहा भएका इन्जिनियरमाथि स्थानिय अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छानमीन सुरु ग¥यो । इन्जिनियरसँग मिलेमतो गरेकोमा एक जना वडाध्यक्ष पनि अनुसन्धानमा परिन् । नैतिकताको कारण उनले पदबाट राजिनामा दिईन् ।

केन्द्रिय इन्जिनियर्स एसोशियसनले ति इन्जिनियरको नियतप्रति क्षमा माग्दै यस्तो गल्ती नदोहो¥याउन सबै इन्जिनियरहरुलाई चेतावनी दियो । समाचारका सृंखला आइरहे ।

‘संसारका शक्तिशाली राजनीतज्ञ र महिला, नेपालका आमाहरु’ शीर्षकका समाचार, विश्लेषण संसार भर पढिए ।

अमेरिका, बेलायत, चीन, जर्मनी, भारत, जापान लगायत विकसित र सोमालिया, इथियोपिया, कम्बोडिया, कंगो लगायतका विकासशिल र कम विकसित देसहरुका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको भ्रमणको तालिका स्वीकार गर्न नेपालाई हम्मेहम्मे भइरह्यो ।

कुनै देशबाट आर्थिक सहयोग नलिने नेपाल सरकारको निर्णय ग¥यो ।

एक देशको विकास वा विनासले अन्तर्रराष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मित्रराष्ट्रले बिनास्वार्थ गर्ने सहयोग इन्कार नगर्न विश्व बैँक र एसियाली बैँकले नेपाललाई अनुरोध ग¥यो । अनि त  सडक, पुल, खानेपानी, कृषि लगायतका क्षेत्रमा सहयोगको ओइरो लाग्यो ।

सबै दलले महिला उम्मेद्वार उठाउने गरी कानुन संशोधन गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यावधी राष्ट्रपतिय निर्वाचन घोषणा गरे । भारतले अमेरिकाकै लय पछ्यायो । र चिनले समेत अमेरिका र भारतको निर्णयलाई स्वागतयोग्य भन्यो ।

अरबीमूलुकले समेत पचास प्रतिसत महिलालाई उम्मेद्वार बनाउने निर्णय गरेको कुरा बिबिसी, सिएनएन, अलजजीरा समेतले प्रसारण गरिरहेका छन् ।

नोपली छापा र इलेक्ट्रोनिक मिडियाले फेरि अर्को समाचार भेट्टाए ।

‘नेपालको विकासमा पुरुष पनि साझेदार हुन पाउनुपर्छ ।’

‘आगामी निर्वाचनहरुमा पुरुषले पनि मौका पाउन् ।’ 

‘हालसम्म देश विकासमा निराश लाग्दो उपस्थिती जनाएकोमा क्षमा माग्दै देश विकासको पवित्र कार्यमा होमिन पाऊँ ।’ यस्ता प्ले कार्ड सहित मौन जुलुस निस्कियो रे काठमाडौँ खुलामञ्चमा ।

....सुस्तरी आँखा खुले मेरा । दुवै आँखाबाट बररर आँसु झरिरहेका थिए । महालक्ष्मी, महासरस्वती, महाकाली स्वरुपकी निर्मल माताजीको आज्ञाचक्रको रातो टिकालाई दृष्टि दिएपछि धर्तीमा शीर राख्दै क्षमा मागेँ । मेरो सारा त्रुटीका लागि क्षमा पाऊँ, अब कुनै त्रुटी नगर्ने क्षमता रहोस् ।

त्यसैबेला छोरो सुशानले टेबलमा फुत्त पत्रिका फाल्यो ।

संविधान कार्यान्वयनका सबै निर्वाचनमा महिला मात्र उम्मेद्वार हुन पाउने

माताजीको फोटोबाट हटेका मेरा आँखा पत्रिकाको पहिलो पृष्ठको यो मूल शीर्षकमा परे ।

उपशिर्षक थियो –कानुन आजै बन्दै ।

अगरबत्तीदानीबाट आएको मगमग बास मेरो नाकसम्म ठोकिँदै सिलिङ्गतिर उँडिरहेको थियो । चाँदीको रङमा नेपालको नक्सा कोरिरहको थियो धुवाँले । र, आकासमा मिसिन ढोकाबाट बाहिर निस्किने प्रयासमा थियो । त्यही धुँवाको अस्तित्व जस्तै प्रश्न सलबालाउन थाल्यो मेरो मनमा । आत्मा र परमात्मा जोड्छ भनिने योगले मनलाई देशसँग पनि जोड्दो रहेछ ? ध्यान माटोको पनि चिन्तन हो ? जो निर्विचारितामा उजागर हुन्छ ? मेरो निर्विचारिताको ध्यान अभ्यासमा आएको यो राष्ट्रिय बिचार र त्यो ऐतिहासिक निर्णयबीच के तादाम्यता छ ? के यो बेहासी हो ?

जिज्ञासको भोक सुरु भो । बगिरहेका आँखा पुछ्दै विस्तारै उठेँ । श्रीमती शारदा छेउमै उभिएर मुस्कुराइरहेकी थिइन् । सायद उनले विजयको त्यो समाचार पढिकेकी थिइन् ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink