लेडी लेजरस

  • Get News Alerts

विश्व-कविता

मैले फेरि यो गरिसिध्याएकी छु।

हरेक दश वर्षमा एकपल्ट

यस्तो गर्ने गरेकी छु मैले।

एक किसिमको डुलुवा जादू,

मेरो छाला

नाजी बत्तीको छाया जत्तिकै चम्किलो।

 

मेरो दाहिने गोडो

एउटा पेपरवेट।

मेरो अनुहार भविष्यविहीन

मिहिन यहुदी मलमल कपडा।

 

नेप्किन उधार,

ए मेरो बैरी।

के मैले डर लगाएँ?

 

नाक, आँखाका खोपिल्टा, दाँतका पूरै सेट

बैराग लाग्दो श्वास

एक दिनमै विलिन हुनेछ।

 

चाँडै, छिट्टै नै

चिहानले खाएको मासु

हुनेछु म।

म एउटी भर्भराउँदी नारी,

तीस वर्षकी मात्र भएकी छु,

र बिरालाको जस्तो नौपल्ट मर्नु छ मैले,

यो तेस्रोपल्ट हो।

 

दशकै पिच्छे मरिरहनु

कस्तो दिक्क लाग्दो।

 

कत्ति बिध्न अनगिन्ति तन्तुहरू!

 

तँछाडमछाड गर्दै आउनेछ

बदम चबाउने भीड

तिनले मेरा हातगोडा खोलेको हेर्नलाई।

उल्याउनेछ घेरा लागेर।

 

ए, महिला तथा सज्जनवृन्द!

यी मेरा हात हुन्‌,

मेरा घुँडा हुन्,

छाला र हाड मात्र हुनसक्छु म।

 

तै पनि, म त्यही हुँ,

दुरुस्त उही नारी।

 

पहिलोपल्ट

म दश वर्षकी हुँदा भएथ्यो यस्तो।

तर त्यो एउटा दुर्घटना थियो।

दोस्रोपल्ट

यसलाई सिध्याएर

कहिल्यै नफर्किने विचार थियो मेरो।

 

बन्द थिएँ म

समुद्री सिपी जसरी।

 

तिनीहरूले बोलाएको बोलायै गरेर

टाँसिएको मोती जसरी झिक्नु परेको थियो

हतभागी जीवनलाई

मबाट।

       

मर्नु

एउटा कला हो, अरू कलाहरू जस्तै,

म यो विशिष्टरूपले कुशलताका साथ प्रस्तुत गर्नेछु।

 

वीभत्स लाग्ने गरी

गर्नेछु म यो,

साँच्चैको झैँ अनुभूत हुने गरी गर्नेछु।

बोलाइएकै थियो मलाई भन्ने ठान्नेछौ तिमीले।

 

यो एउटा बन्द कोठामा गर्नु निकै सहज हुन्छ।

यो गरिसकेर त्यहीँ रहिरहनु निकै सजिलो हुन्छ।

नाटकीय आनन्दको हुन्छ यो।

 

छ्याङ्ङ उघ्रेको दिनमा पुनरागमन

उही ठाउँमा, उही अनुहार, उही सुगन्ध।

आश्चार्यले निस्किएका आवाजहरू-

'एउटा जादू!'

मेरो ढोका ढक्ढक्याउँछ।

एउटा संवेग प्रवाहरत छ त्यहाँ।

 

मेरा चोटहरू हेर्नका लागि,

मेरो मुटु सुन्नका लागि त्यहाँ एउटा संवेग छ –

यो सहजै सम्पन्न हुनेछ।

 

र त्यहाँ एउटा प्रहार छ, निकै ठूलो प्रहार

एउटा शब्द वा एउटा स्पर्शका लागि

अथवा एक छिर्को रगतका लागि,

वा मेरो केश वा मेरो कपडाको एक टुक्राका लागि।

 

हजुर, हजुर डाग्डर साहेब!

हजुर, दुश्मन साहेब!

 

म तिम्रो किताब हुँ,

म तिम्रो सम्पत्ति हुँ,

विशुद्ध अकबरी सुनको वालक।

 

जो पग्लिएर एउटा चिच्याहट हुन्छ।

म फनक्क फर्किन्छु र जल्दछु

तिम्रो अजङ्गको चासोलाई मैले कम आँके भन्ने नठान।

खरानी, खरानी...

जति खोतले पनि

जति चलाए पनि

मासु, हड्डी, केही छैन त्यहाँ...

एक डल्लो साबुन,

बिहेको एउटा औँठी,

सुन राख्ने बट्टा।

 

हे ईश्वर, हे राहू

सावधान!

सावधान!

 

खरानीबाट निस्कनेछु

राताराता केश फिँजार्दै।

र हावा खाएजसरी

खानेछु म मान्छेहरूलाई।

 

सिल्भिया प्लाथको जन्म २७ अक्टोबर सन्‌ १९३२ मा संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको थियो। उनले सानै उमेरदेखि कविता लेख्न थालिन्‌। उनी एघार वर्षकी छँदादेखि विभिन्न क्षेत्रिय पत्रिकाहरूमा उनका कविताहरू प्रकाशित हुन थाले। उनको पहिलो राष्ट्रियस्तरको प्रकाशन १९५० मा क्रिश्चियन मोनिटरमा भएको थियो।

सिल्भियाले सन्‌ १९५० मा स्मिथ कलेजबाट म्याट्रिक गरिन्‌। गहिरो अवसाद र आत्महत्याका अनेकौँ कोशिसका बीचैबीच उनले सन्‌ १९५५ मा स्नातकको अध्ययन पूरा गरिन्‌। स्नातक पूरा गरेपछि फुलब्राइट स्कलरसिपमा पढ्नको लागि उनी इङ्लेन्डको केम्ब्रिज विश्वविद्यालय पुगिन्‌।

सिल्भियाको पहिलो कवितासङ्ग्रह 'कोलोसस'’(महामूर्ती) सन्‌ १९६० मा इङ्ल्यान्डमा र त्यसको दुई वर्षपछि अमेरिकामा प्रकाशित भयो। उनी फेरि इङ्ल्यान्ड फर्किन्‌ र सन्‌ १९६० र १९६२ मा दुई वटा सन्तानलाई जन्म दिइन्‌। सन्‌ १९६२ मा प्लाथले 'भिक्टोरिया लुकास' उपनामले 'द बेल जार' शीर्षकको आत्मकथात्मक पुस्तक प्रकाशित गराइन्।

सन्‌ १९५६ मा सिल्भियाको भेट अङ्ग्रेज कवि टेड ह्यूजसँग भयो, र सोही वर्ष उनीहरू आपसी विवाहबन्धनमा बाँधिए। टेडको अर्की महिला आसिया वेव्हिलसँग प्रेम सम्बन्ध चलिरहेको सिल्भियाले सन्‌ १९६२ मा थाह पाएपछि उनीहरू अलग्गिए, तर कानूनीरूपमा सम्बन्धविच्छेद भने गरेनन्‌।

प्लाथले ११ फेब्रुवरी सन्‌ १९६३ मा आफू बस्ने घरको तल्ला तलामा बस्नेलाई डाक्टर बोलाउने अनुरोध गरेर सानो चिरकटो पठाइन्‌ र यसैबेला आत्महत्या गरिन्‌।

सिल्भिया प्लाथको जीवनकालमा 'कोलोसस'’मात्र प्रकाशित भएको भए पनि उनी एक महान कविका रूपमा चिनिइसकेकी थिइन्‌। उनको मृत्युपश्चात्‌ ह्यूजले उनका कविताका तीनवटा सङ्ग्रह प्रकाशित गराए, जसमध्ये'द सेलेक्टेड पोयम्स' (प्रतिनिधि कविताहरू) ले सन्‌ १९८२ को पुलिट्जर पुरस्कार प्राप्त गर्‍यो।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा