प्रेमको लम्बाई

SAMSUNG
  • Get News Alerts

baleno
tata

मामुबाबाको अघि केही नभ’को देखाउनु झन् कस्तो कष्ट मलाई? परिवारका चारै जना भेला हुने उही बेलुकीको खाना खाने समय। यो दश मिनेटमा आफूमा कुनै पनि किसिमको वेदना लुकेको छैन भन्ने देखाउने प्रयत्न मेरो। गालाहरू तन्काएर हाँसोको भाव र अभिनय मुहारमा उतार्ने प्रयास मेरो। भित्र एकथोक बाँचेर बाहिर अर्को रूप देखाउनु जत्तिको कष्टप्रद अभिनय अर्को नहोला सायद। 

कोठाभित्र पस्नासाथ मुक्ति मिल्यो मलाई, त्यो कष्टप्रद अभिनयबाट। मान्छे आफू जे हो, त्यही बाँच्नुमै आनन्द पाउँदो रहेछ। अब मलाई घोप्टो परेर रुनमै ‘थ्यो आनन्द। नानाथरी कल्पना आए दिमागमा। नरोई एक क्षण पनि नसक्ने रहन।

ऋतुलाई समेत बदली हुन केही महिना चाहिन्छ। दिन रातमा र रात दिनमा ढल्किन पनि धेरै पला र सुईहरू घुम्नुपर्छ तर छिनको छिनमै छेपारोको रङ्गभन्दा झिमिक्क बदली भयौ तिमी। किन? कति पक्का ढलान ठान्थेँ प्रेमको? एक्कासि गलम्र्म ढलिगयौ तिमी। कसरी?

अस्तिसम्मको मेरो राजा, मेरो हिरो, मेरो मायालु तिमीलाई अब निठुरी, धोकेबाज र पापीको दर्जा दिँदै सम्झन थालेँ। जथाभावी खेल्ने कुराको मैदान भो मन। आफूखुशी सोच्ने छुटको फाइदा लुट्न व्यस्त भो दिमाग।

लेखक संग्रौला

भड्किएको उक्त दिमागलाई तह लगाउने ज्ञान खोई ममा? साढे तेह्र वर्षे स्कुले जीवनमा मलाई धेरै ज्ञान दिलाइयो। म पनि सिकेको भानमा कत्ति रमिरहेँ तर खोई कहाँ काम आए ती ज्ञानहरू? प्रेमको यो अवस्थिति आउँदा सुल्झाउने तरिका खोई कसले सिकायो? जिन्दगी नै अन्त्य गर्छु भनेर निर्णय गर्न लागेको मूर्ख दिमागलाई अल्मल्याउने ज्ञानको औजार खोई कसले आविष्कार ग¥यो?

साँच्चै! मृत्युको प्वाल बिस्तारै बढ्दै थियो। त्यो प्वालबाट छिरेको सानो प्रकाशले मलाई उन्मुक्तिको बाटो देखाइरहेको भान हुँदै‘थ्यो। योभन्दा अर्को विकल्पको बाटो भेट्याउन मन असफल हुँदै‘थ्यो।

कति रुनु? कति पिट्नु यो कमलो छाती? कति टोक्नु ठुटे भइसकेका यी नङ? कति अह्रयाउनु मुठीहरू? आँखा चिम्म गरेर कति चुडाउनै खोज्नु आँखाका नसाहरू? कति सासै रोकेर फुटाउन खोज्नु मुटु? सारा प्रयत्नहरूसँग हार मानेँ मैले। यिनै हारहरूको टेको टेकेर उद्धार गर्न अगाडि आइपुग्यो मृत्यु।

दिमागमा अचानक पहिले कतै पढेको समाचार झुल्कियो। मेरै ब्याचमा एसएलसी फेल भएर देशभरिका चार जनाले आत्महत्या गरेका थिए। कति काँतर सम्झेकी थिएँ, तिनीहरूलाई त्यसबखत मैले? जाबो एसएलसीमा फेल हुने तिनीहरू? तर यहाँ प्रेममा फेल भएँ म। जिन्दगी नै गुल्टिएको लाग्यो मलाई। कसरी सम्हालिऊँ अब म?

