एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

  • Get News Alerts

प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

सभामुख ओनशरी घर्तीले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी ओली आउन ढिलो हुने जानकारी एमाले नेताहरुले गराएपछि बैठक तीन बजेसम्मको लागि सूचना टाँसेर स्थगित भएको थियो।

तीन बजेको बैठकमा सहमति जुटाउन सभामुख घर्तीले बोलाएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रधानन्त्री निर्वाचन मंगलबारसम्म सार्न आग्रह गरेका थिए।

‘बैठकको सुरूमा ओलीले धेरै गहन छलफल गर्नुपर्छ। यो बिचमा आन्तरिक छलफल गरौं त्यसको लागि संसदको बैठक दुई दिनको लागि स्थगित गरौं भन्नुभयो,’ बैठकमा सहभागी माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सेतोपाटीसँग भने, ‘ओलीको यस्तो प्रस्तावलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवाले हुन्छ भन्नुभयो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले बिपक्षी दलका नेता र प्रधानमन्त्रीका उम्मेद्वार निर्वाचनको मिति सार्न सहमत भएपछि आफ्नो पनि त्यसमा समर्थन रहने बताएका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख बिपक्षी दलले संसदको बैठक मंगलबारसम्म स्थगित गर्न आग्रह गरेकोले बैठक स्थगित भएको बताए।

सूचना टाँसेर बैठक स्थगित गर्दा सभामुखको कारणले नै बैठक स्थगित भएको हल्ला चल्ने भएकोले बैठक बोलाउने सभामुखको योजना रहेको थियो। बैठक चल्ने भए अवरोध हुने भएपछि आफूले बैठक स्थगित गर्ने बताएकी थिइन्।

तर सूचना टाँसेर स्थगित गर्न एमालेले आग्रह गरेपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गरेको बिडारीले बताए।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकार निर्माण जस्तो संवेदनशील कामका लागि नै एमालेले अवरोध गर्नु गलत काम भएको प्रतिक्रिया दिए। उनले दोस्रो चरणको निर्वाचन नजिकिँदै गइरहेको बेला सरकार निर्माणमा धेरै समय खर्चिन पर्दा निर्वाचनलाई असर पार्ने बताए।

एमालेले थप छलफल गर्नुपर्ने भएकाले वैठक सारिएको बताएको छ। ‘हाम्रो सहमति बिना २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘नेताहरूबीच गम्भीर विषयमा छलफल गर्नुपर्ने भएको छ। त्यसैले निर्वाचनको मिति सारिएको हो।’

निर्वाचनमा धाँधली गर्ने, प्रहरी प्रशासनको बलमा निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न खोज्ने अनि त्यसलाई निर्वाचन आयोगले सदर गर्ने काम भएकोले यस विषयमा छलफल जरूरी रहेको उनले बताए।

निर्वाचन कार्यतालिका सार्वजनिक भएको विषयमा आफूहरूलाई कुनै जानकारी नरहेको बताउने एमाले नेताहरुले २३ गतेको बैठकका लागि आफ्नो पार्टीको सहमति रहेको बताएका छन्।

‘निर्वाचन आयोगको फैसलाबिरुद्ध सर्वोच्चमा मुद्दा पनि परेको छ,’ ढकालले भने, ‘मंगलबारको बैठकभन्दा अघि आपसी बहस र छलफल गरौं भन्न पार्टीको धारणा हो।’

प्रतिकृया दिनुहोस

थप समाचार

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ। 

  • प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित, संसद बैठक मंगलबारसम्म स्थगित

    भरतपुर महानगरपालिका– १९ मा पुन: मतदान गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी एमालेले संसद अबरोध गर्ने भएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका नै प्रभावित भएको छ ।

    एमालेले संसद अबरोध गर्ने स्पष्ट पारेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक मंगलबार सम्म स्थगित गरिएको छ।