एउटा अफर

  • Get News Alerts

फेव्रुअरी महिनाको चिसो साँझमा बिग फोर ब्रिजमा उभिएको छु। घाम अस्ताउँदा क्षितिज रंगिएर सुनौलो बनेको छ। हिमपात भर्खरै थामिएको हुनाले मुटु कमाउने जाडो छ तर पनि हरेक साँझ यहाँ नआई मन थामिदैन। केन्टकीको लुइभिल र इण्डियनाको जेफर्सनभिललाई जोड्ने ओहायो नदीमाथिको यो ब्रिजका रंगीन बत्तीहरुले साँझमा दृश्यलाई मनमोहक बनाउँछन्। पुलबाट तल नदीमा हेर्दा यस्तो लाग्छ त्यहां पानी होइन, सयौ रंगहरु बगिरहेका छन्। अनि रंगहरुको बीचमा मन पनि बग्दै जान्छ परपरसम्म। केहीपर लुइभिल डाउनटाउनका गगनचुम्बी महलको छाँया पानीमा यसरी पर्छ कि एउटा जगमगाएको शहर नै पानीमाथि तैरिरहेको छ।

एक सय बीस वर्षअघि रेललाई ओहायो नदी पार गर्नका लागि बनाइएको यो ब्रीज रेल चल्न छाडेपछि चार वर्षअघि दृश्यावलोकन र पदयात्राका लागि खोलिएको हो। चिसोले गर्दा पार्कका झोलुंगेमा प्रेमिल जोडी झुलेको दृश्य हेर्नबाट भने वञ्चित भएको महसुस गर्छु। वाटर पार्कका रंगीन पानीका फोहराले मन त तान्छन् तर जाडोले नजिक जान शरीर तयार हुँदैन। रुखहरु नांगिएका छन् तर साँझको बत्तीमा ती पनि कम्ती कलात्मक लाग्दैनन्। नदीमा एउटा सानो आकारको पानी जहाज देखियो जसले एकपटक मेरो ध्यान तान्यो। जहाजको छतमा एउटा प्रेमिल जोडी क्यान्डल डिनरमा मस्त छ। उनीहरूलाई न त शुन्य डिग्री सेल्सियसको तापक्रमको मतलब छ न त बाँकी दुनियाँको नै। लाग्छ, उनीहरू नजिकिदै गएको भ्यालेन्टाइन डेको प्रचारदुत हुन्।

ध्यान मोबाइलतिर गयो। फेसवुक म्यासेन्जरमा कुनै सन्देश थियो। स्क्रीनमा आँखा पर्नासाथ आश्चर्य लाग्यो। शीलाले पहिलोपटक मलाई टेक्स्ट लेखेकी थिई। मनमनै हिसाब लगाएँ, शीलाको र मेरो भेट नभएको २५ वर्ष भएछ। उसले टेक्स्टमा सबैभन्दा माथि मेरो नाम लेखेकी थिई। उसले मेरो नाम लेखेको देख्दा उसले नजिकै आएर बोलाएजस्तै महसुस भयो। साह्रै आत्मीय लाग्यो र एक पटक मोबाइल छातीमा टाँसे। मलाई शीलाले अंगालेजस्तो महसुुस भयो। यतिका वर्षपछि के लेखेकी होली भनेर पढ्न हतार लाग्यो।

तिमीलाई आजकल हरदिन सम्झिरहेकी छु। मलाई सम्बोधन गरे लगत्तै अर्को वाक्य उसले लेखेकी थिई। मैले मनमनै भने – तिमी मलाई आजकल सम्झिरहेकी छ्यौ तर मैले तिमीलाई त नसम्झिएको पल छैन। म तिमीलाई भुल्ने प्रयास गर्दा पनि सम्झिरहेको हुन्छु।

मेरो स्मृति तीव्र बेगको रेलझैं दौडियौ विगततिर। म सम्झन सक्ने हुँदादेखि नै शीला र मलाई संगसंगै पाएको थिए। ऊ मेरी छिमेकी थिई। बालशुलभ खेल खेल्दा मेरी बेहुली थिई। स्कुलमा सहपाठी थिई। संगसँगै गाई चराउन जाने गोठाली थिई। किशोरावस्थामा प्रेमिका थिई। भविष्यको कल्पना गर्दा दिलकी रानी थिई। यस्तो समय थियो – मेरा लागि ऊ सर्वश्व थिई। मेरा दिन ऊसंगै सुरु हुन्थे र ऊ संगै ढल्थे।
स्मृतिबाट फेरि मोवाइलमा फर्किएँ। नजिकिदै गएको भ्यालेन्टाइन डेले तिम्रो यादलाई झन्झन् हुर्कायो। २५ वर्षसम्म बिना सम्पर्क हामी टाढा टाढा भयांै, कुनै समय दिलको त्यति नजिक भएका हामी आजकल किन यति टाढा भएका हौला भन्ने सम्झेर तिमीलाई अचम्म लाग्दैन?

