मेरा प्रेमहरूलाई

  • Get News Alerts

प्रेमको परिभाषा?

प्रेम के, माया के?

भिन्नता थाहा छैन मलाई र तिमीलाई पनि

किनकि प्रेम एक परिभाषा अनेक

 

तपाईंसँग म जिकिर गर्न चाहन्न

उनीसँग तर्क गर्ने इच्छा छैन

तिमीसँग म टाढै रहन्छु; बुझ्छौ जस्तो लाग्दैन

उसलाईचाहिँ भन्दै आएको हो

'प्रेम कहिल्यै स्थायी हुँदैन'

 

हो प्रेम कहिल्यै स्थायी हुन्न

उदाहरण उनीहरू, तपाई, तिमी र उ हुन्

क्रमैसंख्यामा लहरै उभ्याइदिएकी छु

 

प्रेम नं

स्कूले जीवनको

मेरी राम्री साथीलाई फकाउँदैछ लागेथ्यो

थाहा पाउँदा की म रहेछु, उसको जाने बेला भइसकेथ्यो

वर्षौंपछिको हाम्रो कुराकानी

'मलाई सम्झिन्छौ तिमी' बाट भयो

 

प्रेम नं २

मभन्दा धेरै फरक

हाँसी मृदुल मुस्कान रेट्ने कोमल घाँटीहरू

बगलीमा छुरा बोक्ने उसलाई हुत्याइदिए मैले भोटेकोशीको जम्पमा

 

प्रेम नं

मेरो स्कुले रोमान्स भन्छु

यस अर्थमा कि त्यहाँ छल थिएन

एक मिठो आकर्षण - हो कि होइन जस्ता पलहरू

नारायणहिटीका रूखमा साँझ बस्ने इग्रेटहरू साक्षी छन्

कि कसरी छुट दै गर्दा त्यो सडकमा सुष्क स्वरमा उसले भन्यो

'तिमीले मलाई यस्तै सोच्छौ - मौसमी माया!'

अँगालोमा कसी बिदा सदाको लागि गर्दा भित्रभित्रै म बगिरहें

किनकि उ 'मौसमी' थिएन तर मसँग साहस थिएन

 

प्रेम नं

अलि अनौठो छ यो कथा

म सम्झिरहन चाहन्न

अत्याएर आफ्नालाई तापमा त्यसको म पागल सरी नाचिरहें

 

प्रेम नं

खिच्यो केले त्यसतिर अन्देशा मात्र छ

एकोहोरो वा दोहोरो - रेखा साह्रै मिहीन छ

पुराना घाउहरूको छाँयामा एउटा वर्जित कथन छ

 

यिनै हुन् मेरा प्रेमहरू लहरै उभिएका

र नउभ्ने त्यो केटो क्रमसंख्या बाहिरको - उ पनि हो मेरो प्रेम!

 

उ भन्छ 'तिमी जंगली घोडा हौ, तिमी दौड

जहाँ-जसरी-जुन वेगमा चाहन्छौ - म रोक्दिन'

उसको एउटै आश छ - म फर्कनेछु कुनैदिन थाकेर

बिर्सिन्छ सायद कि म फर्केर कहिल्यै हेर्दिनँ

रहर छ उसलाई सुन्ने 'तिमीनै हौ मेरो साँचो प्रेम'

थाहा छैन उसलाई सायद कि पटकपटक देखेकी छु उसको आँखामा

एक बलियो मायाको पेटी - कोर्रा हान्न तयार कुनै दिन

यदि बनिहालें म उसकी समयको अन्तरालमा

नकार्न सक्दिनँ म कि उ हुनसक्छ मान्छेले गरेको 'साँचो र सुन्दर' प्रेम

र टुक्रिन सक्ने सुन्दर र झिनो प्रेम

आखिर भाव बदलिन्छ समयसँगै पत्तै नदिई

 

सुन आज ए मेरा प्रेमहरू

मेरो मनका गाडधनहरू

म प्रेमलाई प्रेम गर्छु व्यक्तिलाई हैन

मनको हुटहुटीलाई प्रेम गर्छु

जो चालै नपाई गुड्छ आफ्नै गतिमा
कहिले यसमा त कहिले उसमा।।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट