राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

  • Get News Alerts

samsung
tata

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ। 

पार्टी सहमहामन्त्री राजाराम बर्तौलाले दोस्रो चरणको चुनाव र मधेस समस्या समाधान गरेर देशलाई अगाडि बढाउन प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय हुन लागेको जानकारी दिए।

‘बिहान धेरै साथीहरुले कुरा राख्न पाउनु भएको थिएन, अहिले सबैजनासँग छलफल गरेपछि देउवालाई समर्थन गर्ने निर्णय हुन लागेको छ’, बर्तौलाले भने, ‘अहिलेलाई देउवालाई समर्थन गर्ने निर्णय हुन्छ, मन्त्रालय लगायतका विषयमा पछि कुरा हुन्छ।’

यसअघि देउवालाई समर्थन गर्नेबारे राप्रपामा विवाद देखिएको थियो। राप्रपा अध्यक्ष कमल थापा देउवालाई समर्थन गर्ने पक्षमा थिएनन् भने नेता पशुपति शमशेर राणा लगायतले देउवालाई समर्थन गर्नुपर्ने धारणा राखेका थिए।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • राहत प्याकेज ल्याउने कृषिमन्त्री यादवको योजना

    कृषि विकासमन्त्री रामकृष्ण यादवले विपद्बाट कृषि क्षेत्रमा भएको समग्र क्षतिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउने बताएका छन्।  मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले धान, माछा, माछा पोखरी, तरकारी, मसलाबाली, कृषि पूर्वाधारलगायतका क्ष...

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • ओबामाको एक ट्वीटले रच्यो इतिहास

    ओबामाको एक ट्वीटले रच्यो इतिहास अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले ट्वीटरमा सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो। नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा हेरविचार केन्द्रको झ्यालबाट बच्चाहरु बाहि...

  • ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा

    ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्। मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ। ताइवानको स्थानीय सम...