ऊ नजिकै भएकी भए त मलाई भन्न मन लागेको थियो– मलाई यो संसारमा हर कुरामा अचम्म लाग्छ शीला। मलाई त्यति धेरै माया गर्ने मान्छे कसरी अर्काकी भयौ ? मसंगका सपनाहरू कुल्चिएर कसरी अरुसँग बिपना सजाउन सक्यौ? किशोरावस्थामा मन उद्येलित भएर कहिलेकाहीँ मैले हात बढाउँदा आँखाबाट बरर आँसु झार्ने तिमीले कसरी अर्कोसँग सुहागरात मनाउन सक्यौ? मनभित्र प्रश्नहरुका छाल उर्लिए र निरुत्तर भएपछि शान्त भए।

मेरो दिमागमा बालापनका खेलमा तिम्री दुलही बन्दाका पलहरु ताजै छन्। अझै पनि म त्यो बेलाकी तिम्री दुलही हुं जस्तो लाग्छ। ईशिवु स्कुल पढ्न जाँदा तिमीलाई कुरिरहने बाटोको झल्झली याद आउँछ। अहिले पनि कतै जाँदा तिमी आउँछौ कि भनेर कुर्न मन लाग्छ। यो दिमागभरी लाइव्रेरीमा मिलाएर राखेका पुस्तकका थाकजस्तै तिमीसंगका यादहरु बसेका छन्। सम्झन्छु, मैले किन यी यादलाई यति सजाएर राखेकी छु?

शीलाको टेक्स्टरुपी पत्रमा हाम्रो एउटा सिंगै प्रेमकहानी उतारिएको थियो। कसरी यति धेरै सम्झनाका तरेलीलाई उसले उधिन्न सकेकी होली? उसले त्यति धेरै सम्झना पालेर बसेकी होली भन्ने लागेको थिएन तर ऊसंग त मसँगभन्दा बढी नै याद रहेछन्। उसको सन्देशले फेरि विगत सामुन्ने ल्यायो। साँच्चै मैले पनि हाम्रा कथालाई तहतह बनाएर मनको कुनामा राखिराखेको छु।

उसले हामी एसएलसी दिने समयमा आठराईमा डेरा बस्दाको पल स्मरण गरेकी रहिछे। ती पलको स्मरण उसको चिठीमा देख्दा म रोमाञ्चित भएँ। त्यो बेला तेह्रथुममा एसएलसी परीक्षा केन्द्र आठराई र म्याङलुङमा मात्रै थिए। हामी इसिबुबाट झण्डै ३ घन्टा टाढा आठराईमा डेरा बसेका थियौं। ट्युसन सकिएपछि हामी नजिकैको फराकिला नागीमा जान्थ्यौं। जमिनमा पल्टिएर आकासमा उडिरहेका बेसारे चरालाई हेरेर रमाउँथ्यौं। बजार सिरानमा बन्दै गरेको सम्भवत कृषि विकास बैंकको भवनमा कराएर आफ्नो आवाज इको भएको सुन्दै कराउंथ्यौं।

तिमीले सम्झन्छौ एकदिन त्यो भवनमा म आइ लभ यु शीला भनेर चिच्याएको थिएँ। मेरो आवाज कति वेर इको भएर थर्किएको थियो? मैले आफैसंग शीला छे भनेजस्तै गरी सोधें। अर्को दिनको पनि याद संगसंगै आयो। शायद सरस्वती पुजाको दिन थियो होला। बिहानै मनमा के लाग्यो कुन्नि, उसको डेरामा गएर उठाएँ। आधा घन्टा टाढा रहेको भगवती मन्दिरमा गयौं। मन्दिरको मुर्तिमा रहेको अबिर उसको सिउँदोमा थोरै लगाइदिएँ र भने– आजदेखि तिमी र म पतिपत्नी भयौं।

‘जीवनमा कति पटक बिबाह गर्छौ’, उसले मेरो आँखामा आँखा जुधाएर सोधेकी थिई।

केबल एक पटक – मैले निर्भिकताका साथ भनें।

झुठ – ऊ मुस्कुराई।

किन ?