सासै फेर्दा पनि सकस हुन्छ भने बाँच्नुको के अर्थ? तर्क पनि आफ्नै किसिमको निकाल्यो कच्चा दिमागले। तिनै तर्कनामा मनलाई मच्चाउँदै डायल गरिरहेँ तिम्रो नम्बर। दर्जनौँचोटि एउटै कुरा झर्को नमानी भनिरहने त्यो महिलाको स्वर सुनेर दाह्रा किट्दै थेँ म। खालि उपलब्ध हुन सकेन। मलाई तिम्रो उपलब्धिसँग मतलब भएन अब। मात्र चाहियो, एउटै प्रश्नको उत्तर। किन चुपचाप यति निठुरी बन्यौ तिमी? कसरी बुन्न सक्यौ, त्यति सशक्त झूटो प्रेमजालो? भलै मैबाट सुरु भएको थियो, धागो बाटिन। म त त्यो कहिल्यै नचुँडिनेमा विश्वस्त थिएँ। तिमीले त त्यसलाई डल्लो पारेर एकैचोटि कता मिल्काइदियौ कता! किन?

उता प्रेमको त्यो धागो चुँडियो, यता म मृत्युको धागो उन्न थालेँ। तीनवटा सल एकआपसमा दोहोरी पारेर गाँठो पारेपछि निकै दह्रो भो। कुर्सीमा चढेर फ्यानका लागि निकालिएको हुकमा सजिलै बाँध्न सकिने लम्बाइको भयो त्यो।

कुर्सीमा चढेँ बिस्तारै। खुट्टा कामे लुगलुगी। कतिसम्म कमजोर भइछु म? नातागतले कुर्सीबाटै ढलाउलाजस्तो भो तर त्यसलाई परास्त गर्ने तागत जसरी पनि निकाल्नु ‘थ्यो मलाई। नत्र कसरी पार पाउनु मैले, त्यो कष्टदायी जिन्दगीबाट? सारा जिन्दगी अँध्यारोमा रुमलिइरहेका बेला उज्यालोको सानो अंश बोकर आएको मृत्युलाई नअँगालूँ कसरी?

जेनतेन सलहरूले बनेको त्यो लठारोलाई हुकमा कसेँ। त्यसपछि कुर्सीमै उभिएर सललाई सुर्कनी पार्न थालेँ। दाम्लोको यस्तै सुर्कनी पारेर मामाले बोको बाँध्नुहुथ्यो। मृत्युको मुखमा कहाँबाट मावल सम्झिएँ फेरि? तर त्यता धेरै बेर अलमलिनु थिएन मलाई, सिवाय सुर्कनी।

अभरै परेपछि देखेको दृश्य पनि ज्ञान भएर आउँदो रहेछ। एकै प्रयासमा सुर्कनी तयार पार्न सफल भएँ। अब लठारो झुन्डियो तुर्लुङ्ग। कुर्सीमा उभिएर मात्र भेटियो अब त्यो।
यसमा टाउको छिराएर कुर्सी ठेलेपछि कुनै पनि हालतमा भुइँ नछोइने अड्कल गरेँ मैले।

अब तयार भएँ, म तिम्लाई सजायँ दिन। ढुक्क भएँ मेरो मृत्युको खबर सुनेपछि तिमी तड्पिएको दृश्य सम्झेर। लाग्यो, अब केही बेरमा सारा तनाव र कष्टबाट मुक्त हुँदै छु।
साथसाथै लिँदै छु, प्रेमको प्रतिशोध पनि।

(बुकहिलद्वारा प्रकाशित चैत्र २३ गते सार्वजनिक हुने उपन्यास पर्पलाको अंश।)

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink