थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

SAMSUNG
  • Get News Alerts

baleno
tata

दिनभरिको बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्ततः प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ।

देउवालाई समर्थन गर्नेबारे आइतबार बिहान बसेको सो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा नेताहरुबीच मत विभाजन भएको थियो। पार्टी अध्यक्ष कमल थापा देउवालाई समर्थन गर्न नहुने पक्षमा थिए भने नेता पशुपति शमशेर राणालगायतका नेता तथा सांसद देउवालाई समर्थन गरेर पार्टी सरकारमा जानुुपर्ने पक्षमा थिए।

बैठकमा सहभागी राप्रपाका एक सांसदका अनुसार बिहानको बैठकमा पार्टी अध्यक्ष कमल थापाले कांग्रेसले पार्टीलाई उपप्रधानमन्त्री नदिएर अपमान गरेकाले सरकारमा सहभागी हुन नहुने बताएका थिए। ‘कांग्रेसले हामीलाई उपप्रधानमन्त्री नदिने भनेको छ। यो हाम्रो पार्टीको अपमान हो, कांग्रेसले सम्मानजनक व्यवहार नगरेकाले देउवालाई समर्थन गर्नुहुन्न’, थापालाई उद्धृत गर्दै ती सांसदले भने।

थापाले बोलिसकेपछि नेताहरु पशुपति शमशेर राणा, बालाराम घर्ती, नवराज सुवेदी, बुद्धिमान तामाङ र रेशम लामाले बोलेका थिए। पाँचै नेताहरुले पहिलो चरणको चुनावमा सरकार छोडेर एमालेसँग तालमेल गरेकाले पार्टीले हार व्यर्होनु परेको उल्लेख गर्दै अब कांग्रेसलाई समर्थन गर्नुपर्ने तर्क गरेका थिए। बैठकमा सहभागी अन्य सांसद तथा नेताहरुले बोल्न नपाउँदै अध्यक्ष थापा बैठकबाट बाहिरएका थिए।

नेताहरुको बोल्ने पालो नआइकनै अध्यक्ष थापा बैठकबाट हिँडेपछि नेता दीपक बोहोराले थापालाई आफूहरुको कुरा पनि सुन्न आग्रह गरेका थिए। तर उक्त बैठकले निरन्तरता पाएन।

बरु दिउँसो तीन बजे पार्टी संसदीय दलको बैठक डाकियो।

संसदीय दलको बैठकमा नेताहरु सुनिल थापा, दीपक बोहरा र बबिना लावतीले बोलेका थिए। उनीहरु तीनै जनाले पनि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नु नै पार्टीका तत्काल र पछिसम्मका लागि राम्रो हुने बताएका थिए।

‘यो अन्तर्राष्ट्रिय समुदाय र नागरिकलाई राप्रपा कस्तो शक्ति हो भन्ने परिभाषित गर्ने समय हो। हामी प्रजातान्त्रिक शक्ति हौं कि वामपन्थी हौं भन्ने देखाउने बेला हो’, राप्रपा नेता थापाले सेतोपाटीसँग भने, ‘मैले बैठकमा हामी २७ वर्षदेखि प्रजातान्त्रिक शक्तिसँगै छौं। रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा १७ चोटि भोट हाल्यौं। त्यो भोट व्यक्तिलाई नभई प्रजातान्त्रिक शक्तिलाई थियो, त्यसैले अहिले पनि हामीले कांग्रेसलाई समर्थन गनुपर्छ भनें।’

तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए।

‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनु भयो।’

स्रोतका अनुसार देउवाले आफ्नो सरकारमा राप्रपालाई चार मन्त्रालय दिने वचन दिएका छन् तर त्यसमा उपप्रधानमन्त्री छैन। यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालको सरकारमा उपप्रधानमन्त्री भइसकेका थापाले उपप्रधानमन्त्री पाए सरकारमा पार्टीको नेतृत्व आफूले गर्ने सोच बनाएका थिए। देउवाले उपप्रधानमन्त्री नदिने भनेपछि उनी असन्तुष्ट बनेका हुन्। शुक्रबार थापा एमाले नेतृत्वको विपक्षी गठबन्धनको बैठकमा पनि सहभागी भएका थिए।

‘धेरै नेताहरुले देउवालाई समर्थन गर्नुपर्ने बताएपछि उहाँ अल्पमतमा पर्नुभयो र समर्थन गर्ने निर्णयमा सहमत हुनुभयो’, ती सांसदले भने।

यसैबीच राप्रपाले सरकारमा सहभागी हुँदा पाउने मन्त्रालयका बारे कांग्रेससँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली बनाएको छ। सो टोलीले मन्त्रालय भागबण्डाका बारेमा कांग्रेससँग छलफल गर्नेछ। वार्ता टोलीमा नेताहरू जयन्द्र चन्द, दिलनाथ गिरी, कुन्तीकुमारी शाह सदस्य रहेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकार सहभागी राप्रपा दाहाल नेतृत्वको सरकारमा पनि सहभागी भएको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ कांग्रेस र माओावादी केन्द्रले महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा गत महिना दाहाल सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिएपछि राप्रपाले पहिलो चरणको चुनावमा प्रतिपक्षी एमालेसँग  काठमाडौं महानगर लगायत विभिन्न ठाउँमा तालमेल गरेको थियो।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कास्कीमा चौतीस हजार मतदाताले गरे नाम दर्ता

    कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहिबारसम्ममा १७ हजार ९३८ महि...

  • आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।

  • समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश

    समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत शुक्रबार मुलुकमा समावेशी सहभागिता सुनिश्चित हुन नसक्नुको कारणसहित १५ द...

  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा

    बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले  १५ लाख १ हजार १ सय ११ सय  प्रदान गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गर...

  • रिहा भएपछि अखिलेश यादवले भने- म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि अखिलेश यादवले भने-  म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि यादवले प्रदेशमा जंगलराज कायम भएको टिप्पणी दिए। सत्य लुकाउन खोजिएको भन्दै उनले भने,‘प्रहरीको डरले केही नगरी बस्ने खालको म होइन। जनतासामू सत्य उजागर गरेरै छाड्छु। यसका लागि संघर्ष गर्छु।’ उनले पंचायत चुनावमा योगी सरकारले जालझेल गरेको आरोप पनि लगाए।