मेरो त सानैमा तिमीसँग पटकपटक बिबाह भइसक्यो।

उसको जवाफले म रमाएको थिएँ।

‘हजार पटक विवाह गरेपनि तिमीसँग मात्रै गर्छु नि त’, मैले प्रण गर्ने शैलीमा भनेको थिएँ।

उसले खुसीले मलाई अंगालो हालेकी थिई।

पढाइले बाटो मोड्यो। म काठमाडौ पढ्न गएँ। उसले तेह्रथुम क्याम्पसमा नै पढाइ गरी। टेलिफोन थिएन। सम्पर्कका लागि कि त चिठी नै लेख्नुपर्ने कि त आकासवाणी (आवा) गर्नुपर्ने हुन्थ्यो। आवा खास प्रभावकारी थिएन किनकी पहिला खबर पठाउने, स्टेशनमा बोलाऊने र ह्याण्डस फ्री मोबाइलमा जस्तै निश्चित मिनेट कुरा गर्नुपर्ने हुन्थ्यो। आवाज पनि प्रष्ट नहुने। त्यसैले हाम्रो रोजाइ चिठी भयो। मैले घरमा चिठी लेख्दा हरेक पटक भित्र उसको लागि भिन्नै चिठी राखेको हुन्थें।

एकदिन बुवाले पठाएको एउटा आवाले मेरो धर्ती बेस्सरी हल्लाइदिएको थियो। बुवाले गाउँको खबर भन्दै शीलाको विवाह हुन लागेको कुरा अप्रत्यक्ष रुपमा मलाई जानकारी गराउनु भएको थियो। म त्यही खबर सुनेको अर्को दिन म धरानको रात्री बस चढें। बसन्तपुरवाट पैदल करिब १२ घनटा लाग्ने बाटो मैले आठ घन्टामा नै पार गरेको थिएँ। मनमा जसरी पनि शीलालाई लिएर भाग्छु भन्ने जोश थियो। तर म घर नजिक पुग्दा शीलाको विवाहको लागि जन्तीहरु आइसकेका थिए। म घर नजिक झाडीमा निकैबेर रोएको थिएँ।

तिमीलाई याद छ, तिमी मेरो विवाहमा आउँदा रोएर आँशु रित्याएर आएका थियौ है ? – उसले नै लेखेकी थिइ। मैले रोएर सुन्निएका तिम्रा आँखा देखेकी थिए तर तिम्रा आँशु पुछ्न सक्ने अवस्थामा थिइन – म पढ्दै गएँ– तिमीले विवाहमा दुनियाँका सामु विन्दास देखिने प्रयास गरेका थियौ तर तिम्रो मनको गहिराइ मैले बुझेकी थिएँ, तर त्यसको के अर्थ रह्यो र ? विवाहमा मलाई गीतबाट एउटा अफर दिएको थियौ है, अझै पनि त्यो गीत म सम्झिरहेकी छु।


एउटा अफर दिन्छु तिमीलाई सुन मेरो साथी
दिलभित्र राखिदेऊ सबैभन्दा माथि
दुःखमा नि नआत्तिउँला, सुखमा नै नमातिउँला
एकजुनी कम भए जन्मजन्म जन्मिदिउँला।
एउटा अफर दिन्छु तिमीलाई.............


साँच्ची, तिमी गाउँका लागि मौरीको रानो जस्तै थियौ। तिमी जता जान्थ्यौ , सारा युवायुवती तिम्रा पछि लाग्थे। बिडम्वना तिमी मेरो पछि लाग्थ्यौ तर म तिमीबाट टाढिन विवश थिएँ। विवाहमा तिमीसंग अरु युवतीहरु झुमिरहेको देख्दा मलाइ ईष्र्या भइरहेको थियो तर म के गर्न सक्थें र? म नै तिमीलाई छाडेर अर्काकी हुन लागेकी थिएँ। सम्झिदा अचम्म लाग्छ, मनभरी तिमीलाई राखेर मैले त्यो दिन अर्काकी बेहुली हुन कसरी स्वीकार गरें होला? किन विद्रोह गरेर त्यही क्षण तिमीसँग भागिन होला? अभिभावकले थोपरेको निर्णय स्वीकार गरेर किन हाम्रो प्रेम र आफैलाई बलीमा चढाएँ होला?

सन्देश अपुरो रहेछ। शीलाको अपुरो चिठीले ऊ कति बाध्यात्मक अवस्थामा थिई र मलाई छाडेर अर्कालाई अपनाई भनेर केही प्रष्ट पारेको थियो। उसले हाँसो दिए पनि आँशु दिए पनि मेरा लागि स्वीकार्य थिए। करिव २५ वर्षपछि किन यी सबै कुरा गरी होला भनेर केहीवेर सम्झिएँ। एकपटक कुरा गरौं कि भनेर हेरें, अनलाइन देखिन। यसो आँखा छामें, टिलपिल टिलपिल गर्दै रहेछन्। पुछें। केहीबेर हिँडें र ब्रिजको बीचमा पुगें। मधुरो संगीत बजिरहेको थियो। तल नदीबाट एउटा ठूलो पानी जहाज बिस्तारै बिस्तारै ओझेलमा पर्दै थियो मेरा सपनाजस्तै।

फेरि टेक्स्ट आयो। पढ्न थालें।

शायद तिमी त त्यो दिन मात्रै रोयौ होला। होला तर म पटक पटक रोइरहें। त्यो दिन धेरै रोए, जुनदिन तिमीले देशै छाडेर अमेरिका उड्यौ भन्ने सुनें। रोएर कति जीवन चल्छ र फेरि बिस्तारै घरपरिवारमा अभ्यस्त बनाएँ। मनको कुनै कुनामा तिमीलाई राखेपनि प्राथमिकतामा हुर्किदै गरेका छोराछोरी र पतिप्रतिको दायित्व थियो। तिमीलाई सन्देश पढिरहँदा कतै मैले छोराछोरी र पतिबाट दुःख पाएर तिमीलाई सम्झिएकी हुँ कि भन्ने लागेको होला, त्यसो होइन। मेरा पति साह्रै असल छन् तर तिमीजति भने पक्कै होइन होला। छोराछोरी हुर्किसकेका छन्। अब आफ्नो जीन्दगी सम्हाल्न सक्छन्। म आज हाम्रै कुरा गर्न चाहन्छु। बिस्तारै जमाना बदलियो। फेसबुकले तिमीसँग जोड्यो। तिमीले मेरो फ्रेन्ड रिक्वेष्ट एसेप्ट गरेको दिन साह्रै खुसी भएँ। तिमीलाई एउटा कुरा थाहा छ, मेरा फेसबुकका हरेक अपडेटमा तिमीले पहिलो लाइक गरेका हुन्छौ? कसरी सक्छौ तिमी यति धेरै मेरो निगरानी गर्न? बिछोड भएको २५ वर्षसम्म पनि कति धेरै सजाउँछौ त्यो मुटुभित्र मलाई?

एकछिन थामिएँ। परपरसम्म हेरें। मानिसहरूको चाप ब्रिजमा कम हुँदै गएको थियो। शीलाको अनुहार सम्झिएर केहीबेर टोलाए। अनि फेरि चिठी पढ्न थाले।

फेरि अर्को दिन म साह्रै रोएँ। शीलाले लेखेकी थिई – जुन दिन तिमीले जीवनभर बिबाह गरेनौ भनेर थाहा पाएँ। कोही यस्तो पागल हुन्छ? कसरी सक्छौ तिमी यति धेरै माया गर्न? सँगसँगै हुर्किएका हामीमा किन यति धेरै फरक? म तिमीलाई बीच बाटोमा छाडेर अर्काकी हुने, तिमी अर्काकी पत्नी भइसकेकी प्रेमिकालाई दिलमा राखेर जीवन बिताउने? तिमीले मलाई पनि तिमीजस्तै माया गर्ने बनाउन किन सकेनौ?
मोबाइल स्क्रोल गरें। म सन्देशको लगभग अन्तिममा आइपुगेको थिए।

मैले यति लामो सन्देश किन लेखें भन्ने तिमीलाई लागिरहेको होला। मेरो विवाहको दिन पनि तिमीले मलाई एउटा अफर दिएका थियौ मैले स्वीकार गर्न सकिनँ। तिमी त मनको राजा हौ, मनमा लागेको कुरा गर्न स्वतन्त्र छौ। म तिमीलाई एउटा अफर दिन्छु, स्वीकार गर्छौ?

एकछिन रोकिएँ। पढ्नुभन्दा अगाडि के होला भनेर अनुमान गर्न खोजे सकिनँ। फेरि पढें – म तिमीसंग यो पटकको भ्यालेन्टाइन डे मनाउन चाहन्छु। मेरो अफर स्वीकार गर्छौ?
‘के आइलाग्यो यो?’ मनमनै भने। शीलासँग भ्यालेन्टाइन मनाउन जाँदा उसको परिवारले के भन्लान्?

‘साँच्ची तिमीले भ्यालेन्टाइन डेको बारेमा पहिलो पटक कहिले सुन्यौ?’ उसले सोधेकी थिई र अगाडि लेखेकी थिई – मैले त डिप्लोमा पढ्दा ‘फार फ्रम म्याडिङ क्राऊड’ भन्ने नोभलबाट जानेकी हुँ तर कहिले पनि मनाउने रहर जागेन। तिमीले अफर स्वीकार गर्यौ भने यो पटक मनाउँछु र तिमीसँग गिफ्ट पनि माग्छु।

शीलाको भ्यालेन्टाइन सेलिव्रेसन गर्ने अफर र गिफ्ट माग्ने कुरा रहस्यमयी थिए मेरा लागि। अकस्मात के भइरहेको छ जस्तो भइरह्यो र अगाडि पढें।

तिमीलाई केही असजिलो भएको हुनुपर्छ, पक्कै पनि मेरो घरपरिवारले के भन्लान् भन्ने तिमीलाई लागेको हुनुपर्छ। तर मैले मेरो पति र छोराछोरीलाई हाम्रो प्रेमकहानी सबै सुनाएर अनुमति लिएकी छु। यो मेरो लागि पहिलो र अन्तिम भ्यालेन्टाइन हुनेछ किनकी म ब्रेष्ट क्यान्सरको लास्ट स्टेजमा छु।

म अकस्मात चिच्याएर रोएँ। सम्हाल्नै सकिन। छेऊछाऊमा हिँडिरहेकाहरू मलाइ सम्हाल्न आइपुगे।

‘हे म्यान आर यु ओ के ?’ सबैको एउटै प्रश्न थियो।

आफूलाई सम्हालें। बोली अवरुद्ध भएको थियो। आँशुका ढिका तप्पतप्प खसे। ऊ जहाँ भए पनि मेरो आस्था थिई। उसलाई कल्पना गरेर भए पनि बाँकी जीवन काट्न सक्थें तर अकस्मात ऊ अब रहन्न भन्ने सुन्दा विश्वास लागेको थिएन।

अगाडि पढें। लेखेकी थिई – संसार कस्तो बिडम्वनापूर्ण छ है। तिमी अमेरिकाको चर्चित अंकोलोजिष्ट। तिमीलाई देखाउन मात्रै पाए पनि क्यान्सर निको हुन्थ्यो कि भन्ने बिरामीलाई लाग्छ तर तिम्रै प्रेमिका आज क्यान्सर भएर मर्न लागेकी छ। शायद तिमीसँग भएकी भए यति चाँडै मर्नु पर्ने थिएन कि जस्तो लाग्छ किनकी तिमीले मेरो क्यान्सर पहिला नै थाहा पाउँथ्यौ नि, होइन ? म त हुस्सु छु, आफ्नै मनको कुरा त राम्ररी थाहा पाउँदिन, बिराम कसरी थाहा पाऊँ? त्यसैले अब बाँकी केही दिनको जीवन तिमीसंग बिताउन चाहन्छु। मलाइ मेरो परिवारले मेरो इच्छामा पुरापुर साथ दिएको छ।

अव म तिमीसँग भ्यालेन्टाइन गिफ्टको कुरा गर्छु – उसले अगाडि लेखेकी थिई – तिमीजस्तो चर्चित अंकोलोजिष्टको आवश्यकता अहिले देशलाई छ, तिमी सदाका लागि नेपाल फर्क ल।

मैले आँशु पुछें र आफूलाई दर्बिलो बनाएँ। मोबाइलबाट नै काम गर्दै गरेको अस्पताललाई राजीनामा पठाइदिएँ। एउटा अफर स्वीकार गर्न भोलि बिहानै उड्नेछु।

 